मुगु : मुगुको सोरु गाउँपालिका–९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका छन् । सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मालाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले यसअघि सुरजकी आमा झ्यापु शाही र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई पक्राउ गरिसकेको छ । स्थायी घर दाङ भएकी अनमी तुलसाकुमारी गत वर्ष माघदेखि खनैयाँ स्वास्थ्यचौकीमा कार्यरत छिन् । उनी स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमारी शाहीकै घरमा डेरा लिएर बसेकी थिइन्…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको भूपू सैनिक सम्मेलन यस पटक सुनसरी, हेटौंडा र काठमाडौंमा गरिने भएको छ । ईटहरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टर, मकवानपुरस्थित श्री मध्य पृतना हेडक्वार्टर र नारायणहिटीस्थित श्री उपत्यका पृतना हेडक्वार्टरमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पूर्वी पृतनामा फागुन ३ गते, मध्य पृतनामा फागुन १० गते र उपत्यका पृतनामा चैत ४ गते भूपू सैनिक सम्मेलन हुँदैछ । सैनिक कल्याणकारी निर्देशनालयले तीनवटै पृतना हेडक्वार्टरलाई परिपत्र गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएको छ । सम्मेलन सञ्चालनका लागि आवश्यक पर्ने अनुमानित आर्थिक उल्झन शीर्षकगत रुपमा एकमुष्ट तयार गरी परिशिष्ट ‘ख’ अनुसारको फर्म्याटमा पुस १८ गतेभित्र निर्देशनालयमा…
अछाम : अछामका बलात्कारको घटना गाउँमै मिलाउन खोजेपछि पीडित किशोरीले आत्महत्याको प्रयास गरेकी छिन्। जिल्लाको तुर्माखाँद गाउँपालिकाकी पीडित १६ वर्षीया किशोरीले आत्महत्या प्रयास गरेकी हुन्। यही पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित बलात्कार गरेका थिए। तर किशोरीका आमा घटनास्थल पुगेपछि उनी भागेका थिए। त्यसपछि आफूबाट गल्ती भएको भन्दै उनले माफीसहित गाउँका ठालु व्यक्तिसँग घटना मिलाउन दबाब दिएका थिए। जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिएपछि पीडित किशोरीले अन्याय भएको महसुस गर्दै गोठमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन्। घरमा आमा र ती किशोरी मात्रै बस्ने भएकाले…
काठमाडौं : कास्कीको पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नम्बरको कारले गएराती ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। कारको ठक्करबाट बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा गण्डकी अस्पतालमा मृत्यु हो। ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको प्रहरीले जनाएको छ।
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका-६ नकैयाबाट ०.३४ ग्राम खैरो हेरोइनसहित कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलनचोक बस्ने २५ वर्षीय पुष्कर चौधरी सोमबार दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट ५२० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिकाका दुई युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका-२ का १९ वर्षीय आरिक अन्सारी र गोदावरी नगरपालिका-३ का २२ वर्षीय योगेन्द्र जोशी सोमबार दिउँसो पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि सञ्चालनमा आउन सकेको छैन। चार वर्षअघि संघीय सरकारले खोड्पेमा ट्रमा सेन्टर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। दार्चुला, बैतडी र बझाङको समेत केन्द्र रहेको खोड्पेमा सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाहरुको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो। भवन निर्माण भएको एक वर्ष बितिसक्दा समेत आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन। संघीय सरकारको ५० लाख र नगरपालिकाको १० लाख गरेर ६० लाखको लागतमा भवन निर्माण गरिएको भएपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा…
डोटी: डोटीमा उद्योग बाणिज्य संघले प्रत्येक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ। उद्योग बाणिज्य संघकाअनुसार हरेक महिनाको १० र २५ गते व्यापार व्यवसाय बन्द हुनेछ। सोमवार डोटी उधोग बाणिज्य संघको आव्हानमा बसेको बैठकमा व्यापारीहरूको आम भेलाले बजार बन्द गर्न दबाव दिएको थियो। डोटी उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले आम व्यापारी बजार बन्दका लागि एकमत भएपछि आउँदो २५ गतेबाट पूर्ण कार्यान्वयन हुने गरि संघले निर्णय गरेको बताए। पसलमा काम गर्ने संचालक, मजदुर एवम कामदारलाई आराम तथा मनोरञ्जनको आवश्यकता महसुस गरिएकाले महिनामा २ दिन बजार बन्द गरिएको हो। संघले होटल, अस्पताल, मेडिकल, पेट्रोल पम्प , तरकारी पसल जस्ता…
धनगढी : कैलालीमा एक वृद्धको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० अम्बैयाका ७९ वर्षीय खडक बडुवालको जलेर मृत्यु भएको हो। बडुवालको आफ्नै घरको आगनमा आगोमा परेर जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो। प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताए। यसअघिका कार्यकालमा उनले नौ/नौ महिनामात्रै सरकारको नेतृत्व गरेका थिए।