Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा सि.सं. १ प्राविधिक सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिमको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूले आफ्नो सीप र दक्षता अभिवृद्धि गरेका छन्। तालिमको उद्देश्य सशस्त्र प्रहरी बलका अधिकृतहरूलाई प्राविधिक ज्ञान, नेतृत्व क्षमता, र व्यवस्थापन कौशलमा दक्ष बनाउनु रहेको थियो। तालिम अवधिभर प्रशिक्षार्थीहरूले आधुनिक उपकरणहरूको प्रयोग, रणनीतिक योजना निर्माण, र व्यावसायिक उत्तरदायित्व सम्बन्धी विषयमा प्रशिक्षण प्राप्त गरेका थिए। समापन समारोहमा महानिरीक्षक अर्यालले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै तालिमले संगठनको कार्यक्षमतामा थप सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यावहारिक…

Read More

काठमाडौं: काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यको बिदाइ गरिएको छ। एआईजीको ५६ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकास हुन लागेकी बज्राचार्यको सोमबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको हो। बज्राचार्य गत साउन २२ गते काठमाडौँ उपत्यका प्रहरी कार्याशलय प्रमुखमा सरुवा भएकी थिइन्। यसअघि एसपी हुँदा भक्तपुर र एसएसपीमा ललितपुरको प्रहरी प्रमुख भइसकेकी बज्राचार्य काठमाडौँ उपत्यका प्रमुख बन्ने पहिलो महिला एआईजी हुन्। बज्राचार्य २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी हुन्। एआईजीसम्मै आफ्नो ब्याचबाट पहिलो लटमै उनी बढुवा हुँदै आएकी थिइन्। प्रहरी महानिरीक्षकको दाबेदार भएपनि सरकारले वसन्त…

Read More

धनगढी: कैलालीमा मादक पदार्थ सेवन गरेको अवस्थामा बेहोस् भेटिएका एक जनालाई अस्पताल भर्ना गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर ५ को गेटामा सोमबार साँझ धनगढी उपमहानगपालिका वडा नम्बर ६ बस्ने अमरबहादुर सफारी बेहोस् अवस्थामा फेला परेका थिए। मादक पदार्थ सेवन गरेको अवस्थामा बेहोेस् भेटिएका उनको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अहिले भने साफरी होसमा आइसकेका छन् तर उपचार जारी छ। यस्तै कैलालीमा एक युवतीले घरको छतबाट हाम फालेकी छन्। लम्कीचुहा नगरपालिका–६ बस्ने भगवती चौधरीको १७ वर्षीया छोरी मंगलाले सोमबार साँझ साढे ८ बजे घरको छतबाट हाम फालेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह…

Read More

धनगढी: आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौँ कृति उपन्यास मेरा गाउँको खड्क्या मन्त्री एक कार्यक्रमकाबीच टीकापुरमा लोकार्पण गरिएको छ। पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकार्पण नेपाली दम्पतीले गरेका हुन्। गगन फाउन्डेसनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारलाई भोगेको समस्या, पीडा, दैनिक, जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ। मेरा गाउँको खड्क्या मन्त्री उपन्यास लोकार्पण कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरू भन्दा यो कृति उत्कृष्ट रहेको दाबी गरे। ‘जित्नेहरूको इतिहास लेखिने नेपाली साहित्यमा उपन्यासमार्फत आख्यानकार थापाले एक…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा गरेका छन्। पिछिडिएको सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन दबाब दिने उद्देश्यले उक्त अभियान थालिएको नेकपा एकीकृत समाजवादीबाट प्रदेश सांसद शाहीले बताएका छन्। उनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन्। ‘पिछिडिएको सुदूरपश्चिमलाई अगाडि ल्याउने दायित्व यहाँको समाजको हो। सरकारलाई दबाब दिनु पनि आवश्यक छ,’ उनले भने, ‘यस क्षेत्रको आर्थिक, भौतिक र मानवीय विकासका लागि दबाब दिने उद्देश्यले अभियान सुरु गर्ने प्रयास गरेका छौँ।’ स्रोत विभाजनमा समानुपातिक समान वितरणका लागि केन्द्र सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ छ। केन्द्र सरकारले वितरण गर्ने बजेट कार्यक्रम, राष्ट्र बैंकको लगानी र वैदेशिक अनुदानमा सुदूरपश्चिमले प्राथमिकता पाउनुपर्ने शाहीले बताए। …

Read More

धनगढी: डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको हो।ट्याक्टरको टायरमुनी च्यापिएर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ट्याक्टर साहुखर्कबाट गैरा आउँदै गर्दा आज बिहान दुर्घटना भएको हो।  यस्तै कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाइते भएका छन्। मोहन्याल गाउँपालिका, जोशीपुुर गाउँपालिका, घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा भएका सवारी दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। मोहन्याल गाउँपालिका–३ को फल्लेबिसौनामा २७ वर्षीय विकास सुनारले चलाएको म १ ह…

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिकास्थित न्वाघर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ७ः५४ बजे गएको हो। भूकम्पको धक्का बैतडीसँगै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार केही क्षणका लागि घरहरू हल्लिएका थिए। यद्यपि, हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोट लगायतका जिल्लाहरूमा भूकम्पका धक्का महसुस भइरहेका छन्। लगातार भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन्। विज्ञहरूले भूकम्पप्रति सचेत रहन र सम्भावित क्षतिको न्यूनीकरणका लागि पूर्वतयारी गर्न सुझाव दिएका छन्।

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पतालले १० जना स्टाफ नर्सका लागि रोजगारी खुला गरेको छ। अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत दरबन्दीअनुसार नयाँ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। अस्पतालका अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले सात दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनका लागि आवश्यक योग्यता तथा प्रक्रियासम्बन्धी जानकारी अस्पतालको प्रशासन शाखामा प्राप्त गर्न सकिनेछ। डडेल्धुरा अस्पताल संघीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल हो। यसले क्षेत्रीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। १० जना स्टाफ नर्सको नियुक्तिले अस्पतालको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास गरिएको छ। इच्छुक उम्मेदवारहरूलाई समयमै आवेदन दिन डडेल्धुरा अस्पतालले अनुरोध गरेको छ।

Read More

काठमाडौं: मन्त्रिपरिषद्मा सशस्त्र प्रहरीका चार डिआइजीहरुको एक वर्ष म्याद थप गर्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले चार डिआइजीको एक वर्ष म्याद थप गर्ने व्यवस्था बमोजिम डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको म्याद थप्न प्रस्ताव गरिएको हाे।  सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ। सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ। मन्त्रिपरिषद्बाट म्याद थप्ने निर्णय नभए उनीहरू पुस २३ मा अवकाशमा जानेछन्। कमल गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुन्। गणेश ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्बाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत…

Read More

काठमाडौं: नेकपा एमालेबाट निष्कासनमा परेका पूर्व उपाध्यक्ष डा.भीमबहादुर रावलले नयाँ आफ्नै पार्टी खोल्ने तयारी गरेका छन्। उनले त्यसको आन्तरिक तयारी गरिरहेकोमा पर्सि पुस १७ मा पत्रकार सम्मेलन गर्दै घोषणा गरिने जनाइएको छ। एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेको बुझिएको छ। एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो।त्यसपछि उनले विभिन्न पार्टीका विद्रोही नेताहरुसँग भेट गरिरहेको बताइन्छ। रावलले विशेषगरी सुदूरपश्चिमका नेतालाई भेट गरिरहेका छन्। जसक्रममा उनले सोमबार नेपाली काँग्रेस वीपीका उपसभापति कर्ण मल्ल र एमाले छोडेका डडेलधुराका नेता सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा जोशीलाई भेटेका छन्। मल्ल नेपाली…

Read More