काठमाडौं– भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ।
पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन्। अघिल्लो दिन थपिनेको संख्या १ हजार १ सय ५० थियो ।
यसले कोरोनाको चौथो लहर फैलिने संकेत गरेको छ । संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । उत्तर प्रदेशका केही सहरमा मास्क पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ।
भारतमा गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो। स्थिति सामान्य भएको दुई महिना नबित्दै फेरि संक्रमितको संख्या ह्वात्तै बढेको छ।
दिल्ली, हरियाणा, उत्तर प्रदेश, केरला, महाराष्ट्र र मिजोरममा संक्रमितको संख्या तीव्र रूपमा बढ्न थालेको छ। भारतमा संक्रमित बढेपछि त्यसको असर नेपालमा पनि पर्छ ।
Facebook Comments Box