अछाम : अछाममा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो। घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : “तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या । यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो । यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको हो । चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ अर्थात् १६५ वर्षअघि लेखेको ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ बाट लिइएको अनुच्छेद हो यो । उनले संखुवासभाको चैनपुरमा रहँदा यो पुस्तक लेखेका थिए । चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थलाई छपाइ गरी शनिबार सार्वजनिक गरिएको छ । श्रेष्ठ परिवार…
बैतडी : बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा प्रेम सिंह धामी मृत फेला परेका हुन्। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय धामी शनिवार दिउँसो मृत फेला परेका प्रहरीले जनाएको छ। उनी सिदुर खोलाको बिचमा फेला परेका प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
अछाम : ६ महिनाको अवधिमा अछामका स्थानीय तहहरुका विरुद्धमा ८१ उजुरी दर्ता भएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा भ्रष्टचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो। शनिबार जिल्लाको साँफेबगरमा आयोगको कञ्चनपुर कार्यालयले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय कार्यक्रममा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा परेको उजुरीको तथ्यांक प्रस्तुत गरिएको थियो। आयोगका अनुसार गत आर्थिक वर्षमा १०७ र चालु आर्थिक वर्षको ६ महिनामा ८१ वटा उजुरी परेको छ। अख्तियारमा परेको उजुरी मध्ये ५२ वटाको फर्छ्योट भएको छ। १३६ उजुरी अनुसन्धानका क्रममा रहेको अख्तियार कञ्चनपुर कार्यालयका लेखा अधिकृत बसन्तबहादुर शाहीले बताए। उजुरीमध्ये कमलबजार नगरपालिकाको ४३, मंगलेसन…
काठमाडौं : सशस्त्र प्रहरीका एसपी कमलचन्द्र गैरे मुख्यालय तानिएका छन्। उनीमाथि राशनमा आर्थिक अनियमिता गरेको आरोप छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण तनहुँका गणपति गैरेले अधिक (७० प्रतिशत) कर्मचारी बिदा छोडेका बताइएको छ। स्रोतका अनुसार बिदा छोड्ने मात्र होइन उनले आफू अवकाश जान लागेकाले गणमा कमसल खाना खुवाएको आरोपसमेत छ। ‘गणमा कार्यरत कर्मचारीप्रति उदासिन रहने, मातहतको पिर मर्का नबुझ्ने र राशनमा मात्र गिद्धे नजर लगाउने काम भयो’, गणमा कार्यरत एक अधिकृतले भने। उनी यही माघमा अनिवार्य अवकाश भइ घर जाँदै छन्।
काठमाडौँ : हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
काठमाडौं । हामीले प्रयोग गरिरहेकाे स्मार्टफाेन कहिलेकाहीं हराएको वा कतै छुटेको हुन सक्छ । कतिपय अवस्थामा फोन कसैले चोरी गरेको हुन्छ । त्यस्तोमा तत्कालै फोन फेला पार्न गुगलले १० वर्षअघि अर्थात् २०१३ मा ‘फाइन्ड माई डिभाइस’ (Find my device) एप र फिचर सार्वजनिक गरेको थियो । त्यसपछि परिमार्जन हुँदै आएको यो एपले आजका दिनमा हराएको डिभाइस अफलाइन भए पनि त्यसको लोकेसन पत्ता लगाउन सक्ने गुगलको दाबी छ । गुगलले प्रायः सबै प्रयोगकर्ताको लोकेसनको पछिल्लो डेटा इन्ड-टु-इन्ड इन्क्रिप्सनका रूपमा भण्डारण गरेको हुन्छ । त्यसैलाई आधार मानी अफलाइन हुँदा पनि डिभाइस कहाँ छ भन्ने थाहा दिने कम्पनीको भनाइ छ । गुगलको यो एपमार्फत…
काठमाडौं । आइसिसी यू-१९ विश्वकप अघिको पहिलो औपचारिक वार्मअप खेलमा स्कटल्यान्डमाथि नेपालले शानदार जित निकालेको छ । दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको हो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ११४ रनमै समेटिएको थियो । नेपालले यसअघि भएको अनौपचारिक खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले पराजित गरेको थियो । नेपालले दोस्रो औपचारिक वेस्ट इन्डिजसँग मङ्गलवार खेल्नेछ ।
धनगढी : नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्नका लागि रेशम चौधरीले आफ्नै पार्टीका नेताहरूलाई नै ढाँटेको खुलेको छ । कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भइसकेका व्यक्ति पार्टीको अध्यक्ष बन्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न महाधिवेशनमा उठेको थियो । तर चौधरीले आफूले निर्वाचन आयोगसँग परामर्श गरेर नै अध्यक्षको उम्मेदवारी दिएको जानकारी नेताहरुलाई दिएका थिए । तर निर्वाचन आयोगले भने यस बारेमा चौधरीले कुनै प्रकारको परामर्श नलिएको स्पष्ट पारेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नागरिक उन्मुक्ति पार्टीले कुनै प्रकारको परामर्श नलिएको बताए । केही दिन पहिले यही विषयमा निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठसँग कुरा गर्दा उनले पनि निर्वाचन आयोगसँग परामर्श गरेर नै…
धनगढी : अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–९ पहलवान झुलंगे पुल नजिकैबाट ५ ग्राम ६६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका १ सुखड बस्ने २६ बर्षीय प्रसान्त चौधरी र भजनी नगरपालिका ४ बस्ने २७ बर्षीया अभिशेख चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।