काठमडौं : नेपालमा पछिल्लो पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि मंसिरसम्म १२ करोड दुई लाख रुपैयाँको कण्डम विदेशबाट ल्याइएको छ । सो अवधिमा एक करोड ९४ लाख वटा कण्डम नेपाल भित्रिएको हो ।
यसबाट राज्यकोषमा २४ हजार रुपैयाँ कर वापत दाखिला भएको छ । नेपालमा मुख्यतयाः चार देशबाट कण्डम आयात हुँदै आएको छ । भारतबाट १० करोड ९४ लाख रुपैयाँ बराबरको कण्डम भित्रिएको छ भने चीनबाट २२ लाख ४० हजार रुपैयाँको । कोरियाबाट ५२ लाख ४२ हजार तथा मलेसियाबाट ३३ लाख ४९ हजार बराबरको कण्डम नेपाल भित्रिएको विभागले जानकारी दिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा नौ करोड २८ लाख ५८ हजार रुपैयाँको कण्डम आयत भएको थियो । त्यसमा दुई करोड ७४ लाख थान कन्डम ल्याइएको हो ।
Facebook Comments Box