Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीमा एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ। आज (आइतबार) जिल्लाको सिगास गाउँपालिका-५ की अन्दाजी २४ वर्षीया चन्द्रा कुमारी धामीको भीरबाट लडेर मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार स्थानीय घर नजिकैको खल्लीगडान भन्ने भीरबाट लडेर उनको मृत्यु भएको हो। उनी घर लिप्ने माटो लिन भीरमा गएकी थिइन्। धामी सोही पालिकाको सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन्।

Read More

धनगढी : प्रदेश सभाको बझाङ–१ (१) को मतगणनामा एमालेको अग्रता कायमै राखेको छ । जिल्लामा कांग्रेसको गड मानिएको खप्तड छान्ना गाउँपालिकामा पनि एमाले अगाडी छ । छविसपाथिभेरा/ थलारा वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका भरिकाे अन्तिम मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले ३ हजार ७४८ मतसहित अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा नेपाली काङ्ग्रेसका अभिषेकबहादुर सिंह ३ हजार १८२ मतसहित पछ्यारहेका छन । यस्तै माओवादीका जनक बुढा २ हजार ६ मतसहित तेस्रो स्थानमा छन भने समाजवादीका दिलबहादुर सिंहले १ हजार १४० मत प्राप्त गरेका छन ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलाली कार्यरत तीन प्रहरीको बढुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार उनीहरूको बढुवा भएको हो। कार्यालयमा कार्यरत खेमराज पन्त प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका छन्। यस्तै संचारतर्फको प्राविधिकमा कार्यरत प्रहरी हवल्दार करनबहादुर बम वरिष्ठ हवल्दार र सहायक हवल्दार रामदत्त बडु प्रहरी हवल्दारमा बढुवा भएका हुन्। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले उनीहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। साथै अवकाश प्राप्त प्रहरी नायव निरीक्षक दल बहादुर झुकाललाई मायाको चिनो प्रदान गरि बिदाई गरिएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत उकिल बहादुर बम र लक्ष्मण सिंह चैसिरको बढुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार उनीहरूको बढुवा भएको हो। संचारतर्फको प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट उकिल बहादुर बमको प्रहरी निरीक्षक पदमा र जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा लक्ष्मण सिंह चैसिरको बढुवा भएको हो। यस्तै दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक शिबबहादुर सिंहले उनीहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। उनीहरू निकट भविष्यमै अनिवार्य अवकाशमा जाने भएकाले उनीहरूलाई बढुवा गरिएको हो।

Read More

धनगढी : प्रदेश सभाको बझाङ–१ (१) को मतगणनामा एमालेको अग्रता कायमै रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ। छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको चार वटा वडाको मतगणना सकिएको छ। जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ। एमालेका दमनबहादुर भण्डारीले २ हजार ८८८ मतसहित अग्रता बनाइरहेका छन्। दोस्रो स्थानमा माओवादी केन्द्र फेरि तेस्रो स्थानमा झरेको छ। माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ७८१ मत रहेको छ भने नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार २२८९ मत रहेको छ। एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९८७ मत ल्याएका छन्। यहाँ…

Read More

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा मुछिएका भाइरल पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। आइतबार विशेष अदालतमा उपस्थित भएका उनलाई अदालतले न्यून धरौटी मागेको हो। उनीविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि मुद्दा दायर गरेको थियो। खानेपानी मन्त्रालयको सचिव हुँदा उपाध्याय सो भ्रष्टाचारमा मुछिएका थिए।

Read More

डडेल्धुरा : नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) तिलकप्रसाद कलाैनीको बढुवा भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत कलाैनीको इन्सपेक्टरमा बढुवा भएको हो। उनी जिप्रका डडेल्धुराको सञ्चार शाखामा कार्यरत थिए। आज (आइतबार) प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले उनलाई बधाई तथा शुभकामनासहित दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। बैतडी घर भएका उनी निकट भविष्यमै  अनिवार्य अवकाशमा जादैछन्।

Read More

काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले जिम्मेवारी सम्हालेका छन्। आज (आइतबार) रजौरेले काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालेका हुन्। एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गरेको बताइएको छ। काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनको दाबी छ। रजौरे उनै विवादित प्रहरी अधिकारी हुन्, जसमाथि धनुषा प्रहरीको प्रमुख (एसपी) हुँदा कारबाही भएको थियो। आर्थिक अनुशासन कायम नराखेकोमा उनले कारबाही भोगेका थिए।

Read More

धनगढी: बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा मतगणना जारी छ। पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता फराकिलो पार्दै जाँदा काँग्रेसका अभिषेक सिंह तेस्रो स्थानमा झरेका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाबाट गणना भएकोमा शुरुबाटै अग्रता लिइरहेका भण्डारीले १८०६ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा १२७४ मतसहित दोस्रो छन्। तेस्रो स्थानमा रहेका काँग्रेसका सिंहले ११२८ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार ७२१ मतसहित चौथो स्थानमा छन्। यहाँ अन्य उम्मेदवार भने प्रतिस्पर्धामा देखिएका छैनन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More

काठमाडौं: नेपाल प्रहरीका एआईजी दीपक थापाद्वारा डिआईजी दुर्गा सिंह चन्दको बिदाई गरिएको छ। काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल सरकार, गृह मन्त्रालयको निर्णयानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्की, प्रमुखको रुपमा सरुवा भई कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लागेकी डीआईजी चन्दको बिदाई गरिएको हो। आइतबार बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उनलाई कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न शुभकामना दिए। साथै संगठनको हितमा काम गर्नसमेत थापाले निर्देशन दिए। हालै डीआइजी चन्दको गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। र, यो पनि: गण्डकी प्रदेश प्रहरीको हाकिममा चन्द

Read More