काठमाडौं – निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । निलम्बित गभर्नर अधिकारीले आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको मागसमेत गरेका छन् । मंगलबार उनको रिटमाथि अन्तरिम आदेश जारी भएको खण्डमा उनी पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रूपमा काम गर्न पाउनेछन् । तर, अन्तरिम आदेश नदिई र कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा भने उनी निलम्बनमै रहनेछन् । सर्वोच्चले अन्तरिम आदेश प्रयोजनका लागि छलफलको मिति तोकेर बोलाउन पनि सक्नेछ । बैंकिङ प्रणालीको सूचना चुहाएको लगायतको आरोप लगाउँदै सरकारले गत चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरेको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – आजको साढे ११ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेलाई सारिएको छ । बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने जनाइएको छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
काठमाठौं – नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो। चुनावी तालमेलबारे छलफल गर्न सो बैठक बसेको जनाइएको छ । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको थियो। सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।
काठमाठौं – नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो। चुनावी तालमेलबारे छलफल गर्न सो बैठक बसेको जनाइएको छ । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको थियो। सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।
काठमाडौं – केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेको छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हो । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएको छ । पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका विषयमा तथ्यांक संकलन हुनेभएको छ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिने छ । कृषि गणनाका लागि पाँच हजार २ सय गणक र एक…
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कर्णाली – सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन् । कूल खसेको एक हजार ८२४ मतमध्ये कँडेलले ९११ र खड्काले ८६३ मत प्राप्त गरे । सङ्घमा कँडेल निवर्तमान महासचिव र खड्का वरिष्ठ उपाध्यक्ष थिए । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा पे्रमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा तारा रावत विजयी भएकी छन् । त्यस्तै महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी भए। सदस्यमा कृति शाक्य, लक्ष्मीकुमारी शर्मा,…
विराटनगर – विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ । उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिए । आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए । आगो नियन्त्रणका क्रममा कार्यालय तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा…
काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ। पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन्। अघिल्लो दिन थपिनेको संख्या १ हजार १ सय ५० थियो । यसले कोरोनाको चौथो लहर फैलिने संकेत गरेको छ । संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । उत्तर प्रदेशका केही सहरमा मास्क पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ। भारतमा गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो। स्थिति सामान्य भएको दुई महिना नबित्दै फेरि संक्रमितको संख्या ह्वात्तै बढेको छ। दिल्ली,…
पोखरा – नेकपा माओवादी केन्द्रले पोखरामहानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो । मेयरका लागि यसअघि कांग्रेसलाई सघाएर उम्मेद्वारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ । यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजीत गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिए । त्रिपाठी अहिले अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन् । ‘गबठन्धनसँग छलफल भैरहको…