Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङमा सय बर्ष कटेका दुई जना जेष्ठ नागरिकले उपनिर्वाचनमा मतदान गरेका छन । जिल्लाको खप्तड छान्ना गाउँपालिका-३ मेल्तडिकी १०१ बर्षिया वृद्धा शंकमति देबि पाध्याले मतदान गरेकी छिन । यस्तै अर्की १०६ वर्षीया महिलाले पनि बिहान मतदान गरेकी थिइन्। सोही ठाउँकी मन्दरि देबि रावलले पनि मतदान गरेकी छन । उनीहरुले घरदेखि लौरो टेकेर एक घन्टा पैदल यात्रा गर्दै मतदान केन्द्र आएका थिए । उत्साहका साथ मतदान केन्द्र पुगेका थिए । 

Read More

धनगढीः बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचनअन्तर्गत मतदान जारी छ। बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म हुने बताइएको छ। मतदान केन्द्रहरूको सुरक्षाको निम्ति नेपाली सेनाको हवाई गस्तीको प्रबन्ध पनि मिलाइएको छ। बझाङका २३ वटा मतदान केन्द्र अति संवेदनशील मानिएको छ। साइपाल गाउँपालिकाको काँडा, धुली र न्युना केन्द्रको मतपेटिका हेलिकोप्टर मार्फत् संकलन गरिने जानकारी दिइएको छ। बझाङमा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बझाङमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More

धनगढी: कञ्चनपुरमा रेष्टुरेन्ट सञ्चालकसहित पक्राउ परेका ११ जना जुवाडे धरौटीमा छुटेका छन्। जिल्लाको भीमदत्त नगरपालिका—६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालिका रेष्टुरेन्टबाट पक्राउ परेका सिंहसहितका ११ जना जुवाडे धरौटीमा छुटेका हुन्। हिजो उनीहरू जिल्ला प्रशासन कार्यालयमा ५/५ हजार धरौटी बुझाएर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेशराज जोशीले महेन्द्रनगरपोष्टलाई बताए। अस्ति प्रहरीले नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी समेत रहेका भीमदत्त नगरपालिका-६ घर भएका सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलका पुत्र निरज रावलसहितलाई जुवाखालबाट समातेको थियो। रावलको प्रदेश प्रहरी कार्यालय हेटौडा दरबन्दी रही काजमा महेन्द्रनगरको गड्डाचौकी हेर्नेगरी खटाइएका थिए। उनै रावलसहित…

Read More

धनगढी : बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा मतदातामा मतदान गर्ने उत्साह कम देखिएको छ । विहान १० बजेसम्मको मतदानको अवस्थालाई आधार मान्दा सो क्षेत्रमा ३३ प्रतिशत मत खस्न सक्ने अनुमान छ । विहान १० बजेसम्म ७।५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा विहान १० बजेसम्म चार हजार ६३२ मतदाताले मतदान गरेका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका वडानम्बर–५ स्थित खप्तड उच्चमाविमा एक हजार ८०० मतदाता रहेकोमा २५० बढीले मात्र मतदान गरेको एमाले नेता लोकेन्द्रबहादुर सिंहले बताए । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोेक० बाट निर्वाचन पर्यवेक्षणमा रहेका अभयराज जोशीले मतदानमा जनताको…

Read More

काठमाडौं : नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह तर्फका उनीहरु प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् । प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ । साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

Read More

धनगढी : विवादमा अल्झिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीले आफ्नी जेठी पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेको जनाएका छन्। फेसबुकमार्फत उनले यस्तो जनाएका हुन्। उनले पार्टीका महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार चलाउन आग्रह गरेको बताए। यस्तै रेशमलालले श्रेष्ठसहितको भेटघाटबारे जानकारी दिदै आफूहरूले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरेका छन्। यस्तै उनकी पत्नीसमेत रहेकी श्रेष्ठले पनि आफूहरूबीच कुनै समस्या नरहेको जिकिर गर्दै आएकी छन्। जबकी उनीहरूबीच पहिल्यैदेखि विवाद हुँदै आएकोमा सो विवाद अहिले सर्वोच्च अदालतमा समेत पुगेको छ। सर्वोच्च अदालतले चौधरीले दायर गरेको रिटमा मिसिल…

Read More

बझाङ प्रदेश सभा सदस्य क्षेत्र नं. १ को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान सात बजेदेखि ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिए । मुख्य प्रतिस्प्रधी मानिएका एमाले र कांग्रेसका उम्मेदवारले आआफ्नो केन्द्रमा गएर मतदान गरेका छन् । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले छबिस पाथिभेरा गाउँपालिका(१ को जनप्रिय माबि ‘क’ मतदान केन्द्रमा गएर मतदान गरेका छन् । त्यस्तै कांग्रेसका उम्मेदवार अभिषेक सिंहले जयपृथ्वी नगरपालिका(५ लुयाँटा माबि डिलवगर केन्द्रमा मतदान गरेका छन् । निर्वाचन क्षेत्रमा रहेका ३० हजार १९९ महिला र ३१ हजार ५४९ पुरुष मतदाता गरि कुल ६१ हजार ७४८ जनाले मतदान…

Read More

इलाम : इलाम २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ । मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । क्याम्पसकै होस्टेलमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो । प्रहरीका अनुसार यो समूहले यो काम २ घण्टासम्म सञ्चालन गरेको पाइएको छ । मतदान केन्द्रभित्रै २ घण्टासम्म सो…

Read More

काठमाण्डौ : निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पैसा भुक्तानी गर्दा वा पैसा लिँदा निःशुल्क चल्ने वाईफाईबाट असुरक्षित हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो । वित्तीय कारोबार गर्दा संस्थागत वा व्यक्तिगत दर्ता भएका सुरक्षित इन्टरनेट प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सार्वजनिक ठाउँमा चल्ने इन्टरनेटको माध्यमबाट डिजिटल रुपमा वित्तीय कारोबार गर्दा अरुले ओटीपी, पासवर्ड, बैंक अकाउन्ट नम्बर, पिन कोड, रिसिभिङ टोकन जस्ता विवरण प्राप्त गर्ने सक्ने जोखिम हुन सक्छ । शपिङ मल, होटेल, एयरपोर्ट, रेस्टुरेन्ट, कफी शप, सार्वजनिक यातायात आदि ठाउँमा हुने आधिकारिक वाईफाईको नाम पहिचान गरी वाईफाईसँग दिइएको पासवर्ड…

Read More

काठमाडौँ : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोसी नदिमा डुबेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। आज (वैशाख १४ गते) धरान उपमहानगरपालिका–३ बस्ने २३ वर्षीय रविन परियार र झापा जिल्लाको गौरादह गाउँपालिका–३ बस्ने २१ वर्षीय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदीमा डुबेका थिए । सो बारे जानकारी पाउनासाथै सुरक्षा वेश चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले उनीहरुको मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो। उनीहरुको अवस्था भने सामान्य रहेको छ सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Read More