Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं: भारतीय वन विभागले काम गर्न गएका नेपाली मजदुरलाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका मजदुर कैलालीकाे कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरीलाई वन विभागले पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गर्नुको कारणबारे यथेष्ट जानकारी प्राप्त हुन नसके पनि वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्याएको स्थानीयले जानकारी दिएका छन्। चन्दन चौकी बजार दुधुवा नेशनल पार्क क्षेत्रमा रहेको छ। सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिए। पक्राउ गरेका दुवैलाई…

Read More

काठमाडौं: अमेरिकामा एक अर्का नेपालीको मृत्यु भएकाे छ। पूर्व रुकुमको भुमे ७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हाे। उनी ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ वर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका गएकाे नेपयाेर्कले जनाएकाे छ। रोकामगर हालैमात्र बोस्टनमा बसाई सरेर काम गर्न थालेको जनाइएको छ। हृदयघातपछि तीनदिन अगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो। यस्तै उता अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती मृत भेटिएकी छिन्। आइतबार राति सिड्नीकाे सेन्ट्रलस्थित एक पार्कमा झापाकाे मेचीनगर नगरपालिका-४ धाइजनकी २७ वर्षीया दिक्षा सिवाकोटी मृत भेटिएकी हुन्। उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको…

Read More

काठमाडौं: उपसभामुख इन्दिरा रानामगरलाई हटाउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज साँझ ५ बजे सिंहदरबारमा डाकिएको बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। अहिलेको संरचनाअनुसार परिषदमा सत्ता र प्रतिपक्षको ५०–५० प्रतिशत प्रतिनिधित्व देखिन्छ। कुनै विषयमा सर्वसम्मत हुने अवस्था नरहे परिषद बैठकले बहुमतका आधारमा निर्णय गर्छ। त्यसकारण प्रधानमन्त्री ओलीले आफू अनुकूल बनाउन उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने योजना बनाएको चर्चा चलिरहँदा परिषद बैठक डाकिएको छ। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको आगामी असोज २० गतेदेखि अनिवार्य अवकाश हुँदै छ।…

Read More

धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउपालिका-८ की १८ वर्षीया सविना महरा रहेकी छन्। सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो। उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। जिप दुर्घटनामा परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन्। चालकसमेत रहेका सुर्नया गाउँपालिका- ७ का लालबहादुर कुँवर, सुर्नया- ८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन्। कच्ची सडकमा…

Read More

काठमाडौं: नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको सुदृढीकरणको लागि सातवटा लक्ष्य समेटिएको ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी गर्ने घोषणा गरेका छन्। प्रधानसेनापति भएको भोलिपल्ट मंगलबार सकलदर्जालाई सैनिक मुख्यालय जंगीअड्डाको सभाहलमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। “राष्ट्रिय सुरक्षा, सांगठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै सात (७) वटा लक्ष्य समावेश गरी ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी हुनेछ,” प्रधानसेनापति सिग्देलले भने। सम्बोधनका क्रममा उनले सबैभन्दामाथि संस्था रहेको हुँदा सबैलाई खुसी बनाउनेभन्दा पनि समग्र संस्थाको हितको लागि कार्य…

Read More

काठमाडौं: नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको आज बिदाई भयो। ज्ञवाली आजबाट अवकाश पाएपछि बिदाई गरिएको हो। उनलाई आईजीपी वसन्तबहादुर कुँवरसहितले बिदाई गरेका थिए। सो क्रममा ज्ञवाली आफूले प्रहरी संगठनका लागि ठूलो योगदान गरेको जनाएका थिए। जबकी उनीमाथि घर जाने बेला विभागीय आचरण विपरीतका गतिविधिमा संलग्न भएको आरोप लागेको थियो। सो आरोप खेपेरै उनी अवकाशप्राप्त बनेका हुन्। उसो त प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको निवेदनबारे जाँच गर्न २३ असारमा एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो। सो समितिका एक सदस्यका अनुसार, जाँचका क्रममा ज्ञवालीबारे विस्तृत अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु देखिएका छन्। केही सन्दर्भमा कैफियत फेला…

Read More

काठमाडौं: गृह मन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने निर्णय गरेको छ। यसैगरी रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ। यस्तै अन्य केहि जिल्लामा पनि क्रमश सिडिओ हेरफेरको गृहकार्य जारी राखिएको छ। मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्ने क्रममा लामो समय देखि सिडिओ रिक्त रहदै आएको सिन्धुलीको सिडिओमा लीला प्रसाद शर्मालाई पठाइएको छ। यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ। यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ। प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ। यसैगरी इलाका…

Read More

धनगढी: कैलालीको अत्तरियास्थित एक होटलमा यौनधन्दा हुने गरेको पाइएको हो। जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ स्थित दार्चुला सोहन होटलमा धन्दा हुने गरेको पाइएको हो। आजमात्रै मालाखेती प्रहरीको टोलीले उक्त होटलबाट होटल संचालकसहित १ महिला र २ पुरुष गरी जम्मा ३ जनालाई पक्राउ गरेको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एआईजी सुदिप गिरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको निरीक्षण गरेका छन्। एआईजी गिरीले नेपाल प्रहरीको सेवा प्रभावकारीताको मुल्याङ्कनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी गण, नेपाल प्रहरी बिद्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको निरीक्षण गरेका हुन्। अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रिय मूल्यांकन समितिका संयोजकसमेत रहेका एआईजी गिरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी लगायत मातहत कार्यालयहरुको स्थलगत रुपमा निरीक्षण भ्रमण तथा अवलोकन गरेका थिए। निरीक्षणका क्रममा एआईजी गिरीले कार्यालयका सम्पूर्ण शाखाहरु, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन र अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण गर्न मातहत कार्यालयहरुलाई निर्देशन दिए। उनले प्रशासनिक गतिबिधी, सुरक्षा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक किशोरी जबरजस्ती करणीको सिकार बनेकी छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ की १७ वर्षीया किशोरी जबरजस्ती करणीको सिकार बनेकी हुन्। कृष्णपुर नगरपालिका–२ का दुई युवाले मादक पदार्थ सेवन गरेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ। कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय रमेश चौधरी र २७ वर्षीय सुरेश चौधरीका नाममा इलाका प्रहरी कार्यालय झलारीमा पीडित किशोरीकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए। भदौं २१ गते साँझ किशोरीमाथि जबरजस्ती करणीको प्रयास भएको उनले बताए। किशोरीलाई फोन गरेर काम छ भन्दै जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप पीडित पक्षको छ। अष्टमी मनाउन मामाघर आएकी किशोरीलाई जबरजस्ती करणी…

Read More