कञ्चनपुरः कञ्चनपुरमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलका देव नाथले चलाएको युके ०६ बिई ९३८२ नम्बरको स्कुटर आइतवार दुर्घटना भएको थियो। स्कुटरले ५४ वर्षीया दुर्गादेबी बास्तालालाई ठक्कर दिएको थियो। स्कुटर पल्टिएर चालक नाथ घाइते भएका थिए। चालक नाथको भारतमा उपचारको क्रममा सोमवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएकी पैदलयात्री दुर्गाको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: काठमाडौंमा हिजोदेखि ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन बैठक थालिएको हो। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा भोलिसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रूपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलले जनाएको छ। बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ। बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल…
काठमाडौं: नेपाल प्रहरीले जनपद समूह अन्तर्गत रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। गत असार २९ गते लोकसेवा आयोगले लिएको परीक्षा दिएका मध्ये २ हजार ६११ जना उत्तीर्ण भएका हुन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट २०८० माघ २६ गते प्रकाशित विज्ञापन नम्बर २५ (०८०/८१) अनुसार लोक सेवा आयोगले २०८१ असार २९ गते लिखित परीक्षा लिएको थियो। लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका २०८१ मंसिर ५ गते नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिने जानकारी दिइएको छ। https://www.facebook.com/share/p/186KKa4rQG
डोटी: शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउद रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ। ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ।
काठमाडौं: डिजिटल सवारी चालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनले बताए। प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू…
धनगढी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन्। नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले लिखित सहमतिअनुसार अहिलेको गठबन्धन २०८४ सालसम्म नै चल्ने दाबी गरेका हुन्। सुरुको दुई वर्ष एमाले र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको उनले बताए। सभापति देउवाले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफू लड्ने/लड्ने विषयमा डडेल्धुराका नागरिकलाई सोध्नुपर्ने बताए। देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्छु भनेर यसअघि पनि आफूले आश्वासन नदिएको दाबी गरे। राजधानी नै सार्छु नभनेको तर डडेल्धुराभन्दा बरु डोटीका लागि कुरा भएको उनले बताए। यस्तै देउवापत्नी तथा परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवाले गेटामा…
काठमाडौं: नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ। आज सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो। आवेदन आगामी मङ्सिर २९ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ। योग्यता पुगेका आवेदकले नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दस्तुरसहित आवेदन दिन सक्नेछन्।
धनगढी: धनगढीमा तस्करी गरिरहेको अवस्थामा साढे ६ लाख बढिकाे अवैध सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-३ काे राजघाट पुल नजिकैबाट बिहीबार राति अवैध रूपमा ल्याइरहेका विभित्र कम्पनीका माेबाइलमा प्रयाेग हुने ६ लाख ४४ हजार बराबरको कभर बरामद गरिएकाे प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाे प्रोभेन्स इन्टेलिजेन्स टीम’ (पीआईटी) र अस्थायी प्रहरी पाेष्ट चटकपुरकाे टाेलीले अवैध रूपमा ल्याइरहेका सामान बरामद गरेकाे हाे। प्रहरीकाअनुसार बरामद गरिएका अवैध माेबाइल कभर आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।
दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिकाले आज शोक बिदा दिएको छ। शैल्यशिखर–६ बजानीमा बिहान भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए। दुर्घटनामा नगरपालिकामा कार्यरत अमिन वीरेन्द्रसिंह रावल, गोकुलेश्वर क्याम्पसमा कार्यरत मीना लेखक र दिलिपसिंह विष्टलगायत ८ जनाको मृत्यु भएको शोकमा बिदा दिइएको नगरपालिकाले जनाएको छ। शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। मृतकमध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन्। दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर…
धनगढी: दार्चुलाको जिप दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचार गर्न धनगढी ल्याइएको छ। दुर्घटनामा सवारी चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचार गर्न धनगढी ल्याइएको हो। घाइतेहरुलाई निसर्ग अस्पतालमा भर्ना गरिएको छ।हेलिकोप्टरले पहिलो खेपमा जिप चालक सुनिल जोशीसहित डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई उपचारका लागि धनगढी ल्याएको हो। शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन्। दुर्घटनामा ४५ वर्षीय मोहम्मद…