विराटनगर: मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ। आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन्। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनालगत्तै प्रहरीले कार र चालक…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सरकारले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक उपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिएको छ। गृह, अर्थ र कानुन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा पुगेको सो विधेयकको मस्यौदालाई परामर्श र स्वीकृति लिनका लागि लोकसेवा पठाउन लागिएको हो। विधेयकमा सशस्त्र प्रहरीको एसपीको सेवा अवधि गायव भएकोमा कानुन मन्त्रालयले फिर्ता गरेको छ। अब एसपीको सेवा अवधि ८ वर्ष कायम गरिएको छ। साथै एसएसपीको सेवाअवधि ६ वर्ष कायम गरिएको स्रोतले जनाएको छ। यसअघि एसएसपीको सेवा अवधि ८ वर्ष बनाइएको थियो। स्रोतका अनुसार नेपाल प्रहरीतर्फ भने ३० वर्षे सेवा…
काठमाडाैं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीविरुद्ध केदार भण्डारीले अख्तियारसहित प्रधानमन्त्री कार्यालय, प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समिति र गृह मन्त्रालयमा पनि उजुरी दिएका हुन्। कुँवरले प्रहरी सरुवा तथा बढुवामा आर्थिक लेनदेन गरेको, व्यापारीसँग असुली गरेकाे, तस्करबाट पैसा उठाएकाे लगायतका विभिन्न आराेपसहित उजुरी परेकाे स्राेतले जानकारी दिएकाे छ। उजुरीपछि अख्तियारले छानबिन प्रक्रिया सुरू गरिसकेकाे स्राेतले बताएकाे छ। स्राेतका अनुसार कुँवरले गत १० साउनमा मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापाल सरुवा गर्दा प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेकाे उजुरीमा उल्लेख छ। यस्तै कुँवर मधेश प्रदेशमा (डिआइजी) भएको बेला हुन्डी कारोबारी…
काठमाडौं: कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुरा भएको छ। सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन्। एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ । गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि इजरायलमा रहेको नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन। गत वर्ष ७ अक्टुबरकै दिन हमासले…
डडेल्धुराः नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ। सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन्। कुल एक सय ६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका छन्। ८० खेलाडीमध्ये सुदूरपश्चिम घर भएका २३ जना अटाएका छन्। कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोजले अक्सनमार्फत १० खेलाडी खरिद गरेको छ। उसले रिजन ढकाल १० लाख, कमलसिंह ऐरी १० लाख, शरद भेषवाकर १० लाख, विपिन रावल ८ लाख, सन्तोष कार्की ५ लाख, दीपेश श्रेष्ठ ५ लाख, अमरसिंह राउटेला ५ लाख, दीपक बोहरा ५ लाख, रञ्जित…
दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ। सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले मन्त्रिपरिषद्को निर्णपछि सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलको जानकारी दिए। “सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन प्रयोग गर्न दिने निर्णय भएको छ”, उनले भने, “अब सुक्खा बन्दरगाह निर्माण प्रक्रिया छिट्टै अघि बढ्छ।” इञ्जिनियर केसीका अनुसार…
काठमाडौँः नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन्। अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्यले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख गरेकी छन्। त्यस्ता क्रियाकलाप गर्ने जो कोही पार्टीको इमानदार सदस्य नहुने स्पष्ट गर्दै अध्यक्ष श्रेष्ठले अनुशासन आयोगमार्फत त्यस्तामाथि कारबाही हुने चेतावनी दिएकी छन्। अब उप्रान्त त्यस्ता गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले पार्टीका सदस्यहरूलाई आ–आफ्नो विचार पार्टीको बैठकमा राख्ने पूर्ण स्वतन्त्रता भएको र पार्टीको शुद्धीकरण प्रक्रिया अगाडि बढिसकेको…
काठमाडौँ: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ। आज बिहान ०६: १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए। आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो। आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो। घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ। नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने…
काठमाडौं: कोशी राजमार्गको मोरङको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आज (आइतबार) दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ। प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–४ गोकुवा चोकमा प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो। पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको जानकारी दिए। उनका अनुसार संखुवासभा घर भएका…
काठमाडौं: नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ गराएका हुन्। विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, मन्त्रीहरु लगायतको उपस्थिति रहेको बताइन्छ। यसअघि सर्वोच्चको वरिष्ठतम न्यायाधीश रहेका राउत संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदनपछि संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रधानन्यायाधीश नियुक्त भएका थिए। २०१७ चैत्र १८ गते उदयपुरमा जन्मनु भएका राउतले २०८२ चैत्र १६ गतेसम्म सर्वोच्चको नेतृत्व गर्ने छन्।