Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा यही बैसाख २९ गते विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । परशुराम नगरपालिकाको आयोजना र निर्सग हस्पिटल एण्ड रिर्सच सेन्टर धनगढी कैलालीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । एक दिने स्वास्थ्य शिविरमा फिजिसियन जनरल मेडिसीन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुति रोग, मानशिक रोग, जनरल सर्जरी तथा मुत्र रोग विशेषज्ञ चिकित्सक आउने नगरपालिकाले जनाएको छ । आलिताल र परशुरामका नागरिकको स्वास्थ्य सुरक्षा र समस्यालाई मध्यनजर गरि स्वास्थ्य शिविर आयोजना गर्न लागिएको नगरप्रमुख भरत बडायर जोशीले बताए । उक्त निःशुल्क स्वास्थ्य शिविरमा मुटु, प्रेसर,…

Read More

काठमाडौँ : कांग्रेस संसदीय दलको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।   पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं  संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । गुरुङको बैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदैछ ।   शुक्रबारदेखि सुरु हुने संसद बैठकमा पार्टीको रणनीति तय गर्न कांग्रेसले  बिहीबार दिउँसो २ बजे  नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हालमा बैठक बोलाएको थियो । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार  अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार विहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे तय गरिएको छ ।

Read More

काठमाडौं : ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। जिल्लाको पाथीभरा याङ्बरक गाउँपालिका– ४ डुम्रिसेमा बुधबार विद्यार्थी समेत सवार रहको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। स्थानीय किरण तामाङका छोरा ९ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिए। घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ। ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं : लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले लिने विश्वासको मत अझै अनिश्चित बनेको छ । नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । २१ दिन पुग्दा पनि कुन दिन र कहिले विश्वासको मत दिने भन्ने अझै सुनिश्चित भएको छैन ।वैशाख ६ गते मुख्यमन्त्री सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारीले बझाङ निर्वाचन पछि विश्वासको मत पाउने आश्वासन पाएका थिए तर, अहिले बझाङबाट निर्वाचित दमन भण्डारीले शपथ नलिएसम्म एमालेले विश्वासको मत नदिनेमा उनी विश्वस्त भइसकेका छन् ।यस अघि दुई पटकसम्म मुख्यमन्त्रीले विश्वासको मत लिने तयारीका गरेको प्रयास असफल भएको छ । मुख्यमन्त्रीले कुनै छलफल नगरेको…

Read More

काठमाडौं : कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रसहित आजै प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिए। एमालेका ४० र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहान ११ बजे दाबी पेश गरिने उनले जानकारी दिए। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ। उपेनता रानाका अनुसार मुख्यमन्त्री कार्कीको नियुक्ति र शपथ पनि बिहीबार नै गर्ने तयारी गरिएको छ। आज मुख्यमन्त्री बाहेक एमाले र माओवादीका एक-एक जना मन्त्रीले पनि शपथ ग्रहण गर्ने…

Read More

कंचनपुर : कञ्चनपुरको महाकाली नदीमा ट्याक्टरसहित थुनिएका मजदुर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डीएसपी उमेश जोशीले अहिले पानीको बहाव घटेपछि मजदुरहरू फर्किएको बताए । ‘नदीको बहाव बढेपछि नदीजन्य पदार्थ संकलन लागि गएका १४ ट्याक्टरसहित करिब २८–३० जना मजदुर थुनिएका थिए,’ डीएसपी जोशीले भने, ‘अहिले सबै फर्किन लागिसक्नुभयो ।’ बुधबार साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेकाहरू फसेका थिए । त्यहाँ पनि उनीहरू सुरक्षित छन् भन्ने खबर प्राप्त भएको उनले बताए । फसेकाहरू राति उतै बसे पनि बिहान पानीको बहाव कम भएसँगै फर्किएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

Read More

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। नयाँ सरकार गठनका लागि खापुङले वैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन्। प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न उनले भनेका छन्। सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री कार्कीले मंगलबार राति १२ बजेसम्ममा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेपछि प्रदेश…

Read More

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने कार्यसूची रहेको छ । भोलिदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। यसैकारण सरकारले वैशाख ३ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो। शुक्रबार शुरु हुने अधिवेशनमा पनि आफ्ना माग जोडदार रूपमा उठाउने कांग्रेसले जनाएको छ।

Read More

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा पञ्जाव किंग्सले ११ खेलमा केवल ४ खेल मात्र जितेर ८ अंकसहित आठौँ स्थानमा छ । पञ्जावले यस सिजनमा अहिलेसम्म ७ खेलमा हार बेहोरेको छ ।त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले पनि ११ खेलमा ४ खेल जितेको छ र ७ खेलमा हार बेहोरेको छ ।

Read More