धनगढी: कञ्चनपुरमा अमेरिकाको भिसाको प्रलोभन देखाएर नक्कली विवाह गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय बिरबहादुर ऐर रहेको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए। ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको डीएसपी जोशीले बताए। ऐरले पेशाले इन्जिनियर र अमेरिकाको भिसा लागिसकेको भन्दै ठगेर कञ्चनपुरकी युवतीसँग बहुविवाह गरेका डडेल्धुराकै भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीका नक्कली बुवा बनेर कुरा गरेका थिए। नक्कली बुवा बनेर युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गर्दै बहुविवाह गराउन भूमिका खेलेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–२…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको धनगढीमा चार पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ मा आइतबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार समिर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यूलब्ली टेलर्स र श्रीकृष्ण इन्टरप्राइजेजमा आगलागी भएको हो। ‘आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरेका छौं,’ प्रहरी निरीक्षक खड्काले भने, ‘मोबाइल ग्यालरीमा १० लाख, अर्जुन आर्टमा नौं लाख, लब्ली टेलर्समा पाँच लाख र श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोड बढीको क्षति भएको छ।’ प्रहरी निरीक्षक खड्काका अनुसार विद्युतको तार सर्ट भएर मोबाइल ग्यालरीबाट आगलागी सुरु भएको हो। धनगढी उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
काठमाडाैं: हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिएको छ। उनलाई बयानका लागि अदालत लगिएको हो। आइतबार बयानका निम्ति इन्स्पेक्टर शाही आफैं अदालत गएकी थिइन्।बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। शाहीको बयान सकिएपछि थुनछेक आदेश आउने र अहिले पुनः बयान थालिएको जिल्ला अदालत पाटनका प्रवक्ता राम सजिवन महतोले बताए। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ। भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ। उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध…
काठमाडौं: काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका काभ्रेली समूहबाट गृहमन्त्री रमेश लेखकका भान्जामाथि भएको निर्घात कुटपिट घटनामा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाउने भएको छ। बैतडी घर भएका रमेश भट्टमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तरुण दलका केन्द्रीय सदस्यसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेका उपर आइतबार ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका भट्टको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। काभ्रेली समूहले एक्कासी एक्ला भट्टमाथि मरणासन्न हुने गरी कुटपिट गरेको सिसिटिभी भिडियो बाहिर आइसकेको छ। सो घटनामा पक्राउ पर्नेहरुमा तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ समेत छन्। रोशी गाउँपालिका ४ महादेवटार…
काठमाडौं: हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई थुनामा राखिएको छ। प्रहरीले आफूविरुद्ध अनुसन्धान थालेसँगै भागेकी उनी आज जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन्। त्यसपछि आज (आइतबार) उनको बयान लिइएकोमा थुनामा पठाइएको हो। जिल्ला अदालत पाटनका प्रवक्ता राम सजिवन महतोका अनुसार मुद्दा न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा पेशी चढेको थियो। तर आजलाई बयान लिएर उनलाई ललितपुर प्रहरीको जिम्मा लगाई थुनामा राखिएको हो। शाहीको बयान सकिएपछि भोलि थुनछेक आदेश आउने महतोले बताए। भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ। उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध गत मंसिर ९ गते…
धनगढी: धनगढीकाे सहिद गेटमा रहेकाे एउटा माेबाइल पसलमा आगलागी भएकाे छ। सहिद गेटमा रहेकाे समीर माेबाईल पसलमा आगलागी भएको हाे। अहिले प्रहरीले दमकलकाे सहायताले आगाे निभाउने प्रयास गरिरहेकाे छ। आगाे निभाउन धनगढी उपमहानगरपालिकाका दुई वटा दमकल प्रयाेग गरिएकाे प्रहरीले जनाएको छ। यस्तै उता डोटीको एक घरमा आगलागी भएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–३ माटेओडारस्थित पशुदेवी साउँदको घरमा विद्युत सर्ट भएर आइतबार दिउँसो आगलागी भएको हो। आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, सुनका गरगहना तथा नगद समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।
काठमाडौं: नेपाल प्रहरीका पदोन्नति भएका ७ जना अधिकृतलाई प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णय अनुसार २ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा र गृह मन्त्रालय (सचिवस्तर) को निर्णय अनुसार ५ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति गरिएको थियो। त्यसपछि आज एआईजीद्वय भरतबहादुर बोहरा र दुर्गा सिंह चन्दलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। सो कार्यक्रममा आइजीपी कुँवरले पदोन्नति प्राप्त गरेका अधिकारीहरूको भूमिकालाई उच्च प्रशंसा गर्दै आगामी दिनमा उनीहरूले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए। यस्तै आइजीपी…
काठमाडौं: दार्चुला सदरमुकामनजिक महाकाली नगरपालिका-५ स्थित वीरेन्द्रवन नजिक नेपाल-भारत सीमा नदी महाकाली नदीवारि (नेपालतर्फ) आएको भारतीय स्काभेटर फिर्ता गरिएको छ। गृहमन्त्री रमेश लेखकको ठाडो आदेशमा चालक र स्काभेटर फिर्ता गरिएको बताइएको छ। दार्चुलाका सिडिओ यज्ञराज जोशीले सो स्काभेटर फिर्ता गराइएको जानकारी दिए। उनका अनुसार सो स्काभेटरले नेपाली बाटो सजिलो भएकाले प्रयोग गरेको भनेपछि छोडिएको हो। आइतबार बिहान साढे ११ बजेतिर अनुमतिबिना भारतीय ठेकेदार कम्पनीको स्काभेटर महाकाली नदी तरेर वारि आइपुगेको थियो। अहिले नेपाल र भारतको पश्चिम सिमाना भएर बग्ने महाकाली नदीको धार परिवर्तनका लागि भारतले पुनः प्रयास गरिरहेको छ। दार्चुलाको सीमानामा रहेको साझा नदी महाकालीको नेपालतर्फ किनारमा अनुमति बिना भारतले…
काठमाडौं: फरार रहेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाही जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन्। उनी लामोसमय पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी थिइन्। उनलाई गृहमन्त्री रमेश लेखकले संरक्षण पनि गर्दै आएकोले प्रहरीले पक्राउ गरेको थिएन। यद्यपि अदालयमा मुद्दा गैसकेपछि उनी आज आइतबार उपस्थित भएकी हुन्। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको पेशी चढेको छ। अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि बहस हुनेछ। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ। उनीमाथि युवतीलाई प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोप छ।यसअघि इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला…
कञ्चनपुर: गृहमन्त्री रमेश लेखककै गृहनगर भीमदत्त नगरपालिकामा भूमाफियालाई संरक्षण दिएको आरोपसहित स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले नगर विकास समितिको अतिक्रमित जमिन फिर्ता ल्याउन गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै तत्काल कारबाहीको माग गरेका हुन्। भीमदत्त नगर विकास समितिको ६३८ बिगाहा ८ कट्टा १३ धुर जमिन विगत लामो समयदेखि भूमाफियाहरूले हिनामिना गर्दै आएको छ। यसबारे अदालतले दोषी ठहरिएका तत्कालीन अध्यक्ष र कर्मचारीहरूलाई करोडौंको बिगोसहित जेल सजायको फैसला गरेको थियो। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रवि लामिछानेको कार्यकालमा सरकारी अतिक्रमणमा परेका जमिन फिर्ता ल्याउन गृहमन्त्रालयले निर्देशन दिएको थियो। सो निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्वदलीय बैठकमार्फत अतिक्रमित जमिन खाली गराउने निर्णय गरेको थियो। केही…