Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: गृहमन्त्रीका कारण एक युवकले विष सेवन गरेको पाइएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कमेन्ट गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि युवकले विष सेवन गरेका हुन्। जाजरकोटका गणेशमान सिंह ठकुरीलाई गृहमन्त्री लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमाप्रहरीले केरकार गर्दा उनले नेपाल प्रहरीको साइबर ब्यूरोको ढोकामै ‘औषधी’ सेवन गरेका हुन्। आफूले गृहमन्त्री लामिछानेका विरुद्धमा एक फेसबुक पेजमा गरेको कमेन्टकै आधारमा साइबर ब्यूरोले टर्चर दिँदा ब्यूरोकै गेटमा ‘औषधी’ सेवन गरेको भन्दै उनले दिएको अभिव्यक्तिको भिडियो पनि सार्वजनिक भएको छ। उक्त भिडियोमा आफूले लामिछानेको विरुद्धमा अभिव्यक्ति दिएकै भरमा साइबर ब्यूरोले हजारौं प्रश्न सोधेर ६/७ वर्ष सम्म जेल हाल्ने चेतावनी दिँदै सहकारी ठगेको प्रमाण के छ…

Read More

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्।अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन्। त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुस्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाए। उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए। यस्तै उनीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिनातयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका ‘बजेटको आकार ठूलो नबनाउनुस् । जे पजि गर्छु भन्ने टाइपका नल्याउनुस्’, निवर्तमान अर्थमन्त्री…

Read More

काठमाडौँ : भारतीय भन्सारले पाँच दिन अघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ वटा ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । रोकिएका सबै ट्रक आज छाडिए, उहाँले भन्नुभयो, अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन । भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन्

Read More

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ। विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए। सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ। एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ। मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। आज राति कोशी,…

Read More

काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । गएराति भएको खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । गुजरातका साइ सुदर्शनले ६५ रन बनाए । यस्तै डेभिड मिलरले ५५ रन जोडे । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । उसका कप्तान ऋषभ पन्तले ८८ रन बनाए भने अक्षर पटेलले ६६ रन जोडे । जारी आइपीएलमा समान ९ खेलमा ८ अङ्कसहित दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् ।…

Read More

काठमाडौँ : वैशाख १५ गते हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ ।  इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार मध्यरातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत…

Read More

तेज बोहरा/धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा लागुऔषधका दुर्व्यसनी र कारोबारी बर्सेनि बढ्दो पाइएको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएको पुष्टि गरेको हो। भारतसँगको खुला सीमा रहेको कैलालीको धनगढीमा लागुऔषध कारोबारी र प्रयोगकर्ता समात्न प्रहरीलाई हम्मेहम्मे हुने गरेको छ। दिनहुुँ पक्राउ गर्दा जिल्ला प्रहरी र वडा प्रहरीको हिरासत कक्ष लागुऔषध कारोबारी र प्रयोगकर्ताले भरिभराउँ हुने गरेका छन्। धनगढीबाट छोटो दुरीमा रहेको भारतीय बजारहरु वनगाउँ र पलियाबाट लागुऔषध कारोबारीले दैनिक ठुलो परिमाणमा प्रहरीको आँखा छलेर लागुऔषध भित्र्याउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वर्सेनि दोब्बर तेब्बर संख्यामा कारोबारी…

Read More

काठमाडौं : भारतीय भन्सारले पाँच दिनदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खुला गरेको छ। गत शुक्रबार काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए। चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मंगलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए। रोकिएका सबै ट्रक आज छाडिए, उनले भने, अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन। पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताए। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीट्याङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक…

Read More

धनगढी : धनगढीमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेका छन्। दिनहुँ मोटरसाइकल चोरीका घटना बढिरहेको प्रहरीको भनाई छ। यसैक्रममा प्रहरीले एक समूहलाई चोरीको आरोपमा समातेको छ। आज (बुधबार) कैलाली प्रहरीले धनगढीबाट मोटरसाइकल चोर्ने दुई जनालाई सार्वजनिक गरेको छ। यसरी पक्राउ पर्नेमा कञ्चनपुरको वेददकोट नगरपालिका वडा नम्बर–२ बसन्थलाका १८ वर्षीय सन्देश खत्री र सोही ठाउँका १८ वर्षीय लोकेश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार उनीहरुले चोरेका ३ मोटरसाइकल पनि उनीहरूबाट बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ फाप्ला नजिकबाट मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको बोहराले बताए। उनीहरूले धनगढीको बसपार्क, धनगढी उपमहानगरपालिका ३…

Read More