Author: महेन्द्रनगर पोष्ट

धनगढी : राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रादेशिक समिति धनगढी कैलालीद्वारा आयोजित प्रशिक्षण, भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेयको प्रमुख आतिथ्य र प्रदेश समिती अध्यक्ष राजेन्द्र बिष्टको सभापतित्व रहेको थियो। कार्यक्रमका विशेष अतिथिहरुमा राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक प्रबन्धक राजेन्द्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष बद्री तिमिल्सिना, उपाध्यक्ष इश्वर उप्रेती, महासचिव रबिन्द्र चौलागाईं, सचिव कृष्ण लम्साल, कोषाध्यक्ष ऋषि ज्ञवाली, केन्द्रिय सल्लाहकार सदस्य प्रतिभा भण्डारी, र केन्द्रिय सदस्य नारायण कुवँर तथा बेद बस्तोला रहेका थिए। यस्तै कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक सुदूरपश्चिम प्रदेशका उप प्रमुख कर्ण देब जोशी विशेष अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न शाखा…

Read More

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी भएका छन् । मोदीसँगै उनको मन्त्रिपरिषदका सदस्यहरुले पनि शपथ लिएका छन् ।

Read More

काठमाडौं : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ भने सहायक हवल्दार गम्भीर घाइते भएका छन् । जिल्लाको फिक्कल गाउँपालिका ५ झगरेबेसीमा आइतबार दिउँसो प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रवीन्द्र कुमार ठाकुरको मृत्यु भएको हो । उनको घर धनुषाको कमला नगरपालिका-९ हो । उनी प्रहरी चौकी रत्नावतीमा इन्चार्जको रुपमा कार्यरत थिए । यस्तै भिमाद नगरपालिका-७ तनहुँ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरिक्षक ठाकुरले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ…

Read More

काठमाडौं : थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चैत्र २९ गते जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी उनको आफन्तसँग ४५ लाख ठगी गरेको आरोेपमा सर्लाही घर भई हाल धापाखेल बस्ने ४५ बर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंह पक्राउ परेका छन् । सिंहलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो । उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक जना घाइते भएका छन्। जिल्लाको जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका एक कर्मचारी शनिवार करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। घाइते हुनेमा परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेका छन्। उनको धनगढी स्थित केजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौं : पत्रकारका विभिन्न संघ संगठनले सदस्यता विवाद देखाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको बताएका छन् । प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचन तोकिएको समयमा सम्पन्न गरी वैधानिकता जोगाउन ४ बुँदे मागसमेत पेस गरेका छन् । निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै महासंघलाई अमूक संगठनको छाया संस्थामा परिणत गर्न चाहेको प्रमाणित भएको यी ६ संगठनको ठहर छ । सुर्खेत साधारणसभाबाट महासंघलाई वास्तविक पत्रकारको संस्थाको रूपमा विकास गर्ने उद्देश्यका साथ शुद्धीकरण समिति गठन गरी १५ बुँदे शुद्धीकरण…

Read More

धनगढी : उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीले सरकार, बन्द भएका उद्योगहरु सञ्चालन गरेर रोजगारीका अवसरहरु सिर्जना गर्नमा लागेको बताएका छन । सुदूरपश्चिम स्तरीय श्रमाधान तथा रोजगार मेलाको आईतबार धनगढीमा उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । ‘यसअघिका मन्त्रीहरुले नेपालमा बन्द भएका उद्योगहरु अब सञ्चालनमा ल्याउन नसकिने भन्दै प्रतिवेदन बनाएर राखेका रहेछन, मैले मन्त्रालयमा उद्योगहरुको अवस्था बुझ्ने क्रममा त्यस्तो पाए, तर बर्तमान सरकार बन्द भएका उद्योगहरु सञ्चालन गरेर त्यसबाट रोजगारीको सिर्जना गर्ने तयारीमा छ’ मन्त्री भण्डारीले भने । उनले कच्चा पदार्थ नपाएर बन्द भएका उद्योगहरु फेरि सञ्चालनमा ल्याईने बताए । ‘केही राम्रा राम्रा उद्योगहरु कच्चा पदार्थ नपाएर बन्द भएका…

Read More

धनगढी : सुदूरपश्चिम सरकार विस्तार हुने भएको छ । नेकपा माओवादी (केन्द्र)बाट ओमविक्रम भाट (सरल) र अक्कल रावल मन्त्री हुने भएका छन । पार्टीको केन्द्रिय नेतृत्वले मन्त्रीहरुको टुंगो लगाएपछि प्रदेश सरकार विस्तारको ढोका खुलेको हो । नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता दिर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएको डेढ महिनापछि सुदूरपश्चिममा सरकार विस्तार हुने संकेत देखिएको हो । सुदूरपश्चिम सरकार विस्तारबारे प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि सरकार विस्तार हुने संकेत देखिएको हो । माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम बुझाउने तयारी गरेपनि एमालेले भने निर्णय गरिसकेको छैन । आज बेलुकीसम्म पनि…

Read More

काठमाडौं : दाङको गढवामा श्रीमानले तरकारी पकाउने कराइ प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। गढवा गाउँपालिका– २, पचहियानिवासी २६ वर्षीय रन्जित चौधरीले २१ वर्षीया श्रीमती कमला चौधरीलाई तरकारी पकाउने कराइ प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। जेठ २४ गते राति करिब ९ बजेतिर गम्भीर घाइते भएकी उनको बुटवलको क्रमिसन हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्। श्रीमान् रन्जितलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ। घरासयी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली सेनाले वीरगति प्राप्त तथा कर्तव्यपालनका क्रममा मृत्यु भएकाहरुको एकल महिला (श्रीमती) ले खाईपाई आएको मासिक कल्याणकारी निवृत्तिभरण रकम बढाएको छ । उक्त रकम गत बैशाख १ गते लागु भएको समारोह सञ्चालन निर्देशनालयले हालै जारी गरेको परिपत्रमा उल्लेख छ । निर्देशनालयले कार्यरथी विभागको जेठ २० गतेको पत्रको आधारमा मासिक पाँच सय रुपैयाँले निवृत्तिभरण रकम बढाइएको जानकारी दिएको छ । यसअघि वीरगति प्राप्तका एकल महिलाले मासिक तीन हजार पाँच सय रुपैयाँ प्राप्त गर्थे । अब यो रकम चार हजार रुपैयाँ पुगेको छ । त्यसैगरी कर्तव्यपालनका क्रममा मृत्यु भएकाहरुका एकल महिलाको खाइपाई आएको दुई हजार पाँच सय रुपैयाँमा पाँच सय…

Read More