Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका जारी नेकपा एमाले नगर कमिटिको दोस्रो अधिवेशनमा रमेश बस्नेत अध्यक्ष पदका उम्मेदवार बनेका छन्। रमेश बस्नेत, जो घोडाघोडी नगरपालिका वडा नम्बर १ पिपलडाडामा स्थायी बसोबास गर्दै आएका छन्, लामो समयदेखि राजनीति क्षेत्रमा सक्रिय रहँदै आएका छन्। राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यको भूमिकामा रहेका बस्नेतले यसअघि पनि विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रियता देखाउँदै आएका थिए। बस्नेतले आफ्नो शैक्षिक यात्रा स्नातकोत्तर तहसम्म पुरा गरेका छन्। उनले नगर कमिटिको अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गर्दै सबै नागरिकका दुःख र अन्यायलाई न्यायमा परिवर्तन गर्न प्रतिबद्ध रहेको बताए। उनको उम्मेदवारीले स्थानिय तहमा सर्वहाराका नेताको रुपमा परिचित बस्नेतले आफ्नो…

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित श्रृजना होटलमा यौनधन्दा संचालन भइरहेको अवस्थामा प्रहरीले होटल मालिक सहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा अत्तरियामा रहेका विभिन्न होटेलहरुमा अनैतिक क्रियाकलाप भइरहेको सूचना प्राप्त भएपछि, इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले बिहीबार साँझ छापा मारेको थियो। छापा मार्ने क्रममा श्रृजना होटलमा अनैतिक क्रियाकलाप भइरहेको अवस्थामा होटल सञ्चालक एक तेस्रो लिङ्गी र एक पुरुष गरी जम्मा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले यस घटनाको गहन अनुसन्धान गरिरहेको जानकारी दिएको छ। पक्राउ परेकाहरुलाई कानुनी प्रक्रिया पुर्याएर कारबाही गरिने प्रहरी…

Read More

धनगढी : केही दिन अघि कैलाली प्रहरी र राजस्वको टोलीले धनगढीमा रहेको रिल्याक्सो डोमेसोयर एलएलबी नामक कम्पनीमा छापा मारेर सिल गरेको छ। सो कम्पनीमा झन्डै २ क्विन्टल बढी औषधिजन्य अवैध सामग्री फेला परेको छ। धनगढीको त्रिनगर भन्सार नजिकैको क्षेत्रमा अवस्थित यस कम्पनीले भारतबाट अवैध तरिकाले सामग्री ल्याएर नेपालमा नेपाली लेबलिङ गरी बेच्ने गरेको पाइएको छ। बिना लेबलका स्टिकरहरु र औषधिहरु बरामद भएपछि प्रहरी र राजस्वको टोलीले कारबाही गरेको हो। सुद्रा कुमारी भट्टको नाममा रहेको उक्त कम्पनीको गोदाम ज्योति सन्जय शर्माको दुइतले घरको तल्लो तलामा रहेको बताइन्छ। गोदाममा राखिएका सामग्रीहरुमा औषधि, स्टिकर, र अन्य सामग्रीहरु थिए जसको लेबलिङ नगरेको अवस्थामा फेला…

Read More

धनगढी : नेकपा (एमाले) कैलालीको गोदावरी नगर कमिटिको अध्यक्षमा सन्तोष सिंह विजयी भएका छन् । हिजो भएको निर्वाचनमा वर्तमान कार्यबाहक अध्यक्ष समेत रहेका सिंह १६२ मत सहित विजयी भएका हुन् । सिंहका प्रतिद्धन्दी हरि प्रसाद फुलाराले १४० मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा सिंह प्यानलकै कृत बहादुर चन्द विजयी भएका छन् । सचिवमा भने फुलारा प्यानलका विक्रम विष्ट विजयी भएका छन् । उप सचिव महिलामा कृष्णा चौधरी, उप सचिव खुलाबाट जय बहादुर विक विजयी भएका छन ।

Read More

काठमाडौं : नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुवरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो । जनपद प्रहरी समूहतर्फका प्रहरी हवल्दारहरुलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ । बढुवा हुनेमा जीवन प्रसाद महतो, सुरेन्द्र बहादुर बुढा, कुल बहादुर कुमाल, लेखराज रेग्मी, दया महत, श्याम कुमार श्रेष्ठ, राम कुमार चौधरी, दौलत सिंह बुडाल, पुर्ण आकाश दिप सिंह,…

Read More

धनगढी: कैलालीको धनगढीमा एक थुनुवा प्रहरीकै निगरानीबाट भागेका छन्। हिजो (बिहीबार) अदालत क्षेत्रबाट कैलाली प्रहरीको हिरासतमा रहेका थुनुवा भागेका हुन्। जिल्लाको टीकापुर नगरपालिका १ बस्ने वर्ष २१ को योगेश कठरियालाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएकोमा त्यहीँबाट भागेका हुन्। स्रोतका अनुसार उनी प्रहरीको निगरानीबाट हतकडीसहित भागेर अटोमै बसेका थिए। त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः थुनामै राखेको जनाएको छ। लागुऔषध मुद्दामा प्रतिवादी उनलाई हिजो म्याद थप गर्न अदालत लगिएको समयमा भाग्न खोजेका थिए।

Read More

काठमाडौं: नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागकी एक डीएसपीको फेसबुक ह्याक भएको छ। डीएसपी अर्चना सिन्हाको फेसबुक ह्याक भएर अवाञ्छित सन्देशहरु प्रवाह भैरहेको बताइएको हो। डीएसपी सिन्हा आफैंले आफ्नो फेसबुक ह्याक भएको जानकारी दिएकी छन्। उनी हेटौडास्थित राष्ट्रिय अनुसन्धान विभागको प्रदेश कार्यालयमा कार्यरत रहेको बताइन्छ।

Read More

बझाङ : बझाङमा यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको आज बिहान करिब ७ बजे धौलढुङ्गामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो । बुधबार मात्रै श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिडेका बोहरा आज बिहान ५ बजे धौलढुङ्गा पुगेका थिए । बिहान यार्सा संकलनका लागि हिडेका बोहरा एक्कासी हिउँमा चिप्लेको घटनास्थलमै ज्यान गएको स्थानिय दिपेश दमाइले बताए । घटनास्थल सुर्माबाट एक दिनको दुरीमा पर्दछ । उनको शव घर ल्याइरहेको स्थानीयले बताएका छन् । घरमा दुइवटा साना छोरा छिमेकीको भरमा छोडेर यार्सा संकलनका लागि निस्केका…

Read More

धनगढी : धनगढी उपमहानगरभित्र रहेका विद्यालयहरुलाई एक हप्ता बन्द गर्न पत्र काटिएको छ। अत्याधिक गर्मी बढेपछि उपमहानगरभित्र रहेका सबै विद्यालयहरु १८ गतेदेखि बन्द गर्न पत्र पठाइएको हो। आज जारी पत्रमा भनिएको छ –‘गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्येनजर गदै मिति १८ गतेदेखि २४ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तरगत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन सूचना प्रकाशित गरिएको छ।’ धनगढीमा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज न्यूनतम ४२ देखि ४४ डिग्री तापक्रम रहने अनुमान गरिएको छ।

Read More

धनगढी : धनगढीबाट काठमाडौं लागि उडेको श्री एयरको जहाज काठमाण्डौं अवतरण हुन नसकेपछि भैरहवामा अवतरण गरिएको छ । खराव मौसमका कारण काठमाडौं बिमानस्थलमा अवतरण गर्न नसकिएपछि धनगढीबाट उडेको जहाज त्यहाँबाट फर्केर भैरहवा बिमानस्थलमा अवतरण गरिएको हो । साँझ ६ बजे धनगढीबाट उडेको जहाज काठमाडौंको आकाशबाट फर्केर करीव ७:१५ भैरहवा बिमानस्थलमा अवतरण भएको श्री एयरले जनाएको छ । जहाजमा ७२ जना यात्रु रहेको र सबै सकुशल रहेको बताईएको छ । मौसममा सुधार आएपछि जहाज पुनः काठमाडौँ उड्ने चालक दलका सदस्यले बताएको जहाजमा यात्रारत साहित्यकार नवराज लम्सालले बताए ।

Read More