Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको मोहन्याल गाउँपालिका ३ का वडाध्यक्ष नन्दराम गिरीको निधन भएको छ। वडाध्यक्ष गिरीको क्यान्सरका कारण असामायिक निधन भएको उक्त गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए। गिरी डेढ वर्षदेखि क्यान्सरले ग्रसित रहेका थिए। आज (शुक्रवार) उनको उपचारको क्रममा दोदधारा अस्पतालमा निधन भएको हो।

Read More

काठमाडौं: नेपाली सेनाले आफ्ना केही जर्नेलको सरुवा गरेको छ। आइतबारदेखि चार जना उपरथीलाई रक्षा मन्त्रालयको पत्रानुसार तोकिएको कार्यालयको जिम्मेवारी सम्हाल्न भनिएको छ।  सरुवामा पश्चिम पृतना हेडक्वार्टरका उपरथी सन्तोषबल्लभ पौडेललाई नेपाली सैनिक वार कलेज,नगरकोटको शिक्षाधिकृत तोकिएको छ। त्यस्तै मध्य पश्चिम पृतना हेडक्वार्टरका उपरथी सुनिल श्रेष्ठलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरेर सहसंयोजकको जिम्मेवारी दिइएको छ। सोही सचिवालयका उपरथी मधुकरसिंह कार्कीलाई पश्चिम पृतना हेडक्वार्टर,पोखराको पृतनापति र सैनिक वार कलेजका उपरथी हरेन्द्र पाठकलाई मध्य पृतना हेडक्वार्टर,हेटौंडा मा पृतनापति खटाइएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीमा प्राविधिक प्रहरी उपरीक्षकबाट पदोन्नति भएका ५ जनालाई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच आईजीपी वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन्। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा.केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहेका छन्। दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। यस्तै उनीहरूलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। यसैगरी समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य…

Read More

काठमाडौं: नेपाल प्रहरीका २ डीआईजीलाई एआईजीमा बढुवा गर्ने गृहकार्य थालिएको छ। नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दुई दरबन्दी एक साताभित्र रिक्त हुने भएको छ। एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल उमेर हदका कारण अवकाश हुन लागेका हुन्। केदार मंसिर २२ गते र भीमप्रसाद २८ गते अनिवार्य अवकाश हुनेछन्। एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै केदार ढकाल अवकाश हुन लागेका हुन्। ढकालद्वयको अवकाशपछि रिक्त हुने एआईजीमा दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने सरकारको तयारी छ। केदार ढकाललाई एआईजी बनाउनका लागि यसअघि सिंहलाई छुटाइएको थियो। ढकाल अवकाशमा जाने भएकाले उनलाई बढुवा दिन दुर्गा सिंह र कुवेर कडायत अगाडि भए पनि…

Read More

काठमाडौं: पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको आज विवाह हुँदैछ। प्रेमी सायुज्य श्रेष्ठसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।   गायिकासमेत रहेकी स्मिताले दुई साताअघि प्रेमी सार्वजनिक गर्दै नयाँ यात्रा शुभारम्भ गर्न लागेकी बताएकी थिइन्। विवाह समारोह गोकर्णेश्वरस्थित तीन तारे ग्राण्ड नर्लिङ होटल एण्ड रिसोर्टमा हुनेछ। समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु पनि सहभागी हुन लागेको बुझिएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधीमा भ्रष्टाचार सम्बन्धी तीन सय ३५ उजुरी परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि मंसिर २० गतेसम्म तीन सय ३५ उजुरी परेका हुन्। कार्यालयकाअनुसार साउनमा सबैभन्दा धेरै ११४, भदौमा ८३, असोजमा ५१, कार्तिकमा ५९ र मंसिरको २० दिनमा २८ उजुरी परेका छन्। विभिन्न माध्यमबाट प्राप्त ती उजुरीमाथि अख्तियारको महेन्द्रनगर कार्यालयले जाँचबुझ भइरहेको जनाएको छ।

Read More

काठमाडौं: विशेष अदालतले वाइडबडी वाइडबढी विमान खरिदमा भ्रष्टाचार भएको जनाएको छ। अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारीसहित चार जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ। विशेष अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र निगम सञ्चालक समितिका सदस्यद्वय बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको छ। तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायतालाई सफाइ दिएको छ। बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले नेपाली काङ्ग्रेसका नेतासमेत रहेका शाहीलाई सफाइ दिएको हो। अदालतको फैसलामा महाप्रबन्धक कंसाकारलाई २ वर्ष ६ महिना, अध्यक्ष अधिकारीलाई १ वर्ष ९ महिना,…

Read More

काठमाडौं: नेपाल प्रहरीमा एक हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ। जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलेको हो। प्रहरी जवानमा एक हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो। भर्ना फारम बुझाउने म्याद मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ। जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनवारीको दम्पती हत्या घटनामा प्रहरीले डेढ महिनापछि पक्राउ गरेका पुरुषमाथि थप अनुसन्धान थालिएको छ। स्थानीय ५० वर्षीय गंगाराम रानालाई हत्या आरोपमा पक्राउ गर्दै म्याद थप गरेर थप अनुसन्धान थालिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार आरोपितले प्रहरीसमक्षको प्रारम्भिक बयानमा हत्या गरेका स्वीकारेका छन्। सोही अनुरुप बुधबार पक्राउ परेका रानामाथि बिहीबार अदाललबाट १० दिन म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको छ। कार्तिक ८ गते राति विनवारीका ४६ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको हत्या भएको थियो। अर्को दिन बिहान उनीहरुको घरमै शव भेटिएको थियो। विनवारीको संयुक्त घरबाट दम्पती करिब दुई किलोमिटरको…

Read More

धनगढी: कञ्चनपुरकाे लालझाडी गाउँपालिका- १ का ४५ वर्षीय रमेश बडायक दम्पतीकाे हत्या आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ। ९ कार्तिकमा धारिलाे हतियार प्रहार गरि बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरेकाे अवस्थामा घरमै शव भेटिएको थियाे। उनीहरूकाे हत्यामा संलग्न भएकाे पाइएपछि लालझाडी गाउँपालिका-२ बस्ने ५० वर्षीय गंगाराम चौधरी (राना) लाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जाेशीले जानकारी दिए। उनकाअनुसार रानालाई पक्राउ गरेपछि म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीकाे हत्या गरेकाे स्वीकार गरेका छन्। ८ कार्तिककाे राति मदिरा सेवन गरेर बडायककाे नास्ता पसलमा पुगेका रानाले मदिरा नदिएकाे निहुँमा आवेशमा आएर…

Read More