काठमाडौं: नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो। महासङ्घका अनुसार शुक्रबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १३९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको हो। ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगाण्डाको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सम्बोधन गरेपछि उनी त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्। शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।
दार्चुला : शुक्रबार बिहान दार्चुलामा भएको बस दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुइजनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका हुन्। अन्य १४ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। महेन्द्रनगरतर्फ गइरहेकाे सुपप्र०२ ००१ ख १०३१ नम्बरको दिवा बस दार्चुलाको महाकाली नगरपालिका ५ खेतेबगर भन्ने ठाउँमा दुर्घटना भएको थियो। अन्य १४ घाइते: १) बैतडीको पाटन नगरपालिका–१० खोड्पे बस्ने १७ वर्षको लक्ष्मण महरा२) बैतडीको दशरथचन्द नगरपालिका–४ खलंगा बस्ने…
गुजरात: भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा पल्टिँदा डुब्दा १४ जनाको ज्यान गएको छ। छ जना बेपत्ता भएका छन् । हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ। हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ।
धनगढीः धनगढीको एक घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको रूमा देवी चौधरीको घरमा भएको गएराति आगलागी हो। धनगढी उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीले आगलागी नियन्त्रणमा लिएका छन्। आगलागीको कारण तथा क्षतिको विवरण संकलन भइरहेका जनाइएको छ।
काठमाडौँ : वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन्। नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्।
कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० दिपाघाँटबाट १ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षीय प्रकाश महरासहित दुई जना बिहीवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको जनाएको छ। यस्तै भीमदत्त नगरपालिका-४ सब्जिमण्डीबाट ०.१० ग्राम लागूऔषधसहित सोहि ठाउँ बस्ने १९ वर्षीय अनुराग तोकेसहित दुई जना बिहिवार साँझ पक्राउ परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दार्चुला : दार्चुलामा बस दुर्घटना भएको छ। दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस आज बिहान दुर्घटनामा परेको हो। महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुप प्र ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका- ५ फोहोर सङ्कलन केन्द्र खेट्टेवगरमा दुर्घटना परेको बताइएको छ। दुर्घटना परी चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घाइतेहरुको विवरण तथा दुर्घटनाको कारण खुलेको छैन।
बझाङ : पारू गिरीको फोनमा नेटवर्कले काम नगरेको एक साता भएको थियो। प्रत्येक रात डरलाग्दो सपनाका आउन थालेपछि उनी राम्ररी निदाउन समेत सकेकी थिइनन्। छोराबुहारीको हालखबर बुझ्न गाउँमा अरू कसैको मोबाइमा पनि नेटवर्क थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो। आफ्ना वरिपरि रहेकालाई आफ्नो बेचैनीबारे सुनाउँदै थिइन् पारू। पारू छबिसपोखरी गाउँपालिका-१ परिङालमा दुई नातिलाई लिएर बसेकी छन्। छोराबुहारी रोजगारीका लागि भारतको बैङ्लोर गएका रहेछन्। बेलाबेला उनीहरूको चिन्ताले पारू बेचैन बन्छिन् र वरिपरिकालाई सुनाउँछिन्। ‘हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो। लेखान्तमा…
काठमाडौं : नेपाल प्रहरीका प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापना गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा रिक्त रहेको बरिष्ठ हवल्दारका लागि ८२६ जना हवल्दारहरुलाई बढुवा तथा पदस्थापन गरेको हो । सूचीः यहाँ क्लिक गर्नुस् Download