धनगढीः बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ५ किम्नीका रामबहादुर बुढाको तीन तले घरमा आगलागी भएको हो। बुढाको घरमा विद्युत् लाईन सट भएर आगलागी भएको बाजुरा प्रहरीले बताएको छ। मङ्गलवार बिहान खाना पकाउने क्रममा विद्युत् लाईन सट भएर घरमा आगलागी भएको हो। स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। उनको घरमा भने पूर्ण क्षति भएको छ। घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर नष्ट हुँदा १८ लाखसम्मको क्षति भएको छ। आगलागीबाट मानवीय क्षति एको छैन।
Author: महेन्द्रनगर पोष्ट
डोटी : जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित भवनहरूको उद्घाटन गरिएको छ। मङ्गलवार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको उद्घाटन गरेका हुन्। नवनिर्मित भवनहरूको निरीक्षण गर्दै कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउनेलाई प्रशंसा–पत्र प्रदान गरे । कुँवरले समाजमा देखा पर्ने चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असर न्यूनीकरण प्रहरी तयार रहेको बताए। उनले विपद्का घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकूल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी रहेको समेत बताए।
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। मङ्गलवार अपराह्न सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार चलाएको वर्ष दिन पुगेका अवसरमा यसबीचमा भएका कामकारबाहीबारे सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको-सम्बोधन-पुस-१०-२०८०-फाइनल-फाइनल-pdfDownload
दार्चुला: निर्माण व्यवसायी संघ दार्चुलाको अध्यक्षमा सर्पराज बडू निर्वाचित भएका छन् । संघको छैटौँ अधिवेशनअन्तरगत सोमवार भएको निर्वाचनमा प्रत्यासी उम्मेदवार लालबहादुर चन्दलाई १६ मतले पछि पार्दै बडू निर्वाचित भएका हुन् । बडूले ८१ मत प्राप्त गरका छन भने उनका प्रत्यासी उम्मेदवार चन्दले ६५ मत प्राप्त गरे । दुबै काँग्रेस निकट उम्मेदवार हुन् । यस्तै प्रथम उपाध्यक्षका लागि भएको निर्वाचनमा ९६ मतसहित जय बहादुर पाल निर्वाचित भएका छन् भने उनका प्रत्यासी उम्मेदवार कल्यान सिंह कार्कीले ४९ मत प्राप्त गरे । द्धितीय उपाध्यक्षमा भुवन सिंह भण्डारी निर्वाचित भएका छन् । उनी नर बहादुर बमलाई पछि पार्दै बिजयी भएका हुन् । भण्डारीले ९६…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै उनले नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी गरे । “सकिन्नँ, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ । एकथरी तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्”, उनले प्रश्न गरे, “यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रोमात्र भइरहेको छ । म आज…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके आफूसहित कुनै मन्त्रीलाई पद ओगटेर बस्ने सुविधा नभएको बताएका छन् । उनले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरूलाई बिदा गर्ने संकेत गरेका हुन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले भने, “म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छूट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ(आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैँसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक…
काठमाडौँ: युवा वैज्ञानिक मार्सल रोकाले उच्च अदालतको आदेशपछि अदालतसामु आत्मसमर्पण गरेका छन् । धरौटीमा छुटेका बलात्कार मुद्दाका आरोपी दाङका युवा वैज्ञानिक मार्सल रोकालाई उच्च अदालत दाङले थुनामा राखी कारबाही गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङले मार्सलले अदालतमा सीधै आत्मसमर्पण गरेको जनाएको छ । उच्च अदालतको आदेशपछि प्रहरीले उनीविरुद्ध खोजी कार्य तीव्र पारेको थियो । प्रहरीले खोजी गरिरहेकै वेला उनले अदालतमा आत्मसमर्पण गरेको र प्रहरीले अदालतबाट उनलाई कारागार बुझाएको छ ।
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन्। सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि ध्यान दिएको बताए। ‘विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ। अब हाम्रो ध्यान विप्रेषण सँगै भित्रने सीप, दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनेछ,’ उनले मङ्गलवार सम्बोधनका क्रममा भने, ‘म सबै आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु।कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी पनि हामी गर्दैछौं।’…
बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बझाङले विजयी शुरूवात गरेको छ। मंगलबार सम्पन्न खेलमा बझाङले दार्चुलालाई ७ विकेटले पराजित गर्यो। जितका लागि पाएको ९१ रनको झिनो लक्ष्य बझाङले १५।२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। जसमा अभिनाश मल्लले ४४ रनको योगदान गरे। उनी म्यान अफ द म्याच समेत चुनिए । दार्चुलाका लागि नरेन्द्र महराले २ विकेट हात पारे। यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको दार्चुला १७।५ ओभरमा ९० रनमा समेटियो । उसका विपिन धामीले सर्वाधिक २८ रन बनाए। बझाङका सुशील रावल र अशोक धामीले ३र३ विकेट लिए। पहिलो खेलमै जित निकालेको बझाङले च्याम्पियन बन्ने…
काठमडौं : नेपालमा पछिल्लो पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि मंसिरसम्म १२ करोड दुई लाख रुपैयाँको कण्डम विदेशबाट ल्याइएको छ । सो अवधिमा एक करोड ९४ लाख वटा कण्डम नेपाल भित्रिएको हो । यसबाट राज्यकोषमा २४ हजार रुपैयाँ कर वापत दाखिला भएको छ । नेपालमा मुख्यतयाः चार देशबाट कण्डम आयात हुँदै आएको छ । भारतबाट १० करोड ९४ लाख रुपैयाँ बराबरको कण्डम भित्रिएको छ भने चीनबाट २२ लाख ४० हजार रुपैयाँको । कोरियाबाट ५२ लाख ४२ हजार तथा मलेसियाबाट ३३ लाख ४९ हजार बराबरको कण्डम नेपाल भित्रिएको विभागले जानकारी दिएको…