Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ । संघीय संसद भवनको बैठक हलमा जाने क्रममा आरजुले रास्वपा सांसद मनिषलाई भेटेर पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन् । मनिषले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, उनकी पत्नी आरजु र छोरामाथि समेत छानबिन गर्नुपर्ने माग गरेका थिए । आरजुले राजनीतिमा संलग्न नै नभएको आफ्नो छोरा जयवीरलाई किन मुछेको भनेर सोधेकी थिइन् । जवाफमा मनिषले जयवीरले जग्गा किनेको भनेर आएका समाचारतर्फ इंगित गर्दै यत्रो सम्पत्ति कहाँबाट आयो भनेर सोधेका थिए । आरजुले यस्ता गलत प्रचार नगर्न आग्रह गरिन् । मनिषले भने…

Read More

धनगढी : कैलालीको टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्थलगत अनुसन्धान अघि बढाएको छ । सरकारी कागजपत्र किर्ते गरी जग्गा हिनामिना गरेको देखिएपछि सिआइबीले यससम्बन्धी विस्तृत अनुसन्धान गर्न डिएसपी नेतृत्वको टोलीलाई सोमबारदेखि फिल्डमै खटाएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकोमा प्रहरीले लिखत किर्ते सम्बन्धमा अनुसन्धान अघि बढाएको हो । टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए । ‘टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली…

Read More

काठमाडौँ : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।

Read More

काठमाडौं : सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक/सचेतकबीचको छलफल सुरु भएको छ । सभामुखले आजै यसअघि विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँग छलफल गरेका थिए । “विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँगको छलफलपछि सभामुखले अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहनुभएको छ,” सभामुखको सचिवालयले भन्यो । सभामुख र दलका सचेतकहरू छलफल गरिरहेकाले बिहान ११ बजेका निम्ति बोलाइएको संसद बैठक बस्न ढिलाइ भएको छ ।

Read More

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको बताएका छन्। मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए। उनले संसद्को​ गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए। अध्यक्ष नेपालले कुनै पनि पार्टीहरू नफुटुन् भन्ने आफूहरूको चाहना रहेको बताए।

Read More

कञ्चनपुरः जुवातास मुद्दामा फरार रहेका कञ्चनपुरका २ जना पक्राउ परेका छन्। जुवातास मुद्दामा २७५ जरिवाना ठहर भएका बेदकोट नगरपालिका–३ का ३० वर्षीय मोहन खड्का र १७५ जरिवाना ठहर भएका सोही ठाउँ बस्ने ४२ वर्षीय तारा दत्त जोशी पक्राउ परेका हुन्।  जिल्ला अदालत कञ्चनपुरको फैसलाले जुवातास मुद्दामा जरिवाना ठहर गरेपछि फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

Read More

काठमाडौं : काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीले जनाएको छ । थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ । शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुख घिमिरेले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा ९ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति भएका छन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक…

Read More

काठमाडौं : भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।” परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

Read More