वीरगन्ज: वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ। वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो। घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए। छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन्। यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी बुधबार हुँदैछ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो। लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको थियो। पहिले अदालत प्रशासनले दरपीठ गरेको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो। भट्टराईको रिटमा गृहमन्त्री लामिछानेसहित महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ। लामिछानेमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग रिटमा गरिएको छ। लामिछाने पदमा रहिरहँदा छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ। रिटमा लामिछानेले विभिन्न सहकारीका बचतकर्ताको रकम गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप लगाइएको छ।…
काठमाडौ : सहकारी अपचलनसम्बन्धी विषयमा विशेष संसदीय समितिमार्फत छानबिन हुने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको मागबमोजिम सातसदस्यीय समिति गठन गर्ने सहमतिसँगै सहकारी प्रकरणको संसदीय छानबिन तय भएको हो । समितिले तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि सुझाव र सिफारिस दिनेछ । मंगलबार कांग्रेस र सत्तासाझेदार दलहरूबीचको सहमतिअनुसार एमाले सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय समिति गठन भएको छ । मंगलबारकै प्रतिनिधिसभा बैठकबाट समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ र सदस्यहरूको नाम अनुमोदन भएको छ । समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिको…
काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। ती भू-भागहरूमा ३ दिन (जेठ १६ गते देखि जेठ १८ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
धनगढी : नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले वृक्षारोपण गर्दै गणतन्त्र दिवस मनाएको छ । आज १७औं गणतन्त्र दिवसको अवसरमा कार्यालय परिसरमा वृक्षारोपण सम्पन्न गरेको हो । वृक्षारोपण कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्टसहित अन्य प्रहरी अधिकृत र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
धनगढी : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) कैलालीको आयोजनामा एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको पाँचौं संस्करण आगामी असार ७ गते हुने भएको छ । वर्ष २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकसहित विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने छ । अवार्ड कार्यक्रममा उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधा समावेश गरिएको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजक…
धनगढी : डडेल्धुरामा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अजयमेरु गाउँपालिका–२ चमडाका ५५ वर्षीय डम्बरसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मंगलबार बेलुकी ५ः५० बजेको समयमा गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई बोहराको घरको माथिल्लो कोठाबाट १ किलो २०० ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो। पक्राउ परेका बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ।
धनगढी : कैलालीको धनगढीस्थित एक दोहोरी साँझमा लफडा भएको घटना प्रहरीमा गएर मिलेको छ। अस्ति शुक्रवार राति धनगढीको चटकपुरस्थित इन्द्रेणी दोहोरी साँझमा लफडा भएकोमा प्रहरीमा गएर कुरो मिलेको हो। मध्यरातमा लफडा भएकोमा धकेलाधकेलमा परेर एक पत्रकारलाई चोटपटक पनि लागेको थियो। तर, घाइते ती पत्रकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा आफूलाई कुटपिट भएको भन्ने उजुरी गएपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरी स्रोतका अनुसार कुटपिट गर्ने दोहोरीका साहुनीकै अन्दाजी २६ वर्षीय छोरा सुशान्त सिंह बिष्टलाई प्रहरीले पक्राउ गर्दै जरिवाना गराएपछि घटनामा मिलापत्र भएको हो। दोहोरी साँझकी साहुनी राधिकाराज लम्साल बिष्टका छोरा शुशान्तविरुद्ध पीडित पत्रकार पक्षबाट प्रहरीमा निवेदनसमेत परेको थियो। निवेदनपछि साहुनीका छोरा…
धनगढी : कञ्चनपुरमा १४० क्युफिट अवैध काठसहित सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले पुर्नवास नगरपालिका-११ को अमरबस्तिबाट काठसहितको अवैध ट्याक्टर बरामद गरेको हो । गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खगेन्द्रबहादुर चन्दकाअनुसार सशस्त्रको टोलीलाई देख्न बित्तिकै ट्याक्टर छाडेर चालक र अन्य दुई जना भागेका थिए । बरामद गरिएको ट्याक्टर र काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय कुण्डाको जिम्मा लगाइएको चन्दले बताए ।
काठमाडौं : जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै एसपी थापालाई पुरस्कृत गरेको हो। प्रदेश प्रमुख डिल्लीराज भट्टले एसपी थापालाई मंगलबार नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरे। शान्ति सुरक्षा तथा विपत् उद्धारको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रदेश सरकारले ‘शान्ति सुरक्षा तथा विपत् उद्धार प्रोत्साहन पुरस्कार’ प्रदान गरेको हो। उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले सो पुरस्कार प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। शान्ति सुरक्षा र विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा…