धरान: करिब ८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
Author: महेन्द्रनगर पोष्ट
डोटी : डोटीको जोरायल गाउँपालिकाले पन्ध्र दिनभित्र छाउगोठ हटाउन अल्टिमेटम दिएको छ। पालिकाभित्रका विभिन्न ठाउँबाट छाउगोठ र बालविवाह भैरहेको बारे जनगुनासा आइरहेका हुँदा गाउँपालिकाले ६ वटै वडा कार्यालयलाई आवश्यक पहल गर्न भन्दै आइतबार उक्त अल्टिमेटमसहितको पत्र काटेको हो। उक्त अवधिभित्र छाउगोठ नहटाए गाउँपालिकाले आवश्यक कारबाही गर्ने जोरायल गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत गणेशदत्त भट्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। गाउँपालिकाभित्र विभिन्न समुदायमा छाउगोठ हटाउन र बालविवाह रोक्न गाउँपालिकासँगै विभिन्न संघसस्थाले छलफल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको र समुदायले पनि प्रतिबद्धतासहित सहमती जनाएको भए पनि कार्यान्वयन नगरेकाले जोरायल गाउँपालिकाले यस्तो कदम चालेको भट्ट बताउँछन्।
काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ स्थानीय तहसँग आन्तरिक रोजगार विवरण मागेको छ। मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै गत आर्थिक वर्षमा सिर्जना गरिएको आन्तरिक रोजगारीको विवरण माग गरेको हो। श्रम मन्त्री शरद सिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिले आगामी आर्थिक वर्षदेखि ‘आन्तरिक रोजगार प्रवद्धन दशक’ का रुपमा अभियान चलाउने निर्णय समेत गरेको छ। स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकिकृत एकिकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार बनाई रोजगार प्रवद्धन गर्ने निकायलाई पूर्ण जिम्मेवार बनाउने लक्ष्य मन्त्रालयको छ।
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–७ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। लामो समयदेखी वडा सचिव पंजिका अधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै स्थानीय राजनीतिक दलहरूले तालाबन्दी गरेका हुन्। चार ओटा राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सार्वजनिक सूचना टाँस गर्दै वडा सचिव र प्राविधिकको व्यवस्था नभएसम्मका लागि तालाबन्दी जारी राख्ने उल्लेख गरिएको छ।
काठमाडौं : नेपाली कांग्रेसकी नेत्री द्रौपदा शर्मा पोखरेलको निधन भएको छ। १०२ वर्षीया पोखरेलको मंगलबार बिहान ४ बजे सामाखुसी, रानीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ। उनी २००७ सालको क्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन्। कांग्रेसमा लागेर उनी तत्कालीन समयमा केन्द्रीय सदस्य समेत बनेकी थिइन्। २०१८ सालको आन्दोलनताका उनलाई तत्कालीन पञ्चायत सरकारले गिरफ्तार गरेको थियो । उनलाई पोखरा हिरासतमा लगिएको थियो। उनी गोवर्द्धन शर्मा स्मृति ट्रस्टको अध्यक्ष र संरक्षक समेत थिइन्। आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोखरेलले जानकारी दिए। संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास…
काठमाडौं : यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपरान्ह ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ। निर्वाचन आयोगले निष्पक्षता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गएराति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ। यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल,…
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको १३९० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । एमाले मङ्सिर १४ बाट पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म विज्ञ समूहसहित पदयात्रा गरेको थियो । पदयात्राका क्रममा आएका माग, देखिएका समस्यालाई वर्गीकरण गरेर सरकारलाई ७५१ वटा माग बुझाएको हो ।
कैलाली : सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै छ। प्रदेशसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बैठक आह्वान गरिएको हो। प्रदेशसभाको बैठकमा आज विपद व्यवस्थापन सम्बन्धी बनेको ऐन २०७५ संशोधनका लागि टेबल हुने कार्यसूची रहेको छ। यो ऐन प्रदेश सरकारले तेस्रो पटक संशोधन गरिन लागेको हो। संघीय सरकारको ऐनसँग बाँझिएको भन्दै सो ऐन संशोधन गरिन लागेको आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बताए।
काठमाडौं : भायानेटले ‘बाइ वान गिफ्ट वान फ्री’ योजना सार्वजनिक गरेको छ । भायानेट कम्युनिकेसन लिमिटेड नेपालमा फाइबर इन्टरनेट,आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्थाले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको पहिलो ‘बाइ वान गिफ्ट वान फ्री’ (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्वजनिक गरेको हाे। कम्पनीका अनुसार यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन्। यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५…