धनगढी : राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले जानकारी दिए । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको छ । नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता बिधा तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो । प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरेका थिए । पत्रकारिताका माध्यमबाट सुदूर पश्चिमको पर्यटन क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल युवा परिषदद्धारा तपाईलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गर्न पाउदा हामी गौरवान्वित भएका छौ, आगामि दिनमा सुदूर पश्चिम प्रदेशलाई…
काठमाडौं : ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासुपसलेले सडकछेउमा रोपेको रूखको हाँगा काटेबापत पाँच हजार जरिवाना तिराएको छ । रूखको हाँगा काटेर खसीलाई खुवाएको भेटिएपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए । महानगरले भर्खरै मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ ।
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले आजै बेलुकासम्म फैसला आउनेछ। २०८० साल १२ महिना २५ गते प्रारम्भिक सुनुवाइ भएको सो मुद्दामा वैशाख ७ गते सर्वोच्चले अन्य आदेश जारी गरेको थियो। वैशाख १४ गते सो मुद्दामा मिसिल झिकाउन आदेश भएको थियो। त्यसपछि वैशाख १८ र २४ गते हेर्न नभ्याइने सूचीमा राखिएको मुद्दामा आज अन्तिम सुनुवाइ भएको हो। त्यसअघि चैत्र २५ गते सर्वोच्चले नागरिक उन्मुक्तिको अध्यक्षमा चौधरीलाई मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो।…
काठमाडौं: आजदेखि चारधाम यात्रा सुरु भएको छ। शुभ साइत हेरेर आजबाट चारधाम यात्रा सुरु भएको हो। जसका लागि आज (शुक्रवार) बाट उत्तराखण्डस्थित केदारनाथ धाम, यमोनत्री र गङ्गोत्रीका ढोका खोलिएका छन्। यस्तै बद्रीनाथको ढोका भने पर्सिसम्ममा खुल्ने जनाइएको छ। गडवाल क्षेत्रका चारधाम धार्मिक महत्वका इतिहास हुन्। आजदेखि चारधाम यात्रा सुरु भएकोमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पहिलो पुजा एवं दर्शन गरेका छन्। धामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नाममा केदारनाथ धाम पुगेर पहिलो पुजा गरेका हुन्।
काठमाडौं : काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक युवकको शव फेला परेको छ। पाँचखाल नगरपालिका- ४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चा जंगलको एकान्त स्थलमा हत्या गरेर जलाएको अवस्थामा झण्डै २५ वर्षका युवकको शव फेला परेको हो। शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना अनुसन्धानको लागि कुकुर पनि लगिएको छ। शवको पहिचान हुन सकेको छैन। शवको प्रकृति हेर्दा झण्डै २५ वर्ष जति उमेरको पुरुषको भएको अनुमान गरिएको छ। युवकलाई मुख र छात्तीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको जस्तो देखिने प्रहरीले जनाएको छ। ती युवकको २०/२५ दिनअघि नै हत्या भएको…
काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत उत्पादनमूलकतर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । गत वैशाख ९ देखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो । दोस्रो चरणको सीप परीक्षाका लागि छनोट भएका ६ हजार ३२१ मध्येमा ५ हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार दोस्रो चरणका लागि छनोट भएका ६ हजार ३२१ मध्ये ४९८ जना फेल भएका छन् । ७० जना परीक्षामै उपस्थित भएका थिएनन् । गत फागुन ७ देखि चैत २४ गतेसम्म लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।…
धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नयाँ प्रमुखमा प्रहरी निरीक्षक गंगा बहादुर सारु आउने भएका छन् । यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो । तर बुधबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गर्दै कैलाली ट्राफिकको प्रमुखमा सारुलाई पठाएका हुन् । इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा कार्यरत थिए । अब उनी केही दिनपछि कैलाली ट्राफिकको कमाण्ड सम्हाल्न आउने छन् ।
काठमाडौं : नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलाई संसदमा आफ्नो भनाइ राख्न दिने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलकाे बैठकले सो निर्णय गरेको हो । कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दे सदन अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए । कांग्रेस वैठकले लामिछानेलाई रास्वपा सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरको एक नेताले बताए । संसदको बजेट अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आजको प्रतिनिधिसभा वैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्वोधन गर्ने भनिएको थियो । रविसँगै अन्य शीर्ष नेताहरुलाई पनि बोल्न…
काठमाडौं । नेपालीलाई भिजिट भिसामा केन्या पुर्याएर बन्धक बनाउने गिरोहका तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कार्यालय स्रोतका अनुसार, १० जनाभन्दा बढी नेपालीलाई महिनौँसम्म बन्धक बनाइएको खुलेको छ । मानव तस्कर समूहले पाँच करोड रुपैयाँ असुली गरेपछि भने उनीहरूलाई छाडेको पाइएको छ ।