काठमाडौँ: युवा वैज्ञानिक मार्सल रोकाले उच्च अदालतको आदेशपछि अदालतसामु आत्मसमर्पण गरेका छन् ।
धरौटीमा छुटेका बलात्कार मुद्दाका आरोपी दाङका युवा वैज्ञानिक मार्सल रोकालाई उच्च अदालत दाङले थुनामा राखी कारबाही गर्न आदेश दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङले मार्सलले अदालतमा सीधै आत्मसमर्पण गरेको जनाएको छ ।
उच्च अदालतको आदेशपछि प्रहरीले उनीविरुद्ध खोजी कार्य तीव्र पारेको थियो । प्रहरीले खोजी गरिरहेकै वेला उनले अदालतमा आत्मसमर्पण गरेको र प्रहरीले अदालतबाट उनलाई कारागार बुझाएको छ ।
Facebook Comments Box