Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीका कारण देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा साथै बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि…

Read More

काठमाडौं : नेपाल प्रहरीका २६ प्रहरी जवान सहायक हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फका प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ र अन्यतर्फका प्रहरी जवानलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम ९४० अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । cn_6767_and_6768_tech_pc_to_ahc_20810126Download

Read More

धनगढी : नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् । सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्। सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् । सूची ! cha_6769_inspDownload

Read More

धनगढी : कैलालीको एक सुधार केन्द्रमा युवकको मृत्यु प्रकरणमा सञ्चालकसहित १७ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएपछि अुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्याल सुखडले जनाएको छ । अरु १५ जना भने सुधार केन्द्रमा राखिएका व्यक्तिहरु हुन् । सुधार केन्द्रले शाहीले भाग्नका लागि एक तले भवनको छतबाट बुधबार राति हाम फालेको दाबी गरिएको छ । मृतकका परिवारले घटना शंकास्पद रहेको जिकिर गरे । शाहीलाई उनका…

Read More

धनगढी : त्रिदेशीय सीमा क्षेत्रमा अनुगमन भ्रमण गर्न पुगेका गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरुसँग व्यास क्षेत्रका स्थानीयबासीले पैदलबाटो सञ्चालनमा ल्याउन माग गरेका छन् । सुरक्षाकर्मीहरुले समेत भारतीय भूमि र बाटो प्रयोग गर्नुपरिरहेको अवस्थाको अन्त्य गर्न उनीहरुको आग्रह छ । हेलिकोप्टरमा आज बिहान छाङरुको गागा पुगेका गृहसचिव एकनारायण अर्यालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग स्थानीयले पैदल बाटोको माग प्रमुखताका साथ उठाएका छन् । तीन वर्षअघि स्थापना गरिएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छाङ्रु र गतवर्षदेखि सञ्चालन गरिएको तिंकर बिओपी तथा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरु निरीक्षण गर्न उच्च सुरक्षा अधिकारीहरु त्यहाँ पुगेका हुन् । आधा…

Read More

धनगढी : कञ्चनपुरका रुसी सेनामा कार्यरत एक सैनिकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बिराजन बिष्टको मृत्यु भएको हो । उनी नेपाली सेनाको जागिर छोडेर रुसी सेनामा गएका थिए । बिष्ट अन्त्यष्टी भोली २७ गते हुने पारिवारिक स्रोतले जनाएको छ ।

Read More

कञ्चनपुर : नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति कञ्चनपुरको प्रथम अधिवेशन पुनर्वासमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका नेता एनपी साउँदले आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको बताए । उनले लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको पूर्व बताए । विभिन्न जाती, भाषा, धर्म र वर्गको मान्छे भएता पनि पूर्वको मेचीदेखि पश्चिमको महाकाली र तराई देखि हिमाल सम्मको सम्पूर्ण व्यक्तिहरुलाई नेपाली कांग्रेसको संगठनले समेटेर लैजाने धारणा राखे । कार्यक्रममा संविधानसभा सदस्य दिवान सिंह बिष्टले कस्तुरीको बिना आफैसँग भएको हुँदा नेपाली कांग्रेसले अरु पार्टीसँग आफ्नो झण्डा मिसाइराख्नु नपर्ने बताए । उनले आदिवासी जनजातीको…

Read More

काठमाडौँ : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुने भएको छ। कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलसँग कानुनी राय लिएर मुख्यमन्त्रीमा दाबी आह्वान गर्न लागेका हुन्। महान्यायाधिवक्ता पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी फैसलालाई आधार मानी कानुनी राय दिइसकेका छन्।  संविधानको धारा १८८ को उपाधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न सकिने महान्यायाधिवक्ताको रायबमोजिम सूचना जारी गर्ने तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ।

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ ठाउँमा पुराना र नयाँ थुप्रै घाउहरु छन्। गोरु चुटेजसरी कुटेर भतिजलाई मारियो। हिजो दिन र राति पनि कुटेछन्। मरेपछि बिहान अस्पताल लगे,’ मृतकका काका पदमबहादुर शाहीले भने, ‘हामीलाई अस्पतालमा मृत्यु भएपछि खबर पायौँ।’ उनका अनुसार सुधार गृहमा रहेका भतिज सुनिलसँग वैशाख १ गते परिवारको कुराकानी…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही महिना ल्याउने भएको छ। नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ। संसदमा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारको नीति तथा कार्यक्रम वैशाख दोस्रो हप्ता नै संकलन गरिसकेको छ। कार्यालयले आगामी आवका लागि तय भएका सबै योजना तथा कार्यक्रम सबै सम्बन्धित निकायबाट संकलन गरेको थियो। सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ।

Read More