काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराए । उनको प्रस्तावकमा देवी ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहेका छन् । नेकपा एमालेबाट भरतपुरका मेयर उम्मेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका नेकपा (एमाले) का तर्फबाट केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् । सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’ यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छिन् ।
काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्ति वाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डङ्गोलले सभा गृहमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ मेयरको निर्वाचनमा उठेका थिए । यसका साथै उनी पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा…
झापा – नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ । जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा आज निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ । पार्टीले प्रमुखमा विर्तामोड नगरपालिकामा भोजराज सिटौला, भद्रपुरमा गणेश पोखरेल, शिवसताक्षीमा पर्शुराम ढुङ्गाना, गौरादहमा रोहित शाह, कनकाई नगरपालिकामा रुद्र चिमरिया, मेचीनगरबाट इन्द्रकुमार बुढाथोकी र अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्कीलाई उम्मेद्वार चयन गरिएको नेपाली कांग्रेसका प्रदेश सचिव कृष्ण हुमागाईंले बताए। सबै पालिका उपप्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ । माओवादीले हालसम्म…
काठमाडौं – काठमाडौंको कपनमा गएराति श्रीमानले आगो लगाएर आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रहरीले श्रीमतीको हत्या आरोपमा बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित आकाशे धारा नजिक डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका प्रवीण चौधरीलाई पक्राउ गरेको छ । ४२ वर्षीय प्रविनले श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अस्मिता सुतिरहेको अवस्थामा शरिरमा तारपिन तेल खन्याएर प्रविनले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । स्थानीयले घाइते अवस्थामा फेला पारेर अस्मितालाई उपचारको लागि शुष्मा मेमोरियल अस्पताल साँखुमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको छ ।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारी एवं विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रपति भण्डारीले सातौँ भूकम्प स्मृति दिवसका अवसरमा आज जारी गरेको सन्देशमा विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पु¥याउन सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको अह्म भूमिका रहेकाले यस विषयमा सम्बद्ध सबैको ध्यान जानुपर्ने बताइन् । सन्देशमा सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्विक एवं ऐतिहासिक सम्पदा, सरकारी तथा सार्वजनिक भवन, शैक्षिक, स्वास्थ्य संस्थाका भवन, निजी आवास, सडक, पुललगायतका भौतिक संरचनाको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत…
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएका छन् । जसपाको बैठकले अमरेन्द्रको नाममा निर्णय लिएको हो । अमरेन्द्र जसपा विराटनगर महानगरपालिकाको कार्यसमितिमा छन् । उनी केही वर्षयता राजनीतिक सक्रिय रहेका छन् । विराटनगरको मेयरमा नागेश कोइराला काँग्रेसबाट उम्मेदवार बन्ने निर्णय भइसकेको छ ।
काठमाडौं – कांग्रेस नेतृ सिर्जना सिंहले आज काठमाडौं महानगरको मेयरका लागि मनोनयन दर्ता गर्दैछिन् । मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन्। सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टुगो लगाएको हो । मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठ पनि जानेछन् । उनी नेकपा (एकीकृत समाजवादी)का हुन् ।
काठमाडौं – नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राति अबेरसम्म बसेको बैठकले यो निर्णय गरेको हो । कांग्रेस नगर सभापति रहेका उनलाई दोस्रो पटक मेयरको टिकट दिइएको हो । उनी यसअघि २०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरी मेयरको उम्मेदवार बनेका थिए । तर, एमाले उम्मेदवार शिवराज सुवेदीसँग करिब २४ सय मतान्तरले पाण्डे पराजित भएका थिए । यसपाली पनि मेयरको टिकटका लागि बुटवल नगर कमिटीले उनको नाम सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए । एमालेले भने बुटवलमा…
ललितपुर – नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै फेरि उम्मेदवार भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् । मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो ।