Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा एक जना मृत फेला परेका छन्। घोडाघोडी नगरपालिका–४ को श्रीराम सामुदायिक वनको ट्याङ्ना खोला किनारमा एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ऐलानी रामपुर निवासी ३२ वर्षीय नरेश रतोकी बुधबार दिउँसो ३ बजे शव अवस्थामा भेटिएका हुन्। घटनाबारे जानकारी पाउनेबित्तिकै सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए। हाल आवश्यक कानुनी प्रक्रिया र पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण हालसम्म स्पष्ट नभए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थल वरपरका स्थानीयसँग सोधपुछसमेत गरिरहेको छ।

Read More

कञ्चनपुरः भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।  भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिए।  उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन्। ‘कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पु¥याई परीक्षण कार्य भइरहेको छ’, जोशीले भने, ‘किटको आपूर्ति थोरै मात्रामा भएकाले आवागमनलाई मध्यनजर गरी प्राथमिकताका आधारमा उपलब्ध गराएका…

Read More

धनगढी: सुदूरपश्चिममा आज वर्षा भएको हो। सुदूरपश्चिमको तराईदेखि पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा सुरु भएको छ। वर्षा सुरु भएपछि खासगरी देशका पश्चिमी जिल्लाहरूमा बाढीको जोखिम बढेको जनाइएको छ। सोही कारण जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले एकपछि अर्को चेतावनी जारी गरिरहेको छ।  यस क्रममा बिहीबार बिहान बाढी महाशाखाले डोटीको पश्चिम सेती, डोटीको दिपायल र डडेलधुराको साहुखर्क र आसपास क्षेत्रमा भारी वर्षा भएकाले त्यहाँका बासिन्दालाई सतर्क रहन सुझाव दिएको छ। बिहीबार बिहान ८:३० बजे चेतानवी जारी गर्दै बाढी महाशाखाले भनेको छ, ‘पछिल्लो १-३ घण्टामा डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेलधुराको साहुखर्क वर्षामापन केन्द्रहरू र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको, सो क्षेत्र…

Read More

धनगढी: कैलालीको धनगढीमा १० जना सम्मानित भएका छन्। नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनमा १० जनालाई सम्मान गरिएको हो। कार्यक्रममा सञ्चारमाध्यमबाट सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार दिनेशबहादुर बिष्टलाई सम्मान गरिएको छ। उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका हुन्। बिष्ट खेलकुद पत्रकार मंच कैलालीका उपाध्यक्ष पनि हुन्। सोही अवसरमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई स्वर्ण जिताउन सफल फुटबल खेलाडी दिपेश खड्का (डेभिट) पनि सम्मानित भएका छन्। उनी अहिले ग्रासरुट फुटबल अभियान चलाइरहेका छन्। क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिबल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कैलाली जिल्ला…

Read More

काठमाडौं: नेपाली सेनाका सहायक रथी युवधिर मानसिंह अधिकारीले राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाएर उनले राजीनामा दिएका हुन्। उनको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत समेत गरिसकेको रक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले बताए। सहायक रथीको चार वर्षे पदावधि पनि पूरा नहुँदै उनले राजीनामा दिएका हुन्। सहायक रथी हुँदा उनी पछिल्लो समय चरक बाहिनीमा कार्यरत थिए। तर उमेर हदका कारण अब बढुवा हुने सम्भावना नभएपछि अधिकारीले पदावधि पूरा नहुँदै राजीनामा दिएका हुन्।

Read More

धनगढी: नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम भए सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित सम्भव हुने बताएका छन्। तर, एकता नहुँदा हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी पनि उनले दिएका छन्। नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताए। यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उनले भने, ‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ। एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ। पार्टीका…

Read More

काठमाडौं: नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा हुने भनिएको बढुवा फेरि पनि विवाद र चलखेलबीच अल्झिएको छ। अहिले योग्य र काबिल अफिसरलाई छाडेर विवादित अधिकृतलाई अगाडि ल्याउने चलखेल सुरु भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। यसअघि सशस्त्र प्रहरीका एआईजी र नेपाल प्रहरीका डीआईजी बढुवामा करोडौंको लेनदेनको चर्चा चलेको थियो। अहिलेको बढुवामा पनि त्यस्तै आर्थिक चलखेल भइरहेको आरोप लागेको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित सचिवालयबाट बढुवामा हस्तक्षेप भइरहेको र स्वकीय सचिव भानु देउवा समेत संलग्न रहेको भनिएको छ। ११ एसएसपी पदका लागि २३ दावेदार जेठ १६ गते ११ एसएसपी डीआईजीमा बढुवा…

Read More

धनगढी: कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित सात जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले उक्त सफलता हात पारेको हो। जसअनुसार ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ स्थित बाँझो घरबाट २१ ग्राम ८२० मिलिग्राम हेरोइन बरामद गरेको हो। यस्तै, ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–५ स्थित गेटाबाट ५ ग्राम १८० मिलिग्राम र वडा प्रहरी कार्यालय धनगढी तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२, कैलालीपुल नजिक सडक खण्डबाट ३८० मिलिग्राम हेरोइन बरामद गरेको हो। जम्मा २७ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित निम्न ७…

Read More

धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना, सोही ठाउँ बस्ने कलीराम चौधरी र दुम्ली चौधरी रहेका छन्। हिजो एक जनामात्र समातिएकोमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए। उनकाअनुसार राहुल रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझमात्रै पक्राउ गरेको थियो। रानाको समूहले चेकजाँचका क्रममा केही दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन्। रानाको समूहले भारतबाट अवैध रूपमा…

Read More

कञ्चनपुर: सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा संक्रमण पुष्टि भएको छ। निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक/एक जनामा संक्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए। जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो। गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका…

Read More