धनगढी: गृहमन्त्री रमेश लेखकले पछिल्लो समय सुदूरपश्चिमसहित विभिन्न क्षेत्रका भारतीय सीमा नाकाबाट लागूऔषध ओरापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन गरेका छन्।
मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो भनेका हुन्।
यस्तै अर्को सन्दर्भमा लेखकले प्रहरी समायोजन ऐन चाँडै आउने बताएका छन्। समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको मन्त्री लेखकले बताए।
प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन पनि दिएका छन्।
गोष्ठीमा सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति छ।
Facebook Comments Box