बैतड: बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने उनले बताए। राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो। प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ। कार्यालयका अनुसार सबैलाई संगै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाली सेनामा अधिकृत पदहरुका लागि भर्ना खुलेको छ। प्राड/प्राविधिक/विविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान भएको होम।। प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा ८८ जनाका लागि भर्ना खुलेको छ। यसैगरी मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ। समाचार सम्पादक/बाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ। दरखास्त पेस गर्ने मिति आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ।
कैलाली : कैलालीको टीकापुरबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। हिजो (बिहीवार) दिउँसो टीकापुर नगरपालिका–७ सत्तीबाट सोहि नगरपालिकाको वडा नम्बर–८ बटनपुरका २८ वर्षीय बिजय बुढा, २५ वर्षीय विशाल साउद र २४ वर्षीय निशान्त साउद पक्राउ परेका छन्। उनीहरु १ ग्राम ३५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। यस्तै सोहि नगरपालिका–१ सामुदायिक चोकबाट लम्कीचुहा नगरपालिका–४ का २८ वर्षीय गणेश थापा र १० नम्बर वडाका २४ वर्षीय प्रतुस वडलाई ७७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।
कैलालीः टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपीडी सेवा सुरु गरेको छ। यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ। कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपीडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ। अस्पतालले जेष्ठ नागरिकहरूका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ। हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन्। अस्पतालले मृगौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ।
काठमाडौं: अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँबाट एक जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–१ का २८ वर्षीेय रमेश न्यौपाने बिहीवार काठमाडौँमा पक्राउ परेका हुन्। न्यौपानेले अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए। न्यौपानेलाई बिहीवार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले बताए।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा फ्लाइ दुबईबाट बिहीबार राति काठमाडौं उत्रिएका गोरखाका चन्द्र घले हुन्। सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ।
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
धनगढी: नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह-इन्चार्ज तोकेको छ। आज (बिहीबार) विशेष सर्कुलर जारी गर्दै इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी तोकिएको हो। जस अन्तरगत सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी डडेल्धुराका भरत मल्लले पाएका छन् भने सह-इन्चार्जको जिम्मेवारी अछामका भरत शाह र कैलालीका सुरेन्द्र शाहीले पाएका छन्। सुदूरपश्चिममा युवाहरू माझ निकै लोकप्रिय रहेका शाह पार्टी जिल्ला कमिटी सदस्य पनि हुन्। शाह सामाजिक सेवा मार्फत पनि चर्चामा छन्। शाहले कोरोना कहरमा पनि सुदूरपश्चिम फाउन्डेसनमार्फत सेवा प्रदान गरेका थिए।
डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाका एक विद्यालयका प्रधानाध्यापकले वन अतिक्रमण गरि बनाएको अवैध टहरा सामुदायिक वनले हटाएको छ। जिल्लाको अमरगढी नगरपालिका-२ माैरडास्थित बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह धामीले अमरगढी नगरपालिका-६ स्थित कालापत्थर सामुदायिक वनमा बनाएको टहरा हटाइएको हो। धामीले कालापत्थर सामुदायिक वनमा अनुमति बिना टहरा बनाएका थिए। उनले आफ्ना सहोदर भाइसँग मिलेर मदिराको व्यापार पनि गर्ने गरेका थिए। टहरा हटाउन पटक-पटक धामीलाई आग्रह गरेको भएपनि उनले अटेरी गर्दै आएका थिए। स्थानीय जीतराज भट्टले टहरा हटाउनुको सट्टा धामीले अटेरी गरि मदिरा लाइसेन्स लिएर मदिरा बिक्री गर्न सुरु गरेका थिए। यसअघि पनि सामुदायिक वनको बैठक बसेर टहरा हटाउने निर्णय गरिएको र धामीलाई…
काठमाडौँ : दुई उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले लेखापरीक्षण सेवातर्फ एक जना र इन्जिनियरिङ सेवातर्फ एक गरेर दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । लेखापरीक्षण सेवातर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा उपसचिव पशुपतिकुमार काफ्ले र इन्जिनियरिङ सेवातर्फका उपसचिव माधवजंग कार्की सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका हुन् । लेखापरीक्षतर्फ एक जना सहसचिवका लागि एक जनाको मात्रै योग्यता पुगेकाले एउटा मात्रै आवेदन परेको भने इन्जिनियरिङतर्फ चार जनाको आवेदन परेको थियो । चार जनामा दोस्रो नम्बरमा भीमार्जुन पाण्डे, तेस्रो नम्बरमा महेश्वर घिमिरे र चौथो नम्बरमा पुष्करप्रसाद पोखरेल रहेका छन् ।