Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले क्याप्टेन शाक्यको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको जानकारी दिए। बुधबार एयरलाइन्सको एएन एएमपी सीआरजे२०० जहाज ०२ रनवेमा उडेलगत्तै दुर्घटनामा परेको हो। जहाजमा १५ जना रहेको प्रारम्भिक जानकारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। ११ बजे दुर्घटनामा परेलगत्तै सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन्।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

Read More

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखको अपमान गरेको बताएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दे संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखको अपमान गरेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । मङ्गलवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारी उपस्थित भएनन् । प्रदेश प्रमुखसमक्ष प्रदेशका एक चौथाइ सांसद उपस्थित भएर विपद्का विषयमा सरकारलाई निर्देशन दिन भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए । एमाले कांग्रेसका २१ जना सांसदको हस्ताक्षरसहित आह्वान गरिएको बैठकमा मुख्यमन्त्री सोडारी उपस्थित नहुनुलाई कांग्रेसले गैर संवैधानिक, गैरजिम्मेवार र सत्तालिप्सा कार्य रहेको ठहर गरेको छ…

Read More

धनगढी : अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ । पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो । अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो । लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि कुनै विकल्प नहुँदा त्रिपाल बिछ्याइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्न अनुरोध गरेपनि…

Read More

काठमाडाैं: कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गरिएको पाइएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो। सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ। चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक रहेका छन्। चर्चमा हरेक शनिवार संगति लाग्ने गरेको छ। चर्चसँग प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पनि छ। कारको अगाडिको सिसामा अस्पतालको संकेत जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ। इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा सो गाडीको प्रयोग हुने गरेको स्थानीयले बताएका…

Read More

धनगढी: सुदूरपश्चिमको फुटबल क्षेत्रका पुराना हस्तीसमेत रहेका एक प्रशिक्षकको निधन भएको छ। सुदूरपश्चिम फुटबलको क्षेत्रमा चम्किला इतिहास मानिने धनगढी उपमहानगरपालिका-४ का लालबहादुर खड्काको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो। हिजो घरकै शौचालयमा एक्कासी बेहोस भएर ढलेपछि धनगढीकै मायामेट्रो अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा खड्काको निधन भएको हो। आज मंगलबार बिहान उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। उनलाई सुदूरपश्चिममात्र होइन, नेपाली खेलकुदका एक नक्षत्र नै मान्ने गरिन्थ्यो। उनी फुटवलका राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षक हुन्। धनगढीको उत्तरमावेहडीमा बसोबास रहेको उनको परिवारमा ९ जना खेलाडी छन्। खड्का गणेश थापा नेपाली राष्ट्रिय…

Read More

धनगढी : कञ्चनपुरमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बेल्डाडी गाउँपालिका–४ घर भई हाल बेदकोट नगरपालिका–७ बस्ने २५ वर्षीय रोहित चौधरी र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय सुवाश चौधरी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २ दशमलब शुन्य ९ ग्राम लागु औषध खैरो हिरोईन बरामद गरेको छ । प्रहरी प्रदेश कार्यालय लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको छ।

Read More

धनगढी : आज बिहानैदेखि अवरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग ९ घण्टापछि सुचारू भएको छ। बित्थडचिर गाउँपालिका-४ स्थित बल्लेखोलामा आज बिहान ६ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। गाउँपालिकाको मेसिन र सडक विभागको मेसिनको सहायताले पहिरो पन्छाएर दिउँसो २ बजे देखि राजमार्ग पुनः सुचारू गरिएको छ। पहिरो पन्छाउने कार्यमा स्थानीय प्रशासन र गाउँपालिकाले समन्वय गरि तदारुकता देखाएका थिए। यस अवरोधका कारण यातायात सेवा प्रभावित भई यात्रुहरूलाई असुविधा भएको थियो। पहिरोको कारणले गर्दा केही समयका लागि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो ।

Read More

काठमाडौं : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको एक मन्त्रालयका सचिवले सीडीओसँग शान्ति सुरक्षाको माग गरेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको उल्लेख गर्दै निवेदन दिएका हुन् । उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन् । पूर्वमुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताए ।

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा.वीरेन्द्र महतोले सदनको रोष्ट्रमबाट आफूले पाँच हजार रुपैयाँ घुस दिएको भनेर दिएको अभिव्यक्तिप्रति सरकार गम्भीर रहेको बताएका छन्। प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै व्यक्तिगत रूपमा पनि सांसद महतोसँग आफूले कुरा गरिसकेको बताए। उनले भने, ‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनको लागि सहयोग गर्न पनि आग्रह गरेको छ। प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नको लागि आवश्यक निर्देशन दिइसकेको छ। यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’ पूर्वमन्त्री महतोले आइतबार सदनमा भनेका थिए, ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। म भूतपूर्व मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको…

Read More