Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भारतको एनएचपीसी र प्रसारण ग्रिड कम्पनीबीच ग्रिड कनेक्सन सम्झौता भएको छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि यो सम्झौता गरिएको हो । सम्झौतामा एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्याय र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । एनएचपीसीले १ हजार ६ सय ८० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बनाउँदै छ । अब प्रसारण गिञ्ड कम्पनीले बनाउने प्रसारण लाइन एनएचपीसीले प्रयोग गर्न पाउने छ । तीन परियोजनामध्ये सेती करिडोर ट्रान्समिसन लाइनमा पश्चिम सेतीको बिजुली जोडिने छ । भारतको एक्जिम बैंकबाट ऋण लिएर बनाइने परियोजनाको लागत २० अर्ब…

Read More

धनगढी : बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ। वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए। दिपकको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।

Read More

काठमाडौं : दुर्गा प्रसाईँको आलोचना गरेको भन्दै एक पूर्व प्रहरी अधिकारीमाथि काठमाडौंमै दिनदहाडै अभद्र व्यवहार गरिएको पाइएको छ । दुर्गा प्रसाईँको अभियानको आलोचना गरेको भन्दै अर्घखाँचीका केपी शर्मा पन्थीलाई प्रसाईँको समूहले पशुपति क्षेत्रमा दिउँसै बाँधेर जुत्ताको माला लगाएर भिडियो बनाएको हो । सामाजिक संजालमा आएको भिडियोमा शर्मालाई केही युवाहरूले अब आइन्दा प्रसाईँको आलोचना नगर्न भन्दै फलामे कुर्सीमा बाँधेर जुत्ताको माला लगाएर भिडियो खिचेको देखिन्छ । फलामे कुर्सीको पछाडि हात बाँधेर जुत्ताको माला लगाएर सम्मान गरिएको भन्दै भिडियो खिचेका युवाहरूले अब देखि प्रसाईँको आलोचना नगर्ने शर्तमा मात्रै ति व्यक्तिलाई छाडेको भिडियोमा देखिन्छ । युवाहरूको समूहले गरेको सो दुर्व्यवहार आफू माथि भएको…

Read More

धनगढी : सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले २७ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष साहित्यका विविध क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाहरूलाई पुरस्कार प्रदान गर्दै आएको साहित्य समाजले यस पटक पनि विविन्न विधामा २७ जनालाई सम्मान गर्न लागेको हो। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले निकट दिनमै विशेष समारोहबीच उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने बताए। यस वर्षको एक लाख ११ हजार १ सय ११ राशीको बद्रीकृष्णा वाङ्मय पुरस्कार, २०८० बैतडीका प्राध्यापक डा. महादेव अवस्थीलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष पाण्डेयले बताए। यसअघि २०७९ सालको बद्रीकृष्णा वाङ्मय पुरस्कार स्रष्टा झमक कुमारी घिमिरेलाई प्रदान गरिएको थियो। त्यसैगरी २०८०…

Read More

काठमाडौं: नेपाल प्रहरीमा बेलाबखत भैरहने दरबन्दी थप र आफ्नालाई च्याप्ने प्रवृत्ति पुरानै हो। विभागिय सरुवा बढुवादेखि दरबन्दी थप्नेसम्ममा आफ्नालाई सहज बनाउने प्रहरीमा अहिले पनि परिपाटी कायमै छ। सोही क्रममा हालै व्यक्ति विशेषका लागि २ दरबन्दी थप गरेको पाइएको छ। डीआईजीको दुई विशेष दरबन्दी थप गरिएको हो। साइबर ब्यूरो र केनाईन महाशाखामा डीआईजीको विशेष दरबन्दी थप गरेर बढुवा गरिएको बताइएको छ। दरबन्दी थपसँगै साइबर ब्यूरोमा नवीन्द्र अर्याल तथा केनाइनमा देउती गुरुङलाई बढुवा गरिएको छ। साइबर अपराध बढेको अवस्थामा साइबर ब्यूरोमा विशेषज्ञ पद आवश्यक भए पनि केनाइन महाशाखामा आवश्यक नै नभएको प्रहरी अधिकारी बताउँछन्। गुरुङलाई जागिर लम्बाउन मात्र यसरी अनावश्यक दरबन्दी थपिएको…

Read More

धनगढी : नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी सम्हालेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्सालबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज सरुवा भएका गिरीले सोमबार प्रतिष्ठानमा हाजिर भई पदभार ग्रहण गरेका हुन । गिरीको स्वागत कार्यक्रममा सम्मान गारदबाट सलामी अर्पण गरिएको थियो । साथै, स्वागत कार्यक्रम पश्चात उनले पद बहालीको अवसरमा वृक्षारोपण समेत गरेका थिए ।

Read More

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । हिक्मतको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् । उक्त रिटमा सुनुवाइ गर्न ९ जेठमा पेशी तोकिएको छ । कांग्रेसले मुद्दा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समूहको टोलीले धनगढी उपमहानगरपालिका–१४ को बी गाउँबाट सुपप्र०१००१०प१९३५ नम्बरको चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भजनी नगरपालिका–२ बस्ने २२ वर्षीय रवि चौधरी र २० वर्षीय रोहित चौधरी रहेका छन् । उनीहरुले प्रयोग गर्दै आएको सुपप्र ०१००९ प ९९३३ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: सत्ता समीकरण एवं गठबन्धनबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बाहिरिने चर्चा सुरु भएको छ। चर्चामात्र होइन, नेकपा एसकै केन्द्रीय नेताहरूले गठबन्धन छोड्ने तयारी भैसकेको बताएका छन्। नेकपा एसका एक केन्द्रीय सदस्यले आफूहरु सत्ता गठबन्धनबाट बाहिरिने मुडमा रहेको बताए। उनका अनुसार सोही अनुरुप पार्टीभित्र थप छलफल चलिरहेको छ। उसो त उपेन्द्र यादवको तत्कालीन जसपा नेपाल फुटेपछि नेकपा एस बाहिर रहँदा पनि प्रचण्ड सरकारलाई बहुमत पुग्छ। पार्टी फुटसँगै उपेन्द्र यादवले भने सरकार छाडिसकेका छन्। उनीसँगै माधव नेपालले पनि सरकार छोड्ने तयारी गरेका हुन्। केन्द्रमा एमाले, माओवादी, रास्वपा, फुटेको जसपा र नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ। यसैक्रममा सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन…

Read More