Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ ले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर संग छलफल गरेको छ । सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो । समितिले गृह सचिव र आइजिपीलाई शुक्रबारको बैठकमा उपस्थित हुन आग्रह गरेको थियो। सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो। लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका नाम उल्लेख गरेर समितिको कार्यादेश बनाइएको थियो।

Read More

काठमाडौं :लुम्बिनी प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूका लागि मुख्यमन्त्री जोखबहादुर महराले बिदाइ भोजको आयोजना गरेका छन । संघीय सरकारमा सत्ता समीकरण परिवर्तन हुन लागेसँगै लुम्बिनीमा पनि सरकार छाड्न लागेका एमालेका मन्त्रीहरूका लागि मुख्यमन्त्रीले आफ्नै निवासमा बिदाइ भोज आयोजना गरेका हुन । आफ्नो मन्त्रिमण्डलमा सहभागी भएकालाई निस्कँदा पनि राम्रै सम्मानका साथ बिदा गर्नुपर्छ भन्ने राजनीतिक संस्कारको शुरुवात गरिएको मुख्यमन्त्री महराले बताए । बिदाइ भोजमा एमाले संसदीय दलका उपनेता तथा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी, शहरी विकास तथा खानेपानीमन्त्री भूमीश्वर ढकाल, वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसी र सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री सहभागी भएका छन । पछिल्लो…

Read More

काठमाडौं : शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन गर्न खोजिएको दाबी गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने उद्देश्यले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन् । उनले लेखेकी छन ,”आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकार नै परिवर्तन गर्न खोज्ने । तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाएमात्र हो अब,” ओलिले बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल…

Read More

धनगढीः हातहतियार खरखजाना र सवारी ज्यान मुद्दाका फरार दोषी कैलालीबाट पक्राउ परेका छन्। हातहतियार खरखजाना मुद्दामा १२ दिन कैद सजाय तोकिएको गौरीगंगा नगरपालिका-१ का ५० वर्षीय मोहन चौधरी र सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको गोदावरी नगरपालिका-३ बस्ने ४३ वर्षीय सुरतबहादुर खड्का पक्राउ परेका छन्। दुबैजनालाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।

Read More

पाँचथर : अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी–झाँक्री) हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए । घटनामा संलग्नको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनमा गोताखोरको संख्या ११० पुगेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिए । तालिम शिक्षालय कुरिनटारमा समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताए । प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए । कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले ४८ इन्स्पेक्टरका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरीमा रिक्त रहेको साधारण र प्राविधिक तर्फका विभिन्न उपसमूहमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरिएको हो । सूचनाअनुसार कानुन उपसमूहमा ८ जना, लेखातर्फ २९ जना, प्राविधिकतर्फ विभिन्न इन्जिनियरिङतर्फ ११ जनाको दरखास्त माग गरेको हो ।सूचनाः

Read More

काठमाडौं : गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो । बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएको थियो । सोही छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । पालिकाहरुसँग समन्वय गर्दै तम्तयार भएर बस्न उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

Read More

धनगढी: नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सोडारी सरकार अल्पमतमा परेको छ। आजमात्रै नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छन्। योसँगै एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको हो। यस्तै एमालेको समर्थन फिर्ताले सरकार ढल्ने पनि निश्चित भएको छ। मुख्यमन्त्री सोडारी भने अहिले संघीय राजधानी काठमाडौँमा छन्। सोही कारण एमालेले आज समर्थन फिर्ता लिएको पत्र कार्यालयमा दर्ता गराएको हो। यस्तै, सरकारमा सामेल एमालेका तीन मन्त्रीले मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र पनि दर्ता गराएका छन्। केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने नयाँ सहमति…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक लोक बहादुर विष्टविरुद्ध मुद्दा दायर गरेको छ। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। विष्टले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एण्ड इण्टरमिडिएट एजुकेशन यु.पी.बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा २०५५ साल कार्तिक १ गते नियुक्ति भई त्यस पश्चात् विभिन्न पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको अख्तियारको दाबी छ।

Read More