Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। आजको संसद बैठकमा आर्थिक विधेयक, २०८१ मथि छलफल हुनेछ। त्यस्तै आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ। संसद सचिवालयका अनुसार अर्थ मन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफ सदनमा गरियोस् भनी प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। राष्ट्र ऋण उठाउने विधेयक, २०८१ मथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तत गरिने छ। सचिवालयका अनुसार अर्थमन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। उनले भन्सार महसुल विधेयक,…

Read More

काठमाडौँ :  नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ । आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय…

Read More

काठमाडौँ : टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए । यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् । रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी- २० विश्वकप जित्न सफल भएको छ । यस अघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो । अमेरिका र वेस्ट इन्डिजबीच…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/०८२ कार्यक्रम पुस्तिका (रातोकिताब) को डिजिटल कपि (पीडिएफ) अनाधिकृत रुपमा सार्वजनिक भएको विषय पेचिलो बन्दै गएको छ। सरकारले सार्वजनिक गर्नुपूर्व नै विचौलियामार्फत सो (आइलभ पीडिएफ) नामक डिजिटल कपि सार्वजनिक भएको भन्दै सरकार, अर्थमन्त्रालय र मुख्यमन्त्रीको आलोचना भैरहेको हो। ४३२ पानाको उक्त डिजिटल कपिमा सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट तथा कार्यक्रमका योजनाहरुको लिष्ट छ। तर अहिलेसम्म आधिकारिक रुपमा भने सरकारले रातो किताब सार्वजनिक गरेको छैन। अर्थमन्त्रालय एवं अर्थमन्त्री सुरेन्द्र पालले सो रातो किताबमा समेटिएका योजना सही भएको तर पीडिएफ फेक भएको जनाएका छन्। उनले सो विषय अनुसन्धान भैरहेको पनि बताएका छन्।…

Read More

काठमाडौं: दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले १७ वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकप जितेको छ।  शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले सन् २००७ पछि पहिलोपल्ट उपाधि जितेको हो। संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो। भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी २० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।

Read More

धनगढी: कैलालीमा प्रहरीकै एकजना सई प्रहरीको नियन्त्रणमा छन्। कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। आज (शनिबार) बेलुका उनलाई नियन्त्रणमा लिइएको र अहिले उनको स्वास्थ्य जाँच भैरहेको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी विश्वराज अधिकारीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार खड्काले ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि उनलाई नियन्त्रणमा लिएको हो। सादा पोसाकमा रहेका उनले स्थानीयलाई गाली गरेको समेत आरोप छ।

Read More

धनगढी: मदन भण्डारी स्पोर्टस् एकेडेमीको सुदूरपश्चिम प्रदेश संयोजकमा कुमार बडेला मनोनीत भएका छन्। नेकपा एमाले कैलालीका युवा नेतासमेत रहेका बडेला एकेडमीको प्रदेश संयोजकमा मनोनीत भएका हुन्। एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बडेलालाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको जानकारी दिए। एकेडेमीको गत महिना १५ गते काठमाण्डौमा सम्पन्न केन्द्रिय कमिटिको निर्णयानुसार बडेलालाई प्रदेश संयोजकको रुपमा मनोनीत गरिएको उनले बताए। सो एकेडेमी “सबैका लागि खेलकुद’ भन्ने नारासहित २०६६ पौस १७ गतेका दिन स्थापना भएको थियो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री ओम विक्रम भाट (सरल) ले कैलाली र कञ्चनपुरका नागरिकमाझ पुगेर धान दिवस मनाएका छन्। आज (शनिबार) मन्त्री भाटले कैलालीको कैलारी गाउँपालिकास्थित हसुलिया र कञ्चनपुरको कृष्णपुरस्थित रैकवारमा पुगेर २१औं राष्ट्रिय धान दिवस मनाएका हुन्। रैकवार मन्त्री भाटकी निर्वाचन क्षेत्र पनि हो। सो क्रममा कृषक पृष्ठभुमिका मन्त्री भाटले आफैंले हलो जोत्नेदेखि ट्याक्टर (चम्फा) चलाउने र धान रोप्ने लगायतका कार्य गरेका थिए। बिहानैदेखि किसानमाझ पुगेर उनले नागरिकलाई धान दिवस मनाउनेमात्र होइन, उनीहरूलाई सघाउनेसमेत काम गरेका थिए। त्यस्तै उनले कृषि प्रधान मुलुक नेपालमा त्यसमा पनि सुदूरपश्चिममा मलको अभाव लगायतका समस्याले गर्दा कृषिमा परनिर्भरता बढ्ने जोखिम देखिएकोले सरकारले त्यसको…

Read More

धनगढी: डडेल्धुरामा सब-ओभरसियरसमेत रहेका एकजनाले आफ्नै घाटीमा चक्कुले रेटेका छन्। हिजो (शुक्रबार) डडेल्धुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्मरबहादुर भट्ट (सन्तोष)ले आफ्नै घाँटीमा चक्कुले रेटेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपक कार्कीले घाँटी रेटिएको अवस्थामा डम्बरबहादुर घर नजिकैको जंगलमा फेला परेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार डम्बरबहादुर हिजो बेलुकादेखि हराएकोमा आज बिहान घर नजिकैको जंगलमा घाँटी काटेको अवस्थामा फेला परेका थिए। यस्तै घटनास्थलमा चक्कु पनि फेला परेको थियो। हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका थिए। त्यसपछि उनलाई जिल्ला अस्पतालमा लगिएकोमा अहिले धनगढी रेफर गरिएको थियो। तर, धनगढीमा उपचाररत उनको निधन भएको छ। आज साँझपख…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले झण्डै ११ लाख बराबरको अवैध भन्सार छलीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार नवदुर्गा मन्दिर नजिकै चेकजाँचका क्रममा अवैध सामानसहित गाडी चालक र एक महिलालाई नियन्त्रणमा लिएको हो। प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका-१ का ३१ वर्षीय हरि बुढाले चलाएको सु.प.प्र.०१-००१ ज १२७९ नम्बरको म्याजिक गाडीलाई शंका लागी चेकजाँच गर्दा अवैध सामान फेला पारेको हो। गाडीमा सवार ४० वर्षीया सरस्वती बिकसमेत पक्राउ परेकी छन्। गाडीबाट सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरी करिब १० लाख ७२ हजार बराबरको अवैध भन्सार छलीको मालसामान…

Read More