धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा पर्सि पनि सार्वजनिक बिदा दिइएको छ । मोहन्याल जात्राको अवसरमा फागुन ८ गते पालिकाभर बिदा दिने निर्णय गरिएको बताइएको छ । नगरपालिकाले जारी गरेको सूचनामा सो दिन नगरभित्रका सम्पूर्ण कार्यालय, संघसंस्था तथा शिक्षण संस्था बन्द रहने उल्लेख छ । भनिएको छ, ‘फागुन ८ गते मंगलबारका दिन पर्ने मोहन्याल जाँत (जात्रा)को उपलक्ष्यमा घोडाघोडी नगरपालिकाअन्तर्गतका कार्यालय, संघसंस्था तथा शिक्षण संस्थामा स्थानीय बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ सुदूरपश्चिम प्रदेशको डोटीबाट शुरु भएको यो जात्रा अहिले प्रदेशका अन्य जिल्लामा पनि मनाउने गरिएको छ । वर्षमा दुईपटक एकादशीका दिन मोहन्याल जात्रा…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ गोली चलेको छ । प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको हो । सो पेस्तोलबाट चलेको गोलीले उनकै ‘बडीगार्ड’ घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाका अनुसार, डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो । बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको एआईजी थापाले बताए । उनका अनुसार, घटना अनुसन्धानका निम्ति इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।
धनगढी : नेकपा एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य खडक बम एमालेमा फर्किएका छन् । आइतबार नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन समारोहमा आयोजित सभामा उनि एमाले फर्किएका हुन । बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला लगाएर पार्टी प्रवेश गरेका हुन । उनले एमाले फुटेर कम्युनिष्ट आन्दोलन सफल नहुने भन्दै एमाले फर्किएको बताएका छन् । कार्यक्रममा बम सहित झण्डै तीन ३ दर्जन बढि एमाले प्रबेश गरेका छन् ।
काठमाडौं : एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भयो । नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए । यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।
धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको टिप्पणी गरेका छन् नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका हुन् । ‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन’, उनले भने, ‘हामीले ३९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेका थियौं । कहाँ गए ती अस्पताल ?’ उनले सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको बताए । ‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नुभएको छैन । एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ’, ओलीले भने, ‘७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो…
काठमाडौं : सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दलिएको छ। मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) का नेता तथा कार्यकर्ताहरूले आज अधिकारीलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। उपाध्यक्ष अधिकारीले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा–बढुवालगायतमा अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाएको छ। उनले कर्मचारीको वृत्ति विकासमा विभेद गरेको, आन्तरिक क्रियाकलापमा राजनीति घुसाएको र भाग माग्ने गरेको जनाउँदै मोसो दलिएको अनेरास्ववियू (क्रान्तिकारी) ले बताएको छ।
काठमाडौं: नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्याय भ्रष्टाचार मुद्दामा मुछिएका छन्। सामाजिक सञ्जालमा चर्चित रहेका पूर्व उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा उनीसहित नेपाल सरकारका तीन पूर्वसचिव र अन्य १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ। जसमा पूर्वसचिवहरू सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्र ठाकुर रहेका छन्। ती तीन प्रतिवादी खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्। यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि…
धनगढी : कैलालीको धनगढीमा शिक्षकले कुटपिट गर्दा एक विद्यार्थी घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-१३ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक नरेश भट्टको कुटपिटबाट सोही विद्यालयमा १० कक्षामा अध्ययनरत १६ वर्षीय प्रवीण राना घाइते भएका हुन्। बाटोमा हिँडिरहेका बेला शिक्षकले निर्घात कुटपिट गरेको घाइते प्रवीणकी दिदी सिमाना रानाले बताइन्। ‘गएराति भाइ गाउँबाट घर आउँदै थियो। बाटोमा शिक्षक नरेश भट्ट सरको कुकुर टोक्न आएपछि भाइले कुकुरलाई ढुङ्गाले हान्यो। कुकुरलाई किन हानिस् भनेर सर र उनका भाइ चेतराज भट्ट मिलेर लट्ठीले भाइलाई कुटे’, सिमानाले भनिन्। कुटपिटबाट घाइते प्रवीणलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ। उनको खुट्टा र छातीमा चोट लागेको छ। यता शिक्षक भट्टले भने सामान्य विवाद भएको भन्दै यसलाई ठूलो बनाउन आवश्यक…
काठमाडौँ : मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्। यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ।
काठमाडौंः पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गरेकी छन्। शाहले पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको ७३ औं शुभ जन्मोत्सवको अवसर पारेर रक्तदान गरेकी हुन्। हिजो (शनिबार) रक्तदान कार्यक्रम हिमानी कोषले आयोजना गरेको थियो। हिमानीले सर्वसाधारणका साथ रक्तदान गरेकी हुन्। हिमानी कोषका पदाधिकारीहरु साथै अन्य व्यक्तिहरुको समेत उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा अन्य व्यक्तिहरुबाट पनि रक्तदान गरिएको थियो।