धनगढीः धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ। कैलालीको धनगढीमा मंगलबार बिहानदेखि गोष्ठी सुरु भएको हो। गोष्ठीको एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्।
गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नौं वटै जिल्लाको सुरक्षा अवस्थाबारे जिल्लागत रुपमा छलफल हुने बताए।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमको सयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो।
अहिले पनि प्रदेशस्तरीय सुरक्षा गोष्ठी जारी छ। गोष्ठीमा सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी छन्।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्। अहिले गोष्टिको बन्दशत्र जारी छ। बन्दशत्रमा प्रदेशका जिल्लाहरुको सुरक्षाबारे छलफल हुने छ।
हिजो नै सो कार्यक्रमका लागि गृहमन्त्रीसहित गृहसचिव गोकर्णमणी दुवाडी र तीनवटा सुरक्षा निकायका प्रमुखहरुको टोली धनगढी पुगेको थियो। सोमबार बेलुका टोली धनगढी पुगेको हो।
सो टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेत थिए।