धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ स्थित खक्रौला सडक खण्डबाट नेटराभेट १० लेखेको अवैध लागुऔषध १४ ट्याबलेटसहित टीकापुर नगरपालिका–८ बस्ने ३० वर्षीय अजय साँउद बिहीवार साँझ पक्राउ परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Author: महेन्द्रनगर पोष्ट
गड्डाचौकी: कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापाले चर्चाका लागि स्टन्ट गर्दा जिल्लाको शान्ति सुरक्षा नै खल्बलिएको छ। सन्की स्वभावका एसपी थापाले सीमा नाकामा फिल्मी शैलीमा भारतीय गाडीहरु कब्जामा लिएपछि तनाव उत्पन्न भएको हो। थापा र उनका मातहतका प्रहरी अधिकृतका एकपछि अर्को गर्दै बेथिति र कार्यालयभित्रका कमजोरीमा महेन्द्रनगरपोष्टले निरन्तर खबरदारी गर्दै आएको अवस्थामा ती सबै गतिविधि डाइभर्ट गर्न एसपी थापाले सीमामा स्टन्ट गरेको व्यवसायीहरुले बताएका छन्। अस्तीमात्र एसपी थापाको ठाडो निर्देशनमा गड्डाचौकी नाकाबाट भारतीय नम्बर प्लेटका सवारी साधनहरु नियन्त्रणमा लिइएको थियो। पहिले ट्राफिक प्रहरीले चेकजाँच गरेर कागजात नभएकाहरूलाई मात्रै नियन्त्रणमा लिने गरेको थियो। तर अस्ति भने प्रहरीले पार्किङ गरेर राखिएका र…
धनगढी : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहिवार साँझ धनगढी उपमहानगरपालिका-१८ “ई” गाँउस्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल ठोक्किदा चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौं : नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को लागि माग पद संख्या थप गरेको छ । प्रहरी प्रधान कार्यालयको भर्ना शाखाका अनुसार यसअघि कार्तिक ३ गते माग गरिएको २६० असईमा थप १०५ जनाको संख्या थप गरी जम्मा ३६५ जनाको पद संख्या कायम गरिएको हो ।
कैलाली : कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट ७५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाँउका २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। यस्तै बर्दगोरिया गाउँपालिका– १ झगडपुरबाट १ ग्राम ६५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २८ वर्षीय अनिल विक र २७ वर्षीय सन्तोष विकलाई पनि बिहीवार प्रहरीले पक्राउ गरेको हो। तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं : नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयले विभिन्न पदका लागि करारमा आवेदन माग गरेको छ । पूर्णकालिन, ज्यालादारी र फ्ल्याट बेसिसमा भर्ना गर्ने गरि सेनाले यही फागुन ११ गतेसम्म आवेदन दिनसक्ने गरि विभिन्न पदका लागि ११९ जनाका लागि आवेदन माग गरेको हो ।
काठमाडौं : नेपाल प्रहरीले २ हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो। जस अन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको छ । ४३ जनाले आवेदन दिएकामध्ये समितले १४ जनालाई अल्पसूचीमा राखेको हो । अल्पसूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदीलाई सर्ट लिस्टमा राखेको छ । त्यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनिया र नारायणप्रसाद बेलवासे रहेका छन् । त्यसैगरी प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि अल्पसूचीमा परेका छन् । उनीहरुमध्येबाट अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई सिफारिस गर्नेछ । प्रधानमन्त्री…
धनगढी : सूचनाकाे हकका लागि सुदूरपश्चिम प्रथम प्रदेश महाधिवेशन हुने भएकाे छ। सूचनाकाे हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिले महाधिवेशन गर्न लागेकाे हाे। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ भादामा शुक्रबार र शनिबार महाधिवेशन हुने भएकाे आयाेजकले जनाएकाे छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथी रहने सूचनाकाे हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष श्रवण देउवाले बताए । सुदूरपश्चिमका प्रदेशका सचिव तथा कार्यालयहरुका सूचना अधिकारी हरुसँग पनि छलफल गरिने उनले बताए ।