धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : धनगढीमा आरोमा कम्पनीको इलेक्ट्रोनिक स्कुटरमा चलाउँदा चलाउँदै आगलागी भएको छ । बुधवार साँझ करिब ४ः५५ बजेको समयमा सहिद गेटस्थित छ लाइन सडक खण्डमा उक्त स्कुटरमा अचानक आगलागी भएको हो । स्थानिय कृष्ण प्रसाद शर्माको सुपप्र ०१० ११ प ६६३१ नम्बरको इलेक्ट्रिक स्कुटर जलेको हो । उक्त स्कुटरमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
धनगढी : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका बेला पुनर्वास नगरपालिका–१, पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । करेन्ट लागेर घाइते भएका रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । पुर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विद्युत् प्राधिकरणबाट ठेक्का लिई लाइन अपग्रेडिङको काम गरिरहेको थियो । मृतक राना कामदार रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक डाँगीले जानकारी दिए ।
काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशलाई १७० रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भयो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो । कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४…
काठमाडौँ : नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् । माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जनपदतर्फ प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेत बढुवा भएका हुन् ।
धनगढी : नक्कली टिकट बिक्री गरेको आरोपमा कैलालीको एक जनप्रतिनिधिका स्वकीय सचिव र अर्का एक जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अत्तरियामा भएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव, २०८०’ को नक्कली टिकट बिक्रीवितरण गरेको आरोपमा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध पकाउ पूर्जी जारी भएको छ । गत पुस २६ देखि माघ ७ गतेसम्म सञ्चालित महोत्सवमा नक्कली टिकट बरामद भएपछि अत्तरिया उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय, कैलालीमा उजुरी दिएको थियो । प्रशासनले जिल्ला प्रहरी कार्यालय, कैलालीलाई छानबिनको जिम्मा दिएको हो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुको संलग्नता पाएपछि जाहेरी दिइएको…
धनगढी : नेकपा एमालेकी केन्द्रीय सदस्य कमला बोहराले नारदमुनी रानाको खुट्टा भाच्ने धम्की दिएकी छिन्। धनगढी घर भएका एमाले नेता, पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्जसमेत रहेका रानालाई पार्टी हेडक्वार्टरभित्रै बोहराले खुट्टा भाच्ने धम्की दिएकी हुन्। स्रोतका अनुसार रानासहित एमाले महासचिव शंकर पोखरेलको कार्यकक्षमा मंसिर पहिलो सातातिर बसेको बैठ्कमा बोहराले त्यसरी धम्काएपछि महासचिव पोखरेल र राना चुपचाप लागेका थिए। सो बैठकमा एमाले कञ्चनपुरका अन्य नेता पनि सहभागि थिए। जिल्लामा युवा संघको अधिवेशनमा भएको विवाद काण्डमा आफू निकट कार्यकर्तालाई कारबाही गरेको र उनीहरुको कारबाही फुकुवा नहुदाँ बोहराले रानालाई धम्काएको बताइएको छ। सो धम्की काण्डपछि राना त रिसाए नै केपी शर्मा ओली…
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–१० को तुलसीपुर सामुदायिक वनमा विद्युतीय धरापमा परेर धनबहादुर शाहको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–४ गणेशपुरका मनीराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक बिरेन्द्र विश्वकर्माले बताए। उनकाअनुसार चौधरीले जंगलमा जनावरका लागि विद्युतीय धराप थापेका थिए। सोही धरापमा परेर शाहको मृत्यु भएपछि उनलाई अनुसन्धानका लागि मंगलबार पक्राउ गरिएको डीएसपी विश्वकर्माले बताए । चौधरीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । यही माघ १० गते सामुदायिक वनमा थापेको विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका शाहको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको…
बाजुरा : जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको बताए । एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो । अत्याधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण…
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वनविज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्रीको अभाव छ। विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो। विद्यार्थिलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताए। ‘प्रयोगात्मक सामग्री अभाव हुँदा विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने कार्यमा अप्ठेरो परिरहेको छ’, उनले भने, ‘निकै लामो समयदेखि माग गर्दै आए पनि व्यवस्था हुन सकेको छैन।’ उनका अनुसार विद्यार्थीलाई प्रयोगात्मक कार्य सिकाउनका लागि रेन गेज, साभेल, माइक्रोस्कोप, ओभन, क्लिनोमिटर, चेनस, पोलि हाउस, चेन, ट्री क्यालिपर, डाइमिटर टेप, स्पिडो मिटर, स्पिडे, स्नोभेल, वाइनाकुलरलगायत सामग्रीको अभाव छ। विद्यालयसँग फरूवा, कोदालो,…