काठमाडौं : सशस्त्र प्रहरीका एसपी कमलचन्द्र गैरे मुख्यालय तानिएका छन्। उनीमाथि राशनमा आर्थिक अनियमिता गरेको आरोप छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण तनहुँका गणपति गैरेले अधिक (७० प्रतिशत) कर्मचारी बिदा छोडेका बताइएको छ।
स्रोतका अनुसार बिदा छोड्ने मात्र होइन उनले आफू अवकाश जान लागेकाले गणमा कमसल खाना खुवाएको आरोपसमेत छ। ‘गणमा कार्यरत कर्मचारीप्रति उदासिन रहने, मातहतको पिर मर्का नबुझ्ने र राशनमा मात्र गिद्धे नजर लगाउने काम भयो’, गणमा कार्यरत एक अधिकृतले भने। उनी यही माघमा अनिवार्य अवकाश भइ घर जाँदै छन्।
Facebook Comments Box