Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका नयाँ डीआईजी गणेश चन्दले पदभार ग्रहण गर्दै मातहतलाई निर्देशन दिएका छन्। चन्दले आज (सोमबार) हाजिर भएपछि कमाण्ड सम्हाल्ने क्रममा निर्देशन दिएका हुन्। गत महिनाको २७ गते सरुवा भएका चन्दले मातहत कर्मचारी, जिल्ला प्रहरी कार्यालय एवं अन्य युनिटहरुलाई आवश्यक निर्देशन दिएका छन्। स्रोतका अनुसार पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा चन्दले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिएका थिए। यस्तै उक्त कार्यक्रममा उनले मातहत समेतका प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडितमैत्री सहज र द्रुत प्रहरी सेवा, शुसाशन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र…

Read More

काठमाडौं: धादिङ घर भएर काठमाडौं बस्ने विवादित जानुका उर्फ शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको जानकारी दिए। यस अगाडि उनले नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता महेश बस्नेतसँग नाम जोडेर तथानाम गर्दै आएकी थिइन्। उनले बलात्कार मुद्दा समेत दायर गरेकोमा अदालतले बस्नेतलाई क्लिनचिट दिएको थियो। अहिले फेरि शोभाले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन्। यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको…

Read More

धनगढी: अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दको प्रकरणमा छानबिन प्रतिवेदन बुझाइएको छ। तत्कालीन सुदूरपश्चिमका डीआईजी रविन्द्र केसीद्वारा गठित छानबिन समितिले रिपोर्ट बुझाएको हो। सो रिपोर्टमा असईको गल्ती ठहर गर्दै उनलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। घटनाको छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको डोटी प्रहरीका प्रहरी उपरीक्षक(एसपी) बिनोद शर्माको नेतृत्वमा समिति बनाएको थियो। त्यसपछि समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो। प्रदेश प्रहरी कार्यालय स्रोतकाअनुसार चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसी सरुवा भएपछि राजधानीतर्फ लागेका छन्। उनी कार्यालयमा हिजो गरिएको एक बिदाइ कार्यक्रमपछि राजधानी लागेका हुन्। उनको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्साल, काठमाडौंमा सरुवा भएको थियो। त्यसपछि उनी आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीबाट त्यतातर्फ लागेका हुन्। उनलाई निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले मायाको चिनो दिएर बिदाइ गरेका थिए। यस्तै उनको स्थानमा आएका डीआईजी गणेश चन्दले आजबाट कमाण्ड सम्हालेका छन्। आजै काठमाडौंबाट धनगढी आएका उनले पदभार ग्रहण गर्दै कमाण्ड सम्हालेका हुन्। चन्द सुदूरपश्चिमका स्थानीय बासिन्दासमेत हुन्।हालै डीआईजीमा बढुवा भएका…

Read More

काठमाडौं: कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको छ। अहिले जारी सुदूरपश्चिमविरुद्धको खेलमा पराजयको संघारमा पुगे पनि रनरेटका आधारमा कर्णालीले प्लेअफमा स्थान बनाएको हो। कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं प्रतियोगिताबाट बाहिरियो। सुदुरपश्चिमले १२.२ ओभरमा खेल जितेको भए कर्णाली बाहिरिने थियो र काठमाडौंको ढोका उघ्रिने थियो। तर, सुदुरपश्चिमले लक्ष्य पछ्याउने क्रममा १२.२ ओभर कटेलगत्तै कर्णालीको प्लेअफ स्थान सुरक्षित भएको हो।

Read More

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। साथै उनले २ रनआउट पनि गरे। स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै…

Read More

काठमाडौं: काठमाडौंका पूर्वमेयर, पूर्वमन्त्री पीएल सिंहको निधन भएको छ। परिवार स्रोतका अनुसार पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो। २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए। ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। यसैक्रममा काठमाडौं महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ।

Read More

धनगढी: धनगढीको एक होटेलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका– १३ मोहनपुरमा हर्क कप्टयालले सञ्चालन गरेको मालिका होटेल एण्ड डिडि स्टोरमा आगलगाी भएको हो।  जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागी हुँदा होटेल र पसलभित्र रहेका किराना लगायतका सामान गरी अन्दाजी ३० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं: लामो रस्साकस्सीको बीच नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ। शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय गरेको हो। विधेयकमा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत भएको छ। अब वरिष्ठ हवल्दारसम्मका प्रहरीले १६ वर्षमा तथा असई, सई र वरिष्ठ सईले १८ वर्ष जागिर अवधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाउनेछन्। तर, उनीहरूले पेन्सन भने जागिर सुरु गरेको २० वर्ष अवधि पुगेपछि मात्र पाउनेछन्। तल्लो तहका प्रहरीहरुले लामो समयदेखि यस्तो व्यवस्थाका लागि माग गर्दै आएका थिए। प्रहरी निरीक्षक (इन्सपेक्टर)भन्दा माथिल्लो दर्जाका प्रहरीको…

Read More

काठमाडौं: नेपाल प्रहरीका विवादित प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाशमा गएका छन्। उनी उमेरहदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन्। प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ। ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन्। ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ३ पुग्ने भएको छ। यसअघि डीआईजीहरु दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई एआईजी बढुवाका लागि सिफरिस गरिएको थियो। उनीहरुले एआईजीको दर्ज्यानी चिन्ह लगाउन बाँकी नै छ। सिफारिस स्वीकृत भएर बढुवा भएको अवस्थामा रिक्त डीआईजीको…

Read More