काठमाडौं : धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन्। ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ। अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ।माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ। उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो।
Author: महेन्द्रनगर पोष्ट
पर्वत : पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या भएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो। रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए। तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए। अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
काठमाडाैं : दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार ललितपुरको बालकुमारीमा भएकाे घटनाकाे अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ। बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको सदस्यमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन्। आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए। उनका अनुसार आयोगले आजैदेखि काम थाल्नेछ। आयोगलाई घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिइएको पनि उनले बताए। यसअघि गृहमन्त्रालयले घटना भएकै…
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन्। सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए। मन्त्रीको गाडी त्यहाँ आइसकेपछि उनी बाहिर निस्केर सवाल जवाफमा लागेपछि धकेलाधकेल भएको बताउँदै उनले आर्मीले मन्त्रीलाई पार्टी बैठक स्थलमा पुर्याएको जिकिर गरे। उनले भौतिक योजना मन्त्रीको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बताए। साथै उनले संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय…
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले ललितपुरको बालकुमारीमा भएको झडपमा ८ जना प्रहरी घाइते भएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले बल प्रयोगमा ८ जना प्रहरी घाइते भएको बताएका हुन्। उनले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बालकुमारीमा बल प्रयोग गरिएको जिकिर गरे। मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उनको दाबी छ। उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर खटिएको बताउँदै उनले मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको उल्लेख गरे। आइजीपि कुँवरका अनुसार १३ गते प्रदर्शनकारी बिनालिडर उत्रिएका थिए। साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। ११.५२ मा…
काठमाडौं : आउँदो वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो हुने भएको छ। यो वर्षको दसैँ कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ। तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ। २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ। समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय सार्वजनिक भएको छैन। विजया दशमी २६ गते परेको छ। असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ। विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ। १२ गते…
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ । निर्माणाधिन केन्द्रको अवलोकन गर्न आइतवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यो क्षेत्रमा पुगेका छन् । मन्त्री साउदले फोहरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगतिबारे आज जानकारी लिदै निर्धारित समयभित्रै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सक्न आग्रह पनि गरे । केन्द्रको उत्तरतर्फको क्षेत्रमा तटबन्ध निर्माणका लागि भएको ठेक्का पुनरावलोकन गरिने उनले जानकारी पनि दिएका छन् । केन्द्र तयार भएपछि जैविक र अजैविक फोहर छुट्याई बायोग्यास र जैविक मलका ठूला प्लान्टमा प्रशोधन हुनेछन् । अहिले यो फोहरमैला केन्द्र शुक्लाफाँटा नगरपालिकाले मात्रै प्रयोग गर्ने भए पनि यसलाई भीमदत्त, बेदकोट र…
कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ७ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ पुस्पलाल चोकस्थित साधारण माविबाट १.८६ ग्राम चरेश र अवैध लागुऔषध प्रिगाबालिन ट्याब्लेट ५ थानसहित भीमदत्त नगरपालिका-१४ पलिया बस्ने २२ वर्षीय पारस चन्दसहित तिन जना आईतवार दिउँसो पक्राउ परेका हुन्। अस्थाई प्रहरी बिट पुष्पलाल चोक कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ। यस्तै पुर्नबास नगरपालिका-११ भिम बस्तिबाट ८०५ मिलिग्राम लागूऔषध (खैरो हिरोइन) र अवैध लागूऔषध निटकोर-१० (निट्राजिपाम) लेखेको ट्याब्लेट १५ थानसहित सोही वडा नम्बर-५ बस्ने २९ वर्षीय कृष्ण बडुसहित चार जना आइतबार दिउँसो पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी…
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
काठमाडौँ : उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुव्रmबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुुला गरेको हो । सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागीले पुस १६ देखि १८ सम्म आवेदन दिन सक्ने छन् । शाखाका अनुसार सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ७०८ वटा आवेदन परेका थिए ।…