काठमाडौं: इजरायलले प्यालेस्टिनी समूह हमासको बन्धकमा रहेका विपिन जोशी जीवितै रहेको दाबी गरेको छ। नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले कंचनपुर महेन्द्रनगरका जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन्। बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको भेटमा उनले १४ महिनादेखि हमासको बन्धकमा रहेका विपिन छिट्टै काठमाडौं फर्किने बताए। उनले अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना पाएको दाबी गरे। विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिए पक्राउ परेका छन्। गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीका २६ बर्षीय करनसिंह विष्टलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए। उनले नक्कली पिए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिए। साथै उनीमाथि कानुनी कारबाही पनि अघि बढिसकेको उनको भनाई छ।
दार्चुला: दार्चुलास्थित सांग्रिला डेभलपमेन्ट बैंकको शाखामा चोरी गर्ने एक जनालाई पक्राउ गरिएको छ। मंसिर १८ गते राति बैंकमा भएको चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा महाकाली नगरपालिका-४ खलंगाका २३ वर्षीय तुसार लुहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनले महाकाली नगरपालिका-४ खलंगास्थित बैंकको शाखा कार्यालयको झ्याल फोडेर चोरी गरेका थिए। लुहारको घरकोठा खानतलासी गर्दा बैंकबाट चोरी भएको नगद ८५ हजार ५ सय, बैंकको ट्याग भएको कार्टुन र कार्टुन भित्र हेड सिसिटिभि क्यामेरा पनि फेला परेको छ। यस्तै एटीएम कार्ड चार थान, फिक्स डिपोजिट सर्टिफिकेट एकथान र बैंकको स्टोर रुमबाट चोरी भएको एउटा खुकुरी पनि प्रहरीले…
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा आज काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमले दोस्रो जित हात पारेको हो। सुदूरपश्चिमका बलर नरेन साउदले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो। नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने। यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए।
धनगढी: कैलालीमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएर नेपाल सरकारको पर्यटन राज्यमन्त्री बनेका अरुणकुमार चौधरीको योग्यता विवाद फैसला चरणमा प्रवेश गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्वामा सुनुवाइ सकेर आउँदो पुस १७ गते फैसला सुनाउने मिति तोकेको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासले बुधबार सुनुवाइ सकेर निर्णय सुनाउने मिति तोकेको हो। अधिवक्ता वसन्त जोशीले फौजदारी कसुरमा सजाय ठहर भएका चौधरीको सांसद बन्नका लागि योग्यता नपुग्ने भएकाले उनी निर्वाचित भएको भन्ने निर्वाचन आयोगको घोषणा बदर हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। सर्वोच्च अदालतले सांसद चौधरीलाई अयोग्य ठहर गरेमा कैलाली–२…
धनगढी: कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणमा पक्राउ परेका अन्दाजी ५० वर्षीय गङ्गाराम रानामाथि प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ। हिजो (बुधबार) चौधरीलाई पक्राउ गरिएकोमा आज उनीमाथि म्याद थप गर्ने तयारी गरिएको हो। हत्या आरोपितले अभियोग स्वीकार गरेपछि थप अनुसन्धान थालिएको र आज अदालतबाट म्याद थप गरिन लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार १२ बजे राति घटना मदिराका कारण घटेको देखिएको छ। जसबारे थप अनुसन्धान गरिदै छ। सो घटना झण्डै डेढ महिना समय लगाएर प्रहरीले अनुसन्धान गरेपछि केस सुल्झिएको हो। गत महिनाको ८ गते राति घटना घटेकोमा तत्कालै प्रहरीले अनुसन्धान थालेको थियो। उच्च प्रहरी…
धनगढी : दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग्रिला डेभल्पमेन्ट बैँकको शाखामा बुधवार चोरी भएको हो। बैँकबाट ८४ हजार पाँच सय रुपैयाँ, सिसी टिभी क्यामेरा, खुकुरी लगायतका सामान चोरी भएका हुन्। प्रहरीले बैँकमा चोरी गरेको आरोपमा तल्लासैनका २३ वर्षीय तुसार लुहारलाई पक्राउ गरेको छ। प्रहरीले उनीबाट नगद, खुकुरी, काटुन, चोरी गर्दा प्रयोग गरेका कपडा लगायतका सामानसमेत बरामद गरेको छ।
धनगढी: कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरण सुल्झिएको प्रहरीले जनाएको छ। झण्डै डेढ महिना समय लगाएर प्रहरीले अनुसन्धान गरेपछि केस सुल्झिएको हो। गत महिनाको ८ गते राति घटना घटेकोमा तत्कालै प्रहरीले अनुसन्धान थालेको थियो। उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले महिना दिन पछिको अनुसन्धानबाट लालझाडी गाउँपालिका वडा नम्बर २ का गङ्गाराम रानालाई हत्या आरोपमा पक्राउ गरेको छ। हिजो (बुधबार) हत्या आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको र सार्वजनिक गर्ने तयारी गरेको हो। स्रोतका अनुसार उनले हत्या गरेको स्वीकार गरेका छन् भने घटनामा प्रयोग गरिएको हतियारको खोजीमा प्रहरी लागेको छ। घटना मदिराका कारण घटेको र विस्तृत विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस अगाडि…
धनगढी: काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन्। २२ वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताइन्। अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी हुन्। मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताए। सत्र वर्षको उमेरमा बिहे गर्नुभएकी उनले चार वर्ष धेरै सङ्घर्ष गरे। छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन। उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि…
धनगढी: कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१० चुहास्थित भित्रि सडकमा मप ०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र बोहराले जानकारी दिए। मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी बोहराले बताए। बस र बस चालक घोडाघोडी नगरपालिका–२ बस्ने ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।