Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको कलिलै उमेरमा मृत्यु भएको क्याम्पस परिवारले जनाएको हो। विद्यालयले प्रितीको मृत्यु भएपछि भोलि बैशाख ३१ गते शोक विदा दिएको छ। बैशाख ५ गते दिपायलबाट धनगढी फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते मिश्राको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

Read More

काठमाडौं : गौशालाबाट ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई सुनसहित पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौं कुमारागाल नयाँ बस्ती बस्ने ३२ वर्षीय जीवन बस्नेत छन्। उनीबाट ५० ग्राम सुन, चार वटा फोन र १ लाख ६० हजार नगद बरामद गरेको हो। गत बिहीबार कार्यालयको टोलीले कतारबाट सुन ल्याएको भन्ने सूचना पाएको थियो। उक्त सूचनापछि प्रहरीले धरानका विजयकुमार लिम्बुलाई ५० ग्राम सुनसहित पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गरी प्रहरीले शुक्रबार बस्नेतलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाउने…

Read More

-शिव अवतार आद्य जगदगुरू अनन्तश्री शंकराचार्य। विभिन्न चलन, मत, पन्थ र पूजा पद्धतिमा विभाजित भएको हाम्रो सनातन समाजलाई एउटै वैदिक एकता सूत्रमा आवद्ध गरेर सनातन सभ्यताको एकीकरण गर्ने महान सूत्रधार थिए उनी। उनीद्वारा प्रणीत अद्वैत वेदान्त दर्शनलाई सनातन हिन्दु धर्मको मुटु, रक्त सञ्चार र प्राण मानिन्छ। कलियुग लागेपछि समयक्रममा मृतप्राय: हुँदै गएको वैदिक ज्ञानलाई पुनर्जीवित गरि हाम्रो ज्ञान परम्पराको अभ्युदय गर्ने यी महात्मा युधिष्ठिर संवत् २६३१ को वैशाख शुक्ल पञ्चमी तिथिमा द्रविड भूमिको दक्षिण पश्चिम पुछारमा पर्ने कालडीमा प्रकट भएका थिए। कोजीकोड राज्यका राजा सुधन्वाले कालडीमा स्थापित गरेको “शंकर दिग्विजय कीर्ति स्तम्भ”मा यही मिति अंकित गरिएको छ। युधिष्ठीर संवत् ईश्वी…

Read More

धनगढीः कञ्चनपुरका विभिन्न तीन ठाउँबाट अबैध सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो। करिब दुई लाख पैसठ्ठी हजार मुल्यको लेडिज सुट, टिसर्ट, रुमाल, कपडा, चुडी, मेहेन्दी, सुर्ती, बिडी, सुपारी, पेय पदार्थ, चिनी र प्याज बरामद गरि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन्। काम गरेका महिनौँ हुँदा समेत आफूहरूले पारिश्रमिक नपाउँदा बाध्य भएर आन्दोलित हुनुपरेको बैतडी अस्पतालका डा हरिश्चन्द्र विष्टले बताए। उनले भने, ‘आफूहरु बिरामीको सेवामा अहोरात्र खटिँदासमेत मन्त्रालयले रकम भुक्तानी गरेको छैन।’ विगत नौ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरे बापतको भत्ता र प्रयोगशालामा काम गरेको बापतको जोखिम भत्ताको…

Read More

धनगढी : कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी विष्टले बताए । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा…

Read More

धनगढी: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना काण्डको अनुसन्धानको फाइल अघि बढाएको छ। सीआइबी स्रोतका अनुसार केही दिन अघि सो सम्बन्धी फाइल झिकाइएको थियो। अहिले सो फाइलको अनुसन्धान अगाडी बढाइएको जनाइएको छ। यस अगाडि नै टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर विकास समिति र पहुँचवालाहरुको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ। सो काण्डमा कांग्रेस नेतृ डा. आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीसम्म संलग्न रहेको भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन गइसकेको स्रोतले जनाएको छ। टीकापुर बजार क्षेत्रमा करिब…

Read More

काठमाडौं : सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। विशेष अदालत काठमाडौंले आइतबार गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि १० दिनको म्याद दिएको हो । विकल अब थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन् । विकल विरुद्ध एउटा मुद्दा विशेष अदालतमै विचाराधीन रहेको छ भने दोस्रो मुद्दाको तयारी अन्तिम चरणमा अख्तियार रहेको छ। यसअघि नै अख्तियारले उनी विरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विकलमाथि…

Read More

काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आईजीपी बसन्त बहादुर कुँवरले एआइजीमा बढुवा भएका उमेशराज जोशी र भीमप्रसाद ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्ले उनीहरूको पदस्थापन समेत गरिसकेको छ। जोशी प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभाग र ढकाल मानव स्रोत विकास विभागमा पदस्थापन भएका छन् ।

Read More

कैलाली : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बसेको छ ।  संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह इन्चार्ज विना मगर र प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव पनि सहभागी रहेका थिए । सुदूरपश्चिम प्रदेश सरकार र संसदीय दल भित्रका विषयमा बैठकमा छलफल भएको संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए । अहिले सम्म पनि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छैन । उनका अनुसार पहिले विश्वासको मत दिने र सरकारलाई पूर्णता दिने विषयमा बैठकमा छलफल भएको हो । ‘सुदूरपश्चिम सरकारले अझै विश्वासको मत पाएको छैन। हामी विश्वासको मत दिने…

Read More