धनगढी: नेकपा (एमाले)का पूर्वउपाध्यक्ष भीमबहादुर रावलले ‘केन्द्रको ओलीशैली’ तल्लो तहकै कमिटीसम्म फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका आफूनिकट सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने काम भइरहेको जनाएका छन्।
रावलले फेसबुकमा लेखेका छन्— ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरूपयोग गर्दै सुप प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ।’
Facebook Comments Box