धनगढी: खेलकुद परिषद्, सुदूरपश्चिमका सदस्य सचिव दिपक सिंहले परिषद्सँग बजेट न्यून रहेको बताएका छन्। हिजो (बिहीबार) धनगढीस्थित रंगशालामा आयोजित श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप फुटबल प्रतियोगिताको समापन समारोहमा उनले यस्तो बताएका हुन्। सिंहले परिषद्सँग डेढ करोड पनि बजेट नभएको अवस्थामा जेनतेन प्रतियोगिताहरुदेखि अन्य कार्यक्रम गरिरहेको बताए। यस्तै उनले सुदूरपश्चिममा बजेटका लागि चाकडी गर्नपर्ने अवस्था आएको भएपनी आफूले कसैको चाकडी नगर्ने स्पष्ट पारे। उनले आफूले माग गरेका धेरै कुरा प्राप्त गर्न नसकेको भन्दै अहिले पनि खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको दाबी गरे। यस्तै पछिल्लो राम्रो काम गरेर होइन, चाकडी गरेर बजेट पाउने अवस्था आएको पनि बताए। उनले भने, ‘यहाँ केही…
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउन स्वास्थ्य परीक्षण गर्न थालेको छ । परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’ बनाउन सुरु गरेको हो । त्यसका लागि चिकित्सकसहितका स्वास्थ्यकर्मी खटिएको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए । जोशीका अनुसार मंगलबारदेखि परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’ बनाउन सुरु गरेको हो। त्यसका लागि चिकित्सकसहितका स्वास्थ्यकर्मी खटिएका छन्। विद्यार्थीको स्वास्थ्य स्थितिको मूल्याङ्कन गर्ने, स्वास्थ्य समस्याहरू पहिचान गर्ने, छात्रछात्रामा देखा परेका रोगबारे अभिभावकलाई परिचित गराउने, रोग रोकथामका उपायहरू अपनाउने, आवश्यक उपचार गर्ने उद्येश्यसहित स्वास्थ्य परीक्षण गर्दै विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउने कार्यक्रम परशुराम नगरपालिकाकाले…
बैतडी : बैतडीसहित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा हिजाे दिउँसोदेखि हिमपात भएको हो । राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो । यसैबिच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् । हिमपातपछि चिसो भने ह्वात्तै बढेको छ । बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि गत माघ तेस्रो साता हिमपात भएको थियो ।
कैलाली: कैलालीको धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना बिहीवार साँझ पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट शान्तीनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट १ ग्राम ५५०मिलिग्राम खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं : काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाण्डौ उपत्यकाकासहित पहाडी भेगमा पानी परेको हो। उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हिमपात भएको छ। काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात भएको छ। आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले बताएका छन्। मौसमविद्का अनुसार पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ भने कोशीसहित पहाडी भेगमा आज पनि बदलीको सम्भावना छ। आज दिउँसो कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो दिउँसो काठमाण्डौमा मौसम खराबीका कारण हवाई उडान र अवतरणमा समस्या भएको थियो। पानी पर्न…
डोटी : जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन्। जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो। शिविरको आयोजना गर्नुपूर्व एक हजार तीन सय बिरामी हेर्ने लक्ष्य आयोजकले राखेको थियो । शिविरबाट डोटीमा लामो समयदेखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य नागरिक लाभान्वित भएको जिल्ला अस्पताल डोटीका प्रमुख डा सुजातकुमार मण्डलले बताए। शिविरमा नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रकाश ज्ञवालीसहितको २५ जनाको टोलीले सेवा दिएको थियो। साथै हेन्डसर्जन डा क्याट्रिन हेगनले पनि सेवा दिएका थिए। मेड सोलुशन फाउण्डेसन स्विट्जरल्याण्डको सहयोग तथा…
महेन्द्रनगर : नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण थालेको छ। उक्त ‘सेफ हाउस’ को आज एक कार्यक्रमबीच दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू र श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले संयुक्त रुपमा शिलान्यास गरे। नेपाल–भारत सीमावस्तीका रुपमा रहेको कुतियाकवर बर्सेनि वर्खामा जोगबुढा र महाकाली नदीको बाढीको उच्च जोखिमका रहने गरेकाले उक्त क्षेत्रका बासिन्दाको सहजताका लागि श्रीदल गुल्म भगतपुर ब्यारेकले ‘सेफ हाउस’ निर्माण थालेको गुल्मपति सेनानी ठकुरीले जानकारी दिए। बर्षात्मा बाढी बस्तीमा पस्दा स्थानीय विस्थापित हुनेगरेकाले त्यसको रोकथामका लागि सेनाले दोधारा चादँनी नगरपालिकाको समेत सहयोगमा सेफ हाउस निर्माण कार्य अघि बढाएको नगरप्रमुख लिम्बूले बताए। यसबाट सैनिक र…
धनगढी : नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन आज (शुक्रबार) मतदान सुरू भएको छ । सुखडमा रहेकाे घाेडाघाेडी बहुमुखी क्याम्पसकाे सभाहलमा केहीबेर अघि मतदान सुरू भएकाे हाे। अध्यक्षका प्रत्यासी डेजी पाण्डेले पहिलो मत खसालेका हुन्। याे निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन्। मतदान दिउँसो १ बजेसम्म चल्नेछ। एमालेकाे नेतृत्वका लागि कार्यवाह अध्यक्ष दुर्गाप्रसाद जाेशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन्। ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घाेडाघाेडीकाे सुखडमा नवाैँ अधिवेशनकाे उद्घाटन गरेका थिए। ओलीले नेतृत्वमा सहमति नजुटे भाेलिपल्टै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए तर मंगलबार…
काठमाडौं : सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ। अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए। उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए। पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन्। काठमाडौँ…
काठमाडौं : कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार सूचना प्रकाशन गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो। कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना मागेको छ। सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन्। त्यस्तै प्रशासनतर्फ १ जना र प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ। पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ।…