Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम स्थाई घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षामा उत्तीर्ण भएका ९ जनाले यसपाली पनि छात्रबृत्तीमा एमविविएस अध्ययन गर्न पाउने भएका छन्।  सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कार्तिकको १३ गतेभीत्र आवेदन आह्वान गरेको छ। राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सामाजिक विकास मन्त्रालयले आवदेश आह्वान गरेको हो। यस छात्रबृत्तीका लागि सुदूरपश्चिमका ९ जिल्लाका स्थाई बासिन्दाले मात्र आवेदन गर्न पाउने प्रावधान छ। सुदूरपश्चिमका अस्पतालहरुमा चिकित्सकहरु आउन नमान्ने र सधैं जसो चिकित्सकको अभाव हुने भएकाले प्रदेश सरकारले २०७६ साल देखि हरेक वर्ष ९ जनालाई एमविविएसमा छात्रबृत्ती दिदै आएको छ। यसै वर्षदेखि ३ जनालाई एमडि अध्ययनका लागि…

Read More

धनगढी: नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित भएका छन्। धनगढीमा भएको सातौं महाधिवेशनबाट उनी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वााचित भएका हुन्। निर्वाचित रानाका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश रानाले १० मत प्राप्त गरे। अध्यक्षमा सात जनाको उम्मेदवारी परेको थियो । यसैगरी, उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना, भजना राना निर्वाचित भएका छन्। कोषाध्यक्षमा चन्द्रकिरण राना र सदस्यहरुमा अम्लेस राना, गोदावरी राना, दानसिंह राना, रमित राना, लालमणि राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित भएका छन्। कैलाली, कञ्चनपुरमा रानाथारु समुदायको बसोबास छ। महाधिवेशनमा सर्वसम्मतका साथ नयाँ कार्यसमिति चयनको प्रयास भए पनि सहमति हुन नसकेपछि निर्वाचन…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा ३० वटा प्रदेश ऐन संशोधन गरेको छ। ऐन कार्यान्वयनका क्रममा देखिएका कठिनाइ सहज बनाउन र बनेका ऐनलाई थप परिष्कृत गर्न धेरैजसो ऐन संशोधन गरिएको हो। प्रदेश सभाको पहिलो कार्यकालमा ६७ र दोस्रो कार्यकालको हालसम्म आठ वटा गरी जम्मा ७५ वटा ऐन बनेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।  बनेका ऐनमध्ये ४५ वटा मूल ऐन र बाँकी सबै संशोधन ऐन रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। यसबाहेक एउटा अध्यादेश जारी भएको छ। चालु आर्थिक वर्षको बजेट पास हुन नसकेको बेला राजस्व सङ्कलनका लागि सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश–२०८१ जारी गरिएको थियो। …

Read More

धनगढी: कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-१ गोदाम टोलबाट सोही ठाउँ बस्ने २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्ट खैरो हेरोइनसहित पक्राउ परेका हुन्। दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइनसहित शनिवार फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।यस्तै, धनगढी उपमहानगरपालिका-२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरा चरेशसहित पक्राउ परेकी छन्। बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश)सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारि शनिवार नियन्त्रणमा लिएको जनाएको छ। यस्तै, लागूऔषध र वन मुद्दामा फरार रहेका…

Read More

डडेल्धुरा: २५ असोजमा बैतडीको पञ्चेश्वर गाउँपालिका-२ को महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो। जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए। बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो। उनीमाथि डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार, ती किशोरी २५ असोजको बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन्। ‘एका बिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन्।’  सोही दिन दिउँसो हवल्दार…

Read More

हेटौंडा: मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको छ। पीडित महिलाले १ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन्। ३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९ र २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएकी छन्। प्रहरीले श्रीमानलाई १ कात्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ। आरोपित दुई युवा भने फरार रहेका छन्।डीएसपी…

Read More

पोखरा: सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिने भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र अदालत पेस गरिने भएको हो। उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ। म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ। जिल्ला अदालत कास्कीले शुुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई शनिबार बिहान करिब पौने तीन…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री एवम् सांसद रवि लामिछाने हिजो रातिदेखि प्रहरी हिरासतमा छन्। काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर राति नै उनलाई पोखरा लगिएको थियो। सहकारी ठगी र संगठित अपराधको आरोपमा थप अनुसन्धान गर्न लागिएका रविको समर्थनमा उनका नेता तथा कार्यकर्ताले आज दिनभर प्रदर्शन गरेका छन्। उपसभापतिलगायत अधिकांश पदाधिकारीहरु आज दिउँसोसम्म पोखरा पुगेको अवस्था छ।  दिउँसो चिप्लेढुंगामा आयोजित विरोध सभामा सहप्रवक्ता मनिष झाले आफूहरु शहीद बन्न तयार रहेको बताएका थिए। झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि सभापतिसँगै आफूहरु पनि मर्न तयार रहेको दाबी गरेको बेला केही महिला सांसद भने सेल्फी खिच्दै मुस्कुराइरहेका थिए। सेल्फी खिच्न सांसद…

Read More

काठमाडौं: ट्राफिक नियम उल्लंघन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लंघन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ। सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य…

Read More

धनगढी: पूर्व सशस्त्र प्रहरीले परशुराम नगरपालिकामा रहेको सब डिभिजन वन कार्यालय जोगबुढाको मोटरसाइकल जलाइदिएका छन्। हिजो (शुक्रबार) परशुराम नगरपालिका-५ परिगाउँमा पार्किङ गरेको अवस्थामा राखिएको मोटरसाइकल सोही ठाउँका पूर्व सशस्त्र प्रहरी धनबहादुर चन्दले जलाइदिएका हुन्। चन्दले रक्सी खाएर मोटरसाइकल जलाएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक सुरज रोकायाले जानकारी दिए। उनले भने, ´उनको परिवारबाट बुझ्दा रक्सी खाएर जलाएको खुलेको छ। बाइक ध्वस्त छ।` सब डिभिजनमा कार्यरत कर्मचारी इश्वरी बोहरा र सुरेश खातीले उक्त  सुपप्र ००४-००१ ब ००१९ नम्बरको मोटरसाइकल परिगाउँ लगेर गएकाे बुझिएको छ। रोकायाका अनुसार मोटरसाइकल परिगाउँमा रहेको चन्दको घरमा राखेर उनीहरू वडा नम्बर ३ को सिमल्टामा फिल्ड भिजिट गएका थिए। सोही…

Read More