Author: महेन्द्रनगर पोष्ट

धनगढी : बाजुराको बडीमालिका नगरपालिका–२ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख अमर बहादुर खड्काले छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् । वडामा रहेका सबै गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रुपमा घर भित्रै बस्न थालेपछि वडालाई भव्य समारोहकाबीच छाउ गोठ मुक्त वडा घोषणा गरिएको हो। वडा कार्यालयको आयोजना र नगर महिला तथा बालबालिका शाखाको समन्वयमा वडालाई छाउ गोठमुक्त घोषणा गरिएको वडाध्यक्ष डमर महतले बताएका छन् । सामाजिक कुरीति र कुसंस्कार अन्त्यका लागि किशोरी, महिला, धामीझाक्रि र जनप्रनिनिधीले समुदायमा जनचेताना सन्देश दिई छाउपडी प्रथा अन्त्य गर्ने लामो समयको प्रयासपछि वडालाई छाउपडी गोठमुक्त वडा…

Read More

धनगढी: कञ्चनपुरमा बालिका करणी आरोपमा एक जना पक्राउ परेका छन्। १२ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोपमा बेलौरी भकुण्डाका ६१ वर्षीय वृद्ध पक्राउ परेका हुन्। बालिका करणीविरुद्धमा उजुरी परेपछि बेलौरी नगरपालिका–५ भकुण्डाका रामज्ञान चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले वृद्धविरुद्ध प्रहरीमा उजुरी परेपछि बेलौरीबाट चौधरीलाई पक्राउ गरिएको बताए।

Read More

काठमाडौं : प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले मोरङको कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई पक्राउ गरेको छ । पासवानले कटहरी गाउँपालिका–५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भेटिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय ‘कुलानन्द विद्या सर्वप्रथम पुरस्कार’ प्रदान गरेका छन्। साथै उनले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान…

Read More

धनगढीः कैलालीका विभिन्न स्थानबाट प्रहरीले १० लाख बढीको भन्सार छलिको सामानसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–१ एलएनचोक, धनगढी–७ मनेहरा स्थित पेट्रोल पम्प र गोदावरी नगरपालिका–४ गोदावरीबाट भन्सार छलि गरि ल्याएका सामान प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको हो। अन्दाजी १० लाख १३ हजार २ सय मुल्य बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर वेवारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामानसहित ट्याक्टरलाई भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं : सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल लगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेललाई प्रधान कार्यालयमा स्वागत गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो ।

Read More

काठमाडौँ : सहकारीको रकम अपचलनबारे छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बैठक बस्दैछ। शनिबार दिउँसो ३ बजे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने बैठकमा टीओआबारे सहमतिका लागि थप प्रयास हुन लागेको हो।  पोखराको सुर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम राख्नुपर्ने अडान नेपाली कांग्रेस लचक भएको शुक्रबारको छलफलमा नेताहरूले बताएका छन्।  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, गृहमन्त्री लामिछानेको नाम जोडिएको सहकारीको छानबिन गर्न नाम राख्ने विषयमा समस्या छैन। तर, रविको नाम नराखे ‘गोरखा मिडिया ग्रुपका प्रबन्ध निर्देशक’ राख्नुपर्ने कांग्रेसको माग छ। 

Read More

धनगढीः कैलालीबाट लागूऔषधसहित अछामका एक युवक पक्राउ परेका छन्। धनगढी बसपार्कबाट अछामको साँफेबगर नगरपालिका ६ बस्ने २४ वर्षीय शंकर कुँवर शुक्रवार पक्राउ परेका हुन्। कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान–१ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन ११ लाख ६१ हजार ९५६ मूल्य बढीको सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–१ एलएनचोक, धनगढी उपमहानगरपालिका–७ मनेहरा पेट्रोल पम्प नजिक र गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैधरुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० लाख १३ हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको छ। उक्त मुल्य बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कारकिल डाडा र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भन्सार छलि गरि ल्याएका…

Read More

धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ। गौरीगंगा नगरपालिका ९ बनखेत स्थित गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई छिपाई राखिएको सालको गोलिया थान–५ (५३.६८ क्युफिट) अबैध काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको उक्त काठ सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

Read More