Author: महेन्द्रनगर पोष्ट

कैलाली: १३ वर्षअघि इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका छन्। आफ्नै क्षमताले काम गर्न रुचाउने उनी एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित बन्न सफल भएका हुन्। उनले २०६८ सालदेखि टीकापुरमा अनुपमा कङ्क्रिट ब्लक उद्योग सञ्चालन गर्दै आएका छन्। अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने दबाबकाबिच थापाले भने आर्थिक उन्नतिको सपना व्यवसाय गरेर मात्रै पूरा गर्न सकिने बताए।  विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी गर्न सकिने उनले बताए। विदेशमा गएर अरुको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सृजना गरेर अरुलाई स्वरोजगार बनाउन पाउँदा उनी उत्साहित छन्। उसो त जागिर खान पनि थापालाई समस्या थिएन। लोकसेवा…

Read More

धनगढी: गृहमन्त्री रमेश लेखकले पछिल्लो समय सुदूरपश्चिमसहित विभिन्न क्षेत्रका भारतीय सीमा नाकाबाट लागूऔषध ओरापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन गरेका छन्। मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो भनेका हुन्। यस्तै अर्को सन्दर्भमा लेखकले प्रहरी समायोजन ऐन चाँडै आउने बताएका छन्। समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको मन्त्री लेखकले बताए। प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन पनि दिएका छन्। गोष्ठीमा सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति…

Read More

धनगढीः धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। कैलालीको धनगढीमा मंगलबार बिहानदेखि गोष्ठी सुरु भएको हो। गोष्ठीको एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्। गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नौं वटै जिल्लाको सुरक्षा अवस्थाबारे जिल्लागत रुपमा छलफल हुने बताए। गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमको सयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो। अहिले पनि प्रदेशस्तरीय सुरक्षा गोष्ठी जारी छ। गोष्ठीमा सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्। अहिले गोष्टिको बन्दशत्र जारी छ। बन्दशत्रमा प्रदेशका जिल्लाहरुको सुरक्षाबारे छलफल हुने छ। हिजो…

Read More

डोटीः डोटीमा युवक मृत्युको विषयलाई लिएर सडक बन्द गरिएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा युवकका आफन्तले सडक अवरुद्ध पारेका हुन्। जिपले मोटरसाइकललाइ ठक्कर दिँदा शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो। सो जिप भरत सिंहले चलाएका थिए। चालक अहिले प्रहरी नियन्त्रणमा छन्। सोही विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गर्दै आएका छन्। घाइते साउँदको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो। उनीहरुले जिप चालकलाई कारवाही र क्षतिपुर्तीको माग गर्दै सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख…

Read More

धनगढी: नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी र तीनवटा सुरक्षा निकायका प्रमुखहरुको टोली धनगढी पुगेको छ। सोमबार बेलुका टोली धनगढी पुगेको हो। सो टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेत छन्। कैलालीको धनगढीमा मंगलबार सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएकाले टोली धनगढी पुगेको हो। धनगढीको एक होटलमा भोलि बिहान ८ः०० बजेदेखि सुरु हुने छ। गोष्ठीमा सुदूरपश्चिम प्रदेशका सुरक्षा निकायका प्रमुख, सरोकारवालाहरू, र अन्य सम्बन्धित व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलका देव नाथले चलाएको युके ०६ बिई ९३८२ नम्बरको स्कुटर आइतवार दुर्घटना भएको थियो। स्कुटरले ५४ वर्षीया दुर्गादेबी बास्तालालाई ठक्कर दिएको थियो। स्कुटर पल्टिएर चालक नाथ घाइते भएका थिए। चालक नाथको भारतमा उपचारको क्रममा सोमवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएकी पैदलयात्री दुर्गाको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ।

Read More

काठमाडौं: काठमाडौंमा हिजोदेखि ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन बैठक थालिएको हो। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा भोलिसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रूपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलले जनाएको छ। बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ। बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल…

Read More

काठमाडौं: नेपाल प्रहरीले जनपद समूह अन्तर्गत रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। गत असार २९ गते लोकसेवा आयोगले लिएको परीक्षा दिएका मध्ये २ हजार ६११ जना उत्तीर्ण भएका हुन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट २०८० माघ २६ गते प्रकाशित विज्ञापन नम्बर २५ (०८०/८१) अनुसार लोक सेवा आयोगले २०८१ असार २९ गते लिखित परीक्षा लिएको थियो। लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका २०८१ मंसिर ५ गते नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिने जानकारी दिइएको छ। https://www.facebook.com/share/p/186KKa4rQG

Read More

डोटी: शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउद रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ। ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ।

Read More

काठमाडौं: डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनले बताए। प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू…

Read More