काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : कैलालीको अत्तरिया-मोहना ६ लेन सडकखण्ड अन्तर्गत गेटामा स्कुटर दुर्घटना भएको छ । अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको सु.प.प्र. ०१ ००१ प ५३२६ नम्बरको स्कुटर बिहीवार राति ११ बजेतिर स्कुटर दुर्घटना भएको हो । स्कुटरमा सवार एक महिला गम्भीर घाइते भएकी छिन् भने उनको स्थानीयहरुले उद्वारगरी धनगढी अस्पताल लगिएको छ ।
धनगढी : बास नेपालले कैलालीको धनगढी उपमहानगरपालिकाका २ जनालाई सम्मान गरेको छ । बालविवाह रोक्नुका साथै न्युनीकरणमा भुमिका निर्वाह गरेको भन्दै धनगढी-१ कि मेनका वड र नियमित खोपका बारेमा समुदायमा जनचेतना जगाउनुका साथै गर्भवती चेकजाँच,सुत्केरी चेकजाँचमा नियमितता गरेकोले मुस्लीम समुदायकी महिला शेख अजिमा बेगम सम्मानित भएका हुन । सम्मानित कार्यक्रममा बोल्दै धनगढी उपमहागरपालिका १ का वडाध्यक्ष सन्तोष मुडभरीले सम्मानित हुने व्यक्तिहरुको जिम्मेवारी थपिएको बताए । उनले धनगढीको मुस्लीम समुदायमा नियमित खोपमा ठुलो समस्या रहेको भन्दै बास नेपालले गरेको कामको प्रसंशा गरे । उनले स्वास्थ्य क्षेत्रको सुधारको सामाजिक व्यवहार परिर्वतनको जरुरी रहेको बताए । कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले…
काठमाडौं : साना तथा मझौला आकारका पसल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी सुरु भएको नेपाली एप ‘कारोबार’ले अष्ट्रियाको प्रतिष्ठित वर्ल्ड समिट अवार्ड (डब्लूएसए) पुरस्कार पाएको छ । तीन वर्षअघि विकास भएको यो एपले डब्लूएसए अन्तर्गत योङ इनोभेटर्स अवार्ड २०२३ प्राप्त गरेको हो । २००३ देखि वितरण हुँदै आएको वर्ल्ड समिट अवार्ड हालसम्म ५५० कम्पनीले पाइसकेका छन् । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्याउने डिजिटल समाधानलाई यो पुरस्कार दिँदै आइएको छ । २६ वर्ष मुनिका व्यक्तिले विकास गरेको उत्कृष्ट समाधानलाई योङ इनोभेटर्स अवार्ड दिइने गरिन्छ । बाइटकेयर सफ्टवेयर कम्पनीका संस्थापक एवं कारोबार एपका सञ्चालक समिर फुँयालले यो अवार्डले करोबार एप अब डब्लूएसएको कम्युनिटीको हिस्सा भएको बताएका छन् । साथै कारोबार…
जनकपुरधाम : भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबिच सीमा सुरक्षा र दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी शुक्रबार भएको छलफलमा सीमामा हुने अपराधका विषयमा बैठक केन्द्रीत थियो । बैठकबाट भारतमा हुने आगामी निर्वाचनमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियम अनुसार हुने बोर्डर बन्द जस्ता विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए । उनका अनुसार सीमा सुरक्षा, क्रस बोर्डर अपराध नियन्त्रण, लागू औषध र सीमा क्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, मानव वेचविखन नियन्त्रण र नक्कली नोट नियन्त्रण गर्ने विषयमा समझदारी समेत भएको प्रजिअ पाण्डेको…
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशमलाल चौधरीविरूद्ध उजुरी परेपछि निर्वाचन आयोगले जवाफ मागेको छ। गत पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टी महाधिवेशनले रेशम चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको थियो। चौधरी अध्यक्ष चयन भएको जानकारी अद्यावधिक गराउन पार्टीले माघ २९ गते निर्वाचन आयोगलाई निवेदन दिएको थियो। तर रेशम चौधरी कर्तव्य ज्यान मुद्दामा दोषी भएर जन्मकैदको सजायको र राष्ट्रपतिले आममाफी दिएर छुटेको भन्दै आयोगमा दुई वटा उजुरी परेका थिए। आयोगमा पुस २९ गते र माघ ३ गते दुई छुट्टाछुट्टै उजुरी परेको थियो। त्यस उजुरीमा उल्लेख भएका विषयबारे आयोगले प्रक्रिया अघि बढाएको हो। आयोगले नाउपाको विवरणहरू अद्यावधिक गर्नुअघि बिहीबार रेशम…
कैलाली : नेकपा एमाले कैलाली जिल्ला नेतृत्वको लागि भएको चुनावमा ५७८ जनाले मतदान गरेका छन् । आज बिहान ८ः३० बजे देखी सुरु भएको मतदान भर्खरै सकिएको हो । अहिले सम्म ५७८ जनाले गरे मतदान गरेका छन् । यहाँ ५९१ जना प्रतिनिधि रहेका छन् । आजै रातिबाट मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए । उनले सुरुमा पदाधिकारीको मतगणना सक्ने र त्यसपछि सदस्यहरूको मत गणना गर्ने बताए । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् । आज पहिलो मत अध्यक्षमा उम्मेदवार पाण्डेले दिएका थिए । त्यसपछि जोशी र ढुङ्गानाले मत दिए । उपाध्यक्षमा गजेन्द्र स्वार,…
धनगढी : कैलालीमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप लगाईन लागेको हो । स्वास्थ्य कार्यालय कैलालीले बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला विरुद्धको खोप लगाउन आग्रह गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ । कैलालीका १३ वटा पालिकामा २ लाख ५८ हजार १ सय ६५ बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह गरेको छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा ९६४…
काठमाडौँ : अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छु, उनले भने, हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।
काठमाडौं : न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको हो । जसमा ७ सहसचिव, उपसचिव र शाखा अधिकृत गरेर ११६ जनाको विभिन्न निकायमा सरुवा भएको छ । जसमा ७ सहसचिव र ४५ उपसचिव गरेर ५२ जना कर्मचारीको बढुवापछिको पदस्थापन भएको छ । सरुवा सूचीअनुसार कानून समूहका सहसचिव निर्मला अधिकारीको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव धर्मराज कुइँकेलको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा…