Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ । यसलाई अस्वस्थ मानिन्छ । दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ । त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ । शीर्ष १० स्थानमा क्रमशः इन्डोनेसियाको मेदान, थाइल्याण्डको चियाङ माई, इराकको बगदाद, बंगलादेशको ढाका, भारतको नयाँ दिल्ली, इन्डोनेसियाको जकार्ता र म्यानमारको यानगोन रहेका छन् ।

Read More

काठमाण्डौ :  इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । मतदान अहिले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ । निर्वाचन आयोगले मतदानमा सहभागी हुन सम्बन्धित क्षेत्रका मतदातासँग अपिल गरेको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगकाअनुसार चुनावलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको छ । आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित…

Read More

काठमाडौं : नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ । १६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल,  युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारण बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा  आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ |   गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-१ आनन्दपुरका दुई किशोर बेपत्ता भएका छन । सालिभान बोहराका कान्छा छोरा १७ वर्षका सुरज बोहरा र सोहि ठाउँ बस्ने धौले बोहराका १६ वर्षका जेठा छोरा पुष्कर बोहरा बेपत्ता भएका हुन । बेपत्ता किशोर यहि बैसाख ११ गते मंगलबार साँझ करिब ६ बजेतिर घरमा कोहि नभएको मौका पारेर घरबाट बेपत्ता भएका र खोजिकार्य गर्दा कहिँ कतै पनि नभेटिएको आफन्तले जानकारी दिए । बेपत्ता बालकलाई कोहिकसैले देखे भेटेमा नजिकैको प्रहरी कार्यलय वा ९७४९८०३६७८ मा सम्पर्क गरिदिन घरपरिवारले आग्रह गरेका छन् ।

Read More

काठमाडौं : नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह तर्फका उनीहरु प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् । प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ । साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । https://drive.google.com/file/d/18bYSzHgV5OGWB5VZTdHJn8HdWMZy8hNw/view

Read More

धनगढी : बझाङमा भोली हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनको बिषयलाई लिएर एकिकृत समाजवादी दुई धारमा विभाजित भएको छ । समाजवादीमा एमालेलाई सहयोग गर्ने र नगर्ने भन्ने बिषयमा दुई धारमा विभाजित भएको हो । वैशाख १५ (भोली) हुने उपनिर्वाचनमा एकपक्षले एमालेलाई सहयोग गर्ने आन्तरिक सहमति गरेको छ भने अर्को पक्ष त्यसको विरुद्धमा देखीएको छ । स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी पक्षले एमालेलाई मतदान गर्ने सहमति गरेको छ । निर्वाचनमा मत विभाजन हुदाँ एमाले समाजवादी दुवैले हार्ने र तेस्रो पक्षले जित्ने आकलन गरेपछि जोशी पक्षले एमालेलाई सर्मथन गर्ने सहमति गरेको स्रोतको दाबि छ । बझाङको उपनिर्वाचन सुदूरपश्चिम प्रदेश…

Read More

काठमाडौं : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो ।​​ संरक्षक चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो । तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्‍यो । आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश…

Read More

धनगढी : नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि बझाङले ऐन महरले भ्रम फैलाएको भन्दै विज्ञप्ती जारी गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य महरले सामाजिक सञ्जालमा बझाङमा एकिकृत समाजवादीलाई धन्यवाद ! सहमति सहकार्य र एकता ! भन्दै पोस्ट गरेपछि समाजवादीले विज्ञप्ती जारी गरेको हो । जिल्ला कमिटि सचिव लक्ष्मीप्रसाद जोशीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । महरले समाजवादी जित सुनिश्चित देखेपछि हडबडाएर मतदातालाई भ्रमित बनाउन सामाजिक सञ्जालमा लेखीएको स्टाटस झुट्टा र गलत भएको कारण हाम्रो पार्टी खण्डनका साथै घोर भत्र्सना गर्दछौ । साथै आफ्ना कार्यकर्ताहरुलाई चुनावी मैदानमा डटिरहन् समेत निर्देशन दिएको छ ।

Read More

धनगढी : निर्वाचन आयोगले उपनिर्वाचनमा मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघिका निर्वाचनमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास जारी भएका गाडीहरु मात्र सञ्चालन गर्न दिइन्थ्यो । तर, यसपटक भने मतदाताको सुविधाका लागि मतदाता ओसारपसार नगर्नेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको छ । आयोगले मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । त्यो समेतका आधारमा मतदानको दिन सवारीसाधन सञ्चालन गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइने जनाइएको छ । आयोगका अनुसार उपनिर्वाचनको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको…

Read More