काठमाडौं : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो । संरक्षक चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो । तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्यो । आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि बझाङले ऐन महरले भ्रम फैलाएको भन्दै विज्ञप्ती जारी गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य महरले सामाजिक सञ्जालमा बझाङमा एकिकृत समाजवादीलाई धन्यवाद ! सहमति सहकार्य र एकता ! भन्दै पोस्ट गरेपछि समाजवादीले विज्ञप्ती जारी गरेको हो । जिल्ला कमिटि सचिव लक्ष्मीप्रसाद जोशीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । महरले समाजवादी जित सुनिश्चित देखेपछि हडबडाएर मतदातालाई भ्रमित बनाउन सामाजिक सञ्जालमा लेखीएको स्टाटस झुट्टा र गलत भएको कारण हाम्रो पार्टी खण्डनका साथै घोर भत्र्सना गर्दछौ । साथै आफ्ना कार्यकर्ताहरुलाई चुनावी मैदानमा डटिरहन् समेत निर्देशन दिएको छ ।
धनगढी : निर्वाचन आयोगले उपनिर्वाचनमा मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघिका निर्वाचनमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास जारी भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइन्थ्यो । तर, यसपटक भने मतदाताको सुविधाका लागि मतदाता ओसारपसार नगर्नेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको छ । आयोगले मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । त्यो समेतका आधारमा मतदानको दिन सवारीसाधन सञ्चालन गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइने जनाइएको छ । आयोगका अनुसार उपनिर्वाचनको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको…
धनगढी : डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित प्रहरीले काठमाडौंबाट सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको न्युरोडबाट करिब डेढ करोड रुपैयाँ र डेढ किलो सुनसहित सात जनालाई पक्राउ गरेको हो । असन क्षेत्रमा तस्करीको सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–२४ असनस्थित एक घरमा छापा हानेको थियो । घरमा छापा हानेपछि सुन र नगदसहित दार्चुलाको महाकाली नगरपालिकाका ४७ वर्षीय गणेशदत्त बडू, आयुष बडू, झापाको विर्तामोड नगरपालिका–३ का दिनेश खरेल र भरतराज खरेल पक्राउ परेका छन् । त्यस्तै भारतीय नागरिक ३७ वर्षीय अमल विभूति,…
धनगढी : दार्चुलामा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार गरेका छन् । जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङका २३ वर्षीय सन्दीप भण्डारीमाथि महाकाली नगरपालिका–४ का २० वर्षीय विजय निरौलाले हँसिया प्रहार गरेका हुन् । बिहिवार राति ९ बजेको समयमा खलंगास्थितको प्रेमसिंह शालिक नजिक एक आपसमा विवाद हुँदा निरौलाले भण्डारीको गर्धनमा हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनापछि निरौला फरार भएका थिए । तर, शुक्रवार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । हँसिया प्रहारबाट भण्डारीको गर्धनमा चोट लागेको छ । घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि भारत लगिएको छ ।
धनगढी: धनगढीमा क्यान्सर रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने भएको छ। आज (शुक्रवार) को साँझ ६ बजेदेखि धनगढीको होटेल डिभोटीमा उक्त कार्यक्रम हुने भएको हो। कार्यक्रममा धनगढीका विभिन्न अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया गरिने जनाइएको छ। सो कार्यक्रम नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धी काठमाण्डौँको आयोजनामा हुन लागेको हो। कार्यक्रममा पछिल्लो समय नेपालमा क्यान्सर रोग बढ्दै गएको स्थितिमा यसको निराकरण र सहज उपचार विधिबारे अन्तरक्रिया गरिने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तथा क्यान्सर रोग बिषेशज्ञ डा. सुदिप श्रेष्ठले बताए। धनगढीपछि सो कार्यक्रम नेपालगन्जमा पनि हुने छ। नेपालमै क्यान्सरको सहज र सरल उपचार हुने जानकारी दिलाउने उद्देश्यले कार्यक्रम…
धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सरकारमा सहभागी हुने विषयमा केन्द्रित रहेको बताइएको छ। यस विषयमा श्रेष्ठले भोलि पुनः प्रधानमन्त्री दाहालसँग हुने भेटमा छलफल गर्नेछिन् । आजको वार्तामा सुदूरपश्चिममा विश्वासको मत र लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा कुराकानी भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक जना सहसचिवलाई बर्खास्त गरिएको छ । लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिव डा . कमलराज गैरेलाई सेवाबाट हटाइएको छ । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयानुसार उनलाई सेवाबाट हटाइएको जानकारी दिइएको छ। जारी सूचनामा भनिएको छ,‘मिति २०८०–०१–०२ देखि (लगातार नब्बे दिनभन्दा बढी समय)अनुपस्थित रहनुभएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ ९१० को खण्ड ९६० को देहाय ९१० बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम ९३० को प्रतिबन्धात्मक बाक्याँसबमोजिम नेपाल सरकार ९मन्त्रिपरिषद्० को निर्णयानुसार सेवाबाट हटाउने निर्णय भएकोले निजामती सेवा नियमावली, २०५० को नियम ११४ को…
धनगढी : कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका रवीन्द्र धामी बाघको आक्रमणबाट एक जना घाइते भएका हुन् । शुक्रवार बिहान घाँसदाउरा गर्न गएका बेला भगवती सामुदायिक वनतिरबाट आएको बाघले उनलाई आक्रमण गरेको प्रहरीले बताएको छ । घाइते धामीलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
काठमाडौं : नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ आवेदन माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । आवेदन जेठ १२ गतेसम्म दिन सकिने सेनाले जनाएको छ ।